असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–६)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आफ्नो अखण्डता र स्वतन्त्रतालाई कायम राख्न खोज्ने मुलुकहरुले ठुला शक्ति राष्ट्रहरुको ईच्छा र मनसुवा अनुसार चल्न अस्वीकार गरेपछि नै असंलग्नताको सिद्धान्तको प्रतिपादन भएको हो भन्ने श्री ५ बीरेन्द्रको महानुवाणी स्मरण गर्दा असंलग्नताको शुरुवात कसरी भयो र यसको आवश्यकता नि पर्यो भन्ने जिज्ञासाको तृप्ति हुनछ । वास्तवमा असंलग्नताको जमघटले स्वतन्त्रता र स्वाधिनताको बत्ती चहकिलो पार्दै अघि बढ्ने प्रेरणा दिन्छ ।
एक नयाँ विश्वको चाहना राख्दै नेपालले सधै शान्तिपुर्ण सह–अस्तित्व, राष्ट्रहरुकबा बीचको समानता, पारस्परिक सम्मान, न्याय, सबैको हित र भलाइृका लागि संयुक्त राष्ट्र संघ र अरु अन्तराष्ट्रिय मंचहरुमा चाहिदो भुमिका निर्वाह गर्दै आएको छ । निरस्त्रीकरण, शान्ति, समानता अर्काका मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन र सबै किसिमका भेदभावको विरुद्ध नेपालले विर्भीकतापुर्वक आवाज उठाएको मात्र नभई व्यवहारमा समेत सो सिद्धान्तको अनुसरण गर्दै आएको छ ।
संलग्न आन्दोलनमा विश्वका धेरैजसो मुलुकहरु पर्दछन् । खास कुनै गुटबन्दीमा लागेर भन्दा राष्ट्र राष्टका बीच मैत्रीको गाँठो कस्दै नयाँ नयाँ सहयोगको कडी जोड्दै जानुमा राष्ट्रिय स्वार्थ पुरा हुदो रहेछ भन्ने देखेर नै असंलग्न समुदायमा बढी भन्दा मुलुकहरु सम्मिलित हुन आउदै गरेका छन् । विश्वमा फरक फरक सामाजिक प्रणाली र भिन्दा भिन्दै आर्थिक विकासको तह भएका राष्ट्रहरु छन् । यस्तो विविधताले भरिएको संसारमा मानिसहरुका बीच अरु पनि मानिसहरुको समझदारीलाई जोड्ने साँघुको आवश्यकता छ भन्ने नेपालको धारणा अटल रहेको छ ।
२०३३ श्रावणको अन्तिम हप्तामा मित्रराष्ट्र श्रीलङ्काको राजधानी कोलम्बोमा असंलग्न राष्ट्रहरुको पाँचौ शिखर सम्मेलन सम्पन्न भयो । दक्षिण एशियालीमा मात्र नभएर एशियामै पहिलोपल्ट आयोजना गरिएको यस सम्मेलनमा ८५ असंलग्न राष्ट्रको सहभागिता रहेको थियो । यस सम्मेलनबाट विश्व राजनीतिको बदलिदो परिस्थितप्मा विश्वका सम्पुर्ण मुलुकहरुसंग शान्ति, मैत्री तथा सहयोगको वातावरणमा बस्ने नेपालको न्यायोचित ईच्छालाई पुनः प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त भयो । उक्त सम्म्ेलनलाई २०३३ श्रावण २१ तते श्री ५ बीरेन्द्रबाट बिचारोत्तेजक, सारगर्भिक र ओजपुर्ण सम्बोधन बक्सदै हुकुम भयो, असंलग्नताको एकातिर सैनिक गठबन्धन र सुरक्षा सम्झौताहरुलाई अस्वीकार गर्छ भने अर्कातिर विश्वव्यापी हिस्सेदारीद्धारा सबै मुलुकहरुको बुद्धि विवेक र प्राकृतिक सम्पदामा आधारित शान्तिको हाम्रो कामनालाई पनि यसले प्रतिविम्बित गर्दछ । त्यसैले, शान्ति, न्याय तथा प्रगतिका लागि प्रभावकारी साधनका रुपमा हामीले राष्ट्रसंघलाई सुदृढ पार्दै लैजानु उचित हुन्छ । राष्ट्रसंघीय आदर्शको परिप्रेक्ष्यलाई त्यागेर असंलग्नताको परिकल्पना गर्न नै कठिन हुन्छ । असंलग्नताको विश्वसनियता केमा रहेको छ भने मानव मात्रको भलाईका लागि निष्पक्ष तवरले विश्व समस्याहरुमा सन्तुलित दृष्टिकोण यसले राख्दै आएको छ । शान्ति, स्वतन्त्रता, र सहयोगलाई मजबुत पार्ने, विभाजनवादी सैनिक गठबन्धनहरुलाई र बिदेशी सैनिक अखडाहरुलाई विघटन गर्ने अथवा निर्मुल पार्ने लक्ष्य प्राप्तिको लागि असंलग्नताले प्रमुख भुमिका निर्वाह गर्नुपर्दछ भन्ने कुरामा नेपालले कोलम्बो सम्मेलनमा पुनः जोडा दियो । नयाँ अन्तराष्ट्रिय आर्थिक व्यवस्था स्थापना गर्ने असंलग्न राष्ट्रहरुको प्रयासमा सक्रिय योगदान गर्ने, आपसि मेलमिलाप
राखी विभिन्न रुपमा देखा परेका साम्राज्यबाद, उपनिवेशवाद, जातिभेदवाद, आर्थिक असमानता बाहिरी हस्तक्षेप र दवाव जस्ता खराब कुराहरुको विरुद्ध आवाज उठाउने, मानव जातिको कल्याणको निम्ति विश्व शान्तिलाई सुदृढ गर्ने दिशामा असंलग्न आन्दोलनको माध्यमबाट नेपालले खेलेको भुमिका सापेक्ष छ भन्ने कुरा कोलम्बो सम्मेलनमा विशेष उल्लेखनिय रह्यो ।
दलबिहिन पंचायती व्यवस्था र नेपालको असंलग्न परराष्ट्र नीतिको अन्योन्याश्रित सम्बन्ध छ । यी आपसमा लामो समयदेखि नै एक अर्काका
परिपुरक भई आएका छन् । नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई अभिबृद्धि गर्नमा पंचायती व्यवस्थाको दलविहिन चरित्रले विशेष भुमिका खेलेको छ, अर्को अर्थमा असंलग्न परराष्ट्र नीतिको परिपोषणमा निर्दलीय पंचायती व्यवस्थाको विशेष योगदान रहेको छ । हाम्रो देश राजतन्त्रात्मक हिन्दु अधिराज्य भएबाट पनि पंचायती व्यवस्था र असंलग्न परराष्ट्र नीतिको सम्बन्ध एकै अंगका दुई हातको सम्बन्ध जस्तो हुन गएको छ भन्नुमा अत्युक्ति हुदैन ।
निर्दलीय पंचायती व्यवस्था हाम्रो देशको एउटा मौलिक राजनैतिक प्रक्रिया हो भने असंलग्नताका पाँच सिद्धान्तहरु प्नि नेपालको निम्ति कहिल्यै संशोधन वा पुनर्विचार गर्नु नपर्ने श्वाश्वत मान्यता हुन् । जसले अबलम्बनबाट नै नेपाल असंलग्न आन्दोलनको संसथापक सदस्य राष्ट्रहरु मध्ये एक हुन पुगेको छ । असंलग्नताको सिद्धान्तविश्वका धेरै राष्ट्रहरुले अंगाल्दै आएको, शुरुदेखि नै नेपालले असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सक्रिय भाग लिदै आएको, असंलग्नताकै माध्यमबाट क्षेत्रीय तथा विश्व शान्तिमा योगदान पुर्याउन सकिने, विश्वका शान्ति प्रिय असंलग्न राष्ट्रहरुसंग सर्वोच्च स्तरमा सम्पर्क कायम हुने यस्ता सम्मेलनहरु नेपालको निम्ति सधै हितकर हुदै आएको परिप्रेक्ष्यमा क्युवाको राजधानी हवानामा सम्पन्न भएको छैटौ असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन अन्य त्यस्ता राष्ट्रहरु जस्तै नेपालको दृष्टिमा उल्लेखनिय थियो ।
राष्ट्र नायक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर बिक्रम शाहदेबबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिबक्सेको त्यस सम्मानित सम्मेलनमा संसारका ९४ राष्ट्रका बिशिष्ट सहभागीहरु सम्मिलित थिए ।
असंलग्न आनदोलनमा तृतीय विश्वका प्रमुख राष्ट्रहरुले पुर्ण रपले सरिक हुन चाख देखाएको सो सम्मेलनमा गप उपादेयता प्राीत भएको थियो ।
नेपाली जनता बैचारिक विभेद तथा गुटबन्दीमा विभाजित नभएका, मानिसद्धारा मानिसको शोषण नहुने सामाजिक लक्ष्यतिर बढेका, सहिष्णुतामा विश्वास गर्ने भएर पनि अरुको भिन्न मत तथा बिचार धाराको कदर गर्ने, व्यक्तिगत स्वतन्त्रताका मुलभुत सिद्धान्तहरुको कदर गर्दै
अरुको जीवनपद्धतिमा हस्तषेप नगर्ने भएकोले, असंलग्न नीति नेपालको जीवन पद्धतिबाटै उत्पन्न भएको कुरा व्याख्या गर्दै श्री ५ बाट सम्मेलनमा बक्सेको सम्बोधनमा हुकुम भयो ।
असंलग्न नीति नेपालको आफ्नो जीवनपद्धतीबाटै उत्पन्न भएको हो । यो नीति विश्व सम्बन्धहरुमा नेपालको आन्तरिक दृष्टिकोणको विस्तार मात्र हो । हिमालयमा स्थित हाम्रो स्वतन्त्र राज्य एउटा सानो तर संगठित राष्ट्र हो जहाँका जनता अझै पनि बैचारिक विभेद अथवा गुटबन्दीमा विभाजित नभएर अन्ततोगत्वा मानिसद्धारा मानिसको शोषण नहुने समाजको लक्ष्यतिर बढिरहेका छन् । नेपाली जनता सहिक्ष्णुतामा विश्वास गर्दछन् तथा अरुको भिन्न मत तथगा बिचार धाराको पनि सम्मान गर्दछन् । उनीहरु व्यक्तिगत स्वतन्त्रताका मुलभुत सिद्धान्तहरुको कदर गर्दै अरुको जीवन पद्धतिमा हस्तक्षेप नगर्ने दृष्टिकोण राख्दछन् । भु–बनोटको विविधता तथा स्थानीय राजनीति र परम्पराको अनेकता भएको राष्ट्र नेपालका बासिन्दा तथा स्थानीय रीतिथिती र परम्पराको अनेकता भएको राष्ट्र नेपालका बासिन्दा हामी नेपाली सबै असहिष्णु स्वभाव र संकीर्ण राष्ट्रियता अस्वीकार गर्छौ तथा जीवनलाई केबल कोरा उपदेशको दृष्टिकोणले हेर्न मन
पराउछौ छोटकरीमा असंलगनता नेपाली संस्कृतिको नैसर्गिक रुप हो । असंलग्न देशहरुको माझमा अरु भन्दा पनि नेपाल आफुलाई कसरी झन् असंलग्न ठान्दछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । नेपालको लागि मात्र नभएर असंलग्नताका यी शाश्वत मुल्यहरुको पालना गरिएमा संसारका प्रत्येक राष्ट्रको सार्वभौमिक समानता र प्रजातान्त्रिक अधिकारको पनि संरक्षा हुनेछ । असंलग्नताकै मुल्य र मान्यताहरुबाट साना राष्ट्रहरुले साहस प्राप्त गरेको विश्वास गरिएको छ । वास्तबमा असंलग्न आन्दोलनले मानिसको स्वतन्त्रताको औचित्य पनि त्यही हो । यसरी भु–परिबेष्ठित वा समुद्र परिवेष्ठित वा धनी वा गरिब सबै राष्ट्रका लागि असंलगनताले समानतामा उभ्याउन प्रशस्त योगदान दिएको हुन्छ भन्ने दृष्टिकोणलाई हवानामा नेपालले प्रष्ट्याएको थियो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *