किन राजनीतिक स्थिरता हुन सकेको छैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हरेक राजनीतिज्ञले आफूलाई सक्षम देख्छन्, आफूले गरेका जो कोही व्यवस्था पनि ठीक छ भन्ने तर्फ गएका हामी पाउछौं । नेपालको एकिकरणपछि राज्य व्यवस्थाका संचालक श्री ३ नाम दिएको राणा खलकमा गयो श्री ५ हरुको दस्तखत गर्नुपर्ने ठाउँमा दस्तखत मात्र गराई सबै कुरा राजाले नै गरेका हुन भन्ने तर राम्रा कामहरुको जिम्मेवारी आफै हुने नराम्रो भएमा राजालाई दोष दिने परिपाटीको अन्त त आजसम्म पनि भएको छैन । अन्तः आजसम्म पनि भएको छैन । राणाहरुले १०४ वर्ष शासन गर्यो भने राजामा पृथ्वीनारायण शाहको उदय समेत गरी राजा ज्ञानेन्द्रको पालासम्म लगभग २५० वर्ष सम्म शासन गरेको मानिन्छ, १०४ वर्ष समेत जोडेर । कुमाउ गडवाल टिष्टा क्षेत्रमा २५ वर्षसम्म नेपालले शासन गर्यो अन्तमा त्यो क्षेत्र गुम्यो अनधिकृत व्यक्तिको हातमा गयो । त्यो क्षेत्रको लागी जो लडे भिडेका हुन्, उनीहरुमा न नेपाल सित रह्यो न अंग्रेज सित त्यो क्षेत्र अर्को अनधिकृत व्यक्ति देश तेस्रो पक्षको हातमा गएको छ । राणाहरुले फिर्ता लिएन भनेर अन्तमा बदनाम राणाहरुको गरिरहेका छन् । राणा शासनलाई दोषी बनाएर ३० वर्षे बन्धुक गोला बारुद्धवालाहरुले वितायो त्यसपछि पनि आज बन्धुकेहरुको सरकार छ बलियो छ बन्दुकले पनि सफल राज्य सञ्चालन गर्ला भनेर सोचेको त उसै पनि विश्वको मानचित्रमा लुट्टा लुट्दै खिईएको नेपालमा अव २ देशको सिलान्यास गरायो वर्तमानको सरकारले जसको प्रमाण जनकपुरका व्यानर बोर्ड हेरे प्रष्ट हुनेछ । एसियामा यौटा नयाँ देश भनेर उल्लास पुर्वक मात्तिएको समूह हेर्दा नेपालीको मन कत्ति रोएको छ त्यो देशभक्तहरुलाई थाहा छ ।
अझै ठूला ठूला षडयन्त्र भई रहेका छन्, विप्लबले भ्रष्टाचारी माथि कारवाही गर्दा उसलाई अलग रुपले हेर्नु तर सिके राउत सित सम्झौता गर्नु । देशले कसै सित यस्तो सम्झौता गर्न मिल्दैन, सम्झौता त ऐन नियम सित गर्ने हो कर्सै व्यक्ति सित सम्झौता गर्नु अत्यन्त खतरामुलक हो । देश व्यक्तिको सम्झौतामा होइन ऐन कानूनमा चल्नु पर्दछ । यस्तै अवैध धन्दाले गर्दा आज देश निरिह भएको छ । गिरिजा प्रसाद कोइरालाले संविधानको अपमान र उल्लंघन नगरेको भए यो देशको मुहार राम्रो हुने गरी फेरिने थियो । अझै पनि देश टुक्राउने सित सम्झौता गर्न नेपालको संविधान २०७२ ले बन्देज लगाएको छ । सिके राउत सित सरकारले सम्झौता गर्नु र गिरिजाले नयाँ जनमत नलिई म्याद सकिएको सांसद व्युताई देशमा बली रहेको आगोमाथि घ्यू थप्ने गरेको कार्यमा के भिन्नता छ ।
२०४७ को संविधानको उल्लंघन भएझै २०७२ को संविधानको पालना हुनेछ भन्नेमा विश्वास गर्ने आधार के छ ?
राणाकालदेखि नै सत्ताधारीको बदमासीले गर्दा देश डुब्ने खतरामा रहेको छ । हाम्रो सोचाईं थियो कि सरकारको गुणगान गाउन पाए हामी खुसी हुने थियो त्यो छैन ।
अब देशलाई स्थिरतातिर लैजान सिके राउत र विप्लबलाई एके सुत्रिय डोरीले बाध्नुपर्छ र उनै सित सहकार्य गरी ऐन कानूनमा ल्याउनुपर्छ । उनीहरुको पनि यदि देशप्रति आस्था छ र प्रतिज्ञा गर्दछन् भने सम्पुर्ण देशको हितकार्यमा नै यी दुवैको भलो हुने र त्यो भलाईबाट ३ करोड नेपालीले उनीहरुलाई नै सम्पूर्ण देशको बागडोर पनि नदेलान पनि भन्न सकिदैन,त्यसकारण एउटा गाउँ, मुहल्ला, जिल्लाको बारेमा मात्र वकालत नगरी संगो नेपालको बारेमा वकालत गर्नुपर्छ किनभने पुरा देशका सबै नागरिक जातजाती विना भेदभावपुर्ण रहन सक्नुपर्ने नेतृत्व यी दुई जनाले पनि दिनुपर्छ । बन्दुकले मात्र केही हुदैन, बन्दुक त प्रचण्डको हातमा पनि थियो के भयो, त्यस्तै अझ पनि जनताले दुःख पाउने हुन्, साढेको लडाई बालकको मिचाई गर्नु भएन्, प्रचण्डको रिसले जनतालाई न दुःख दिन पाईन्छ न विप्लबको रिसले कसैलाई पनि दुःख पिडा हुने काम गर्नु हुदैन ।
जनताको भावना त अनेक हुन्छन्, ती सबैलाई समेट्न र मुल्यांकन गर्न सक्नुपर्छ, त्यस्तो होईन यस्तो भनेर सम्झाउने काम गर्नु पर्ने हुन्छ । हुनु पनि बेमेलका धेरै कारणहरु छन्, देशको खास सत्रु भनेको बेरोजगारी, भ्रष्टाचार प्रमुख स्थानमा रहेको छ । जबसम्म भ्रष्टाचारलाई प्राथमिकता दिइन्छ तबसम्म देश यस्ताको यस्तै रहन्छ, मेलमिलाप हुदैन । पैसाको मुख कालो भनेझै हमेसा स्थायी रुपले कालै रहनेछ । यदि सुद्ध एैन कानूनको अधिनमा रहेर काम गर्ने हो भने कोही कसैदेखि रिसाउदैन । न भड्किने काम गर्छ न भ्रष्टाचारतर्फ लालाहित हुन्छ ।
मुखले म भ्रष्टाचार गर्दैन र अरुलाई पनि गर्न दिदैन भन्नु तर काम कारवाही हेर्दा व्यापक भ्रष्टाचारको खेती नष्ट नगरी रहन दिनु जसरी अफिम खेतीलाई लठ्ठी हानी हानी प्रहरी स्वयम्ले नष्ट गरेका हुन्छन् यस्तै भ्रष्टाचारीहरुलाई नष्ट गर्नुपर्छ । यातना दिनुपर्छ, जसले भ्रष्टाचारीलाई यातना दियो उसैले बढी रकम रिसिवतको रुपमा पाउने भएकोले लगानी गरेर भ्रष्टहरु बच्ने प्रयास गर्छन् जबसम्म भ्रष्टाचारीको लगानी सुन्यमा विलाउदैन, तबसम्म असान्ती कायम नै रहनेछ । रामदेवले कालोधन जफत गर्छु भन्ने बाँचा गरेको थियो, वास्तबमा रातारात गरिएको घोषणाले सारा भ्रष्टाचारीहरु कालो धन कमाउनबाट मात्र बन्चित भएन कि कालो धनलाई सेतो बनाउन नै नसकेर प्राप्त धन डुब्यो । हालसालै केही दिनपुर्व पचासौं लाख हजार पाँचसयका पुरा नोट समातिएका हल्ला चलेको यदि साच्चै हो भने भ्रष्टहरु स्वतहः डराउने रहेछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *