राप्रपाको स्वाभिमानी यात्रा महेन्द्रनगरबाट फिर्ता








दिशानिर्देश समाचार/महेन्द्रनगर, २५ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा हिन्दुराष्ट्र पुनस्र्थापना हुनुपर्नेमा बताएका छन् । शुक्रबार मेची महाकाली स्वाभिमान यात्रा अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले जनचाहना विपरित ठूला पार्टीहरुले विदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष घोषणा गरी जनमत विना नै राजसंस्थालाई पाखा लगाएको बताए । सम्पुर्ण राष्ट्रवादी स्वाभिमानी नेपाली एकताबद्ध भएर हिन्दुराष्ट्र पुनंस्थापनाका लागि अघि सर्नुपर्ने उनको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जनभावनाको कदर गर्दै हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताउदै हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दुराष्ट्र नै कायम गरिनुपर्ने बताएका छन् । “नेपालमा बहुसंख्यक हिन्दु बसोबास गर्दछन्, उनले भने–नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दु राष्ट्र चाहेका छन्, तसर्थ नेपाललाई हिन्दुराष्ट्र बनाईनुपर्दछ । कार्यक्रममा बोल्दै राप्रपाका बरिष्ठ नेता एवं पुर्व मन्त्री बुद्धिमान तामाङ्गले विश्वमा नेपाललाई चिनाउन हिन्दुराष्ट्र आवश्यक रहेको धारणा राखे । उनले ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई विदेशीमो ईसारामा धर्म निरपेक्ष घोषणा गरेकोले सामाजिक सद्भाव र एकताका लागि हिन्दुराष्ट्र बनाईनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षताले जातिय सद्भाव समेत खलबलिन गएकाले धार्मिक रुपमा एकिकरण गर्न हिन्दुराष्ट्र कायम गरिनुपर्ने उनको भनाई छ ।
राप्रपा अध्यक्ष थापाले विरामी मरेपछि डाक्टर खोजेझै गरेको छ । जुन बेला सरल तरिकाले हिन्दुराष्ट्र राजसंस्था जिवित राख्न सकिन्थ्यो त्यसबेला उनी पदको लोभमा लागी संविधानलाई स्वीकार्यो । बुद्धिभएपछि हेर्नुस आज सिके राउतको कमाल उनले आफ्नो चाहना पुरा
गरी छोड्ने र अन्तमा तराईलाई पनि आफूले सोचेजस्तो गर्ने जनमत संग्रह गराउने भन्ने मनसायको ल्याप्ने नेपाल सरकारबाट गराई सकेका छन् ।







