खुलामञ्चमा औद्योगिक व्यापार मेलाको रौनक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशार्निेश समाचार/महेन्द्रनगर, २५ फागुन
सुदूरपश्चिम स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवले महेन्द्रनगरमा रौनकता छाएको छ । १२ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७५ फागुन १७ गतेदेखि सुरु भएको महोत्सव भोली समापन हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा भईरहेको छ ।
शनिबार पनि विविध साँस्कृतिक कार्यक्रमहरुका साथ सुदूरपश्चिमको लोक संस्कृति, देउडा लगायतका भाकाहरु तथा नृत्यहरु प्रस्तुत गरिएको थिए । सुदूरपश्चिमको कला संस्कृतिको जगेर्ना गर्नको लागि महोत्सव अपरिहार्य रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । यस सुदूरपश्चिमाञ्चल आद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवले स्थानीय कलाकारहरुलाई विशेष प्राथमिकतामा राखेको थियो । स्थानीय कलाकारहरुले आ–आफ्नो जोडदार प्रस्तुति देखाएका थिए । देशको कला संस्कृति र भाषाको जगेर्ना गर्न महोत्सवले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *