विश्वसामु राष्ट्र निरिह नबनोस्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हरेक बालबालिकाले सोच्दछ मेरा आमाबाबु पनि धनि, मान सम्मानवाला भै दिएको भए मेरो पनि आदर हुने थियो विद्यालयमा मेरो पनि पहिचान हुने थियो भन्ने कल्पनामा डुवेको हुन्थ्यो र छ पनि त्यस्तै नेपाली जनता सोच्दै छन त्यत्रो विशाल विश्व विजेता अंग्रेज सित मुकाविला गर्ने नेपालले आज खुम्चीन परेको छ । त्यो क्षमता जिवित गर्न नेपाली युवा प्रोढ बृद्ध सबै चाहन्छन् तर आज हामी एक साधारण व्यक्तिको पन्जामा पनि फस्न गएका छौं । पुर्खाले कमाएको इमान धर्मलाई हामीले छोड्नु पर्ने बाध्य हुनु परेको छ । समयानुकुल आत्म निर्भर रहेको देश पराधीनको डोरीमा वाधिन लागेकोले त्यो डोरी तोड्न युवाहरु चाहन्छन् तर पराधिन चहादैनन् । तैपनि बेरोजगार भत्तालाई एकल महिलाको भत्ता भन्दा पनि कमजोर ठान्दैछन् युवाहरु बेरोजगार भत्ता चाहदैनन् केवल रोजगारी नभए स्वरोजगार गरी देशमा रहन बस्न चाहन्छन् जनाततै बम बन्दुकको त्रासबाट मुक्त हुन चाहन्छन् रोजगारी नपाए पनि देशको साँझा सम्पत्ति सुरक्षित रहोस् भन्न चाहन्छन् भ्रष्टाचार नै देशको सत्रु हो आज एनसेलबाट मात्रै २० अरवको भ्रष्टाचारले गर्दा विप्लबले बम पटकाएको भन्ने सुनिन्छ भोली त के कति भ्रष्टाचारमा बढोत्तरी हुन्छ र के को यसको चपेटामा परि सर्वसाधारणले दुःख पाउनु पर्ने हो भन्ने त्रासलाई हटाई दिनु सरकारको पनि कर्तव्य हो । बन्द हड्ताल नेपाल बन्दको नाममा जनताले निरन्तर दुःख पाईरहनु स्वदेशमा बेरोजगार भई बस्नु भन्दा विदेशिनु नै ठीक भन्ने ठान्ने युवाहरु आज पलायन भएका छन् ।
यस देशका डाक्टर, वैज्ञानिक इन्जिनियर योजनाकारहरु आज वैदेशिक रोजगारीको नाममा जानु परेको छ । मजदुरको देशबाट मजदुर मगाऔं हसिया हतौडा हामी दिन्छौं भनि विदेशले नेपाललाई हेपि रहेकाले निरिह देशको रुपमा रहनु परेको छ । आफ्नो लुगा आफै उत्पादन गर्ने नेपालीले मागेर लुगा लगाउनु
परेको छ । जन्मजात गोला बारुद तोप आफै उत्पादन गर्ने सैनिकहरुले हातहतियार, गोलाबारुद लत्ता कपडा विदेशबाट माग्नु परेको छ । यो भन्दा पिडादायी अरु के हुन सक्छ ।
निकासी मुलका उद्योगहरुको स्थापना गरी दिएको भए रेमिटान्सको लागी विदेशीहरुको घरेलु (काम) नोकरमा हामीले आफ्नी छोरी, श्रीमती, आमालाई विदेश पठाउनु पर्ने थिएन् । घरमा आएर नै हाम्रो उत्पादन विक्रि हुने थियो ।
आजको अवस्था हेर्दा निकासी मुलका उद्योगहरु नभए पनि स्वदेशमै आपुर्ति गर्नको लागि केही उद्योगहरुको अति आवश्यक देखिन्छ । यदि उद्योगहरु पनि स्थापना गरिदिने हो भने विदेश जानबाट रोकिने थिए । जस्तो कि नेपालमा भएका सैनिक, प्रहरी, निजामती, विद्यार्थी तथा अन्य डे«सको कपडा कारखाना खोली आपुर्ति गरिदिएपछि मात्रै र छाला उद्योगतर्फ जुत्ता बेल्ट निर्माण भएमा तथा सैनिक प्रहरीहरुलाई चाहिने सामरिक सामग्री स्वयम् उत्पादन गर्न सैनिक भित्रै कारखाना खोलिदिएमा गोप्य हतियार लगायतका सामग्रीहरु विदेशबाट ल्याउदा हाम्रो बाटो भएर नलैजाउ भन्ने कसैको सेकी सहनुपर्ने थिएन । र कपास उत्पादनको लागि गाउँ गाउँमा कपास खेती लगाएमा स्थानीय जनताको सुद्ध आम्दानी हुने थियो, गरिवी निवारणको लागि भनेर देशमा तम्बाखु उत्पादन, मादक पदार्थ उत्पादनतर्फ सरकारले जोड दिएको छ त्यसको ठाउँमा जनतालाई आवश्यक पर्ने सामग्रीहरु उत्पादन गरिदिएको भए विरामीको नाममा र विदेशबाट पैठारीको नाममा राष्ट्रिय सम्पत्ती विदेशिने थिएन । त्यस कारण तम्बाखु, सुर्तिजन्य खेती भन्दा कपास जन्य खेतीहरु गाउँ गाउँमा लगाउनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *