नेपाल आमाको चित्कार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विखण्डनकारी शक्ति नेपालबाट समाप्त भएको प्रधानमन्त्रीको घोषणा उखान टुक्कामा नै परिणत भयो, सी.के. राउतसँग ११ बुँदे सहमति गरेर मूल धारमा ल्याएको भनि रहँदा उनकै अगाडी मधेश स्वतन्त्रताका विषयमा जनमत संग्रह स्वीकारेको भनाईबाट विडम्बनापुर्ण अवस्था सृजना गरी दिएको छ र नेपाल आमाको चित्कार पनि सुनियो, यी सत्ताधारीहरु कस्ता रहेछन् भनि गंभीर भएर सोच्नै पर्ने परिस्थिति पैदा भएको छ, अर्को तर्फ विप्लब समूह माथि प्रतिबन्ध पनि एकै साथ समाचार बन्न पुग्यो यी परस्परका अन्तर विरोधी विषयमा केही चर्चा सामयिक लागेकोले विश्लेषण गर्ने प्रयास हो ।
यद्यपि विप्लब समूह आधिकारिक दल होइन किनभने पंजीकृत हुन बाँकी छ, तथापि प्रतिबद्धको घोषणाको सारतत्व के हो ?
आपराधिक कार्य हुन नदिनु राज्यको कर्तव्य हो कही संविधान ऐन कानून प्रतिकुल काम कार्वाही भएमा त्यसलाई रोक्न पर्ने दायित्व राज्यको नै हो, त्यसैले कसूर गर्ने जो कोहीलाई पनि न्यायालयले दण्डित गर्दछ, अपराधि समात्नु कार्वाही चलाउनु, एउटा पक्ष हो तर यसको आडमा प्रतिबन्धको घोषणा हुनुबाट अन्तर्थमा भिन्नै प्रयोजन हो भनि आशंका गर्नुपर्ने यथेष्ट आधार छन् । सत्तारुद दलकै महत्वपुर्ण भनिएका कतिपय व्यक्तिहरुले घोर विरोध गरी सकेका छन्, प्रतिपक्ष यसलाई जायज भनि रहेको छ । काम गलत हो त्यसैले सरकारबाट चालिएको कदम सही भनि प्रफुल्लीत भएर वक्तव्य निकाल्छ तर यहाँनेर बुझ्न के आवश्यक छ भने हिंसात्मक गतिविधि विगत केही वर्ष देखि संस्कारका रुपमा पुर्णतः विकसित भईसकेको छ । प्रायः जसो दलहरु बाहुबली हिंसक आधारशीलाबाट खडा हुन पुगे चाहे कांग्रेस होस् वा साम्यवादी यिनीहरुका अतित हिंसा के धरातलमा रहेका छन्, माओवादीहरुका नाइकेहरुको टाउको काटेर इनाम दिनेसम्म ०६२ साल अघि भएको र कालान्तरमा उनकै साथ काँधमा काँध मिलाई राज्य शक्तिको दुरुपयोगमा संयुक्त सम्मेलन सहभागिता देखिएका हुनाले गम्भीरतापुर्वक सोच्न र मर्म बुझ्न के संकेत दिन खोजेको भनि आशंका उत्पन्न हुन्छ ।
भूतकालमा आजका सत्ताधारी र प्रमुख प्रतिपक्ष परस्पर मिलेर सत्ता दोहन गरे यसको निरन्तरता खुबै विकसित हुँदै लोपोन्मुख नेपाली जनता निरीह बनेका छौं । ढिलो चाणो मात्र हो क्रम भंगता देखिएन, कम्युनिष्ट दर्शनमा रहेर भित्रि नियत कतिपय स्वनाम धन्य नेताजीहरुको अर्कै लाग्दछ अन्यथा विरोध समर्थन उत्पन्न हुन सक्ने मूल मुद्दा बन्ने नै थिएन प्रमुख प्रतिपक्षले पनि स्वयम युद्धरतहरुलाई प्रतिवन्धित जायज माने पनि
परस्पर कम्युनिष्टको विश्वास खण्डीत हुँदा उसका लागि खुसीको सन्देश बन्यो नेपाल आमाको चित्कारसँग कमैलाई प्रयोजन हुने गरेको छ । साम्यावदी भनिएका बीच फूट परेमा त्यसको लाभ मिल्ने अपेक्षा विपक्षीको होला तर स्वयम् आफैमा कतिपय विपरित ध्रुवमा बाडीएको एक अर्काप्रति घृणा गर्ने प्रवृत्ति प्रायः प्रतयेक दलमा विद्यमान छ । ने.क.पा.का २ अध्यक्षहरुको सहमतिमा प्रतिबन्ध लगाएको भनि अन्य नेताजीहरुबाट विरोध हुनु साम्यवादी दर्शन छोडेका बाबुराम समेतले २ कम्युनिष्ट बीच आपसमा प्रतिबन्धको कार्वाही ठीक भएन भनि कडा टिप्पणी हुनु प्रचण्डका लागि ठूलो क्षति हुन सक्छ आफ्नै पुराना लडाकुहरुप्रति घाँतक कार्वाही गर्न किन सहमत भएछन् । के.पी.लाई फाइदा नै पुग्ने होला तर यसबाट के बुझ्न सकिन्छ भने जुनियर अध्यक्ष कुनै न कुनै विषयले आतंकित हुन सक्छन्, त्यसैले के.पी.ले भनेका प्रत्येक सन्दर्भमा समर्थन किन हुने गरेको होला ? भेनेजुयला प्रकरणमा उनको अभिव्यक्तिपछि त्रास छाएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
अर्को तर्फ सी.के. राउतसँगको सहमतिपछि पनि देश विरोधी विखण्डनकारी गतिविधि छोडेको देखिदैन, त्यसैले अन्य मधेशवादी दलहरु चेतावनी दिन त्यस्तो गरेको सामान्य भए पनि परिणाम भने विपरित निस्किन थालेको छ । यस्ता कदमहरु बस्तुतः राष्ट्रघाति हुन भन्नेहरुका लागि मलजल गर्ने काम निश्चित रुपमा पैदा गरी दिएको छ ।
भूतकालमा यस्तै ताण्डव गर्नेहरु राष्ट्र ध्वज फहराई रहेका हुनाले केही समय दुःख सहे पनि सत्ताको द्वार यही हुन्छ भन्ने गहन विश्वास नेपाल राष्ट्रका लागि ठूलो अभिषाप बन्दै छ । यो देशमा स्थिरता संभव नै छैन र राष्ट्र असफलता तिर जाँदैछ भनि आशंका गर्ने अनेक तत्वहरु देखिन्छन्, अविश्वशनीय व्यवस्था गरेको संविधान विफलता तिर जाँदैछ र यसले राष्ट्र चित्कार गर्ने स्थितिमा पुगेको हुनाले हामी कति दिनसम्म नेपाली भएर बाच्ने हो भनि बेदना, चिन्ता आम सर्वसाधारणमा व्याप्त छ, निकट भविष्यमा केही घटित हुन अवश्यमभावी लाग्दछ, मानसिक रुपले हामी निमुखाहरुले अहिले देखि नै तयार रहनु पर्ने अवस्थामा नेपाल आमाको क्षत विक्षत अवसान गर्ने दुष्टहरुलाई कुनै फरक पर्ने छैन, हाम्रो नियति यस्तै भएपछि अरण्यरोदन गरेर के नै
होला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *