गौतम परिवारलाई एमालेको राहत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, महेन्द्रनगर, ५ चैत्र
भारतीय सीमा सुरक्षा बल एसएसबी को गोली लागेर सहिद भएका गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख रकमको चेक उपलब्ध गराएको छ । एमाले केन्द्रीय कमिटीले प्रदान गरेको पाँच लाख रकमको चेक शनिबार शहिद परिवारलाई बुझाइएको हो । एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावल पाँच लाख रकमको चेक सहिद गोविन्द गौतमकी आमालाई हस्तान्तरण गरेका हुन ।
सहिद गोविन्दकी पत्नी लक्ष्मी गौतमका नाममा रहेको चेक र एकथान ल्यापटप हस्तान्तण गरिएको हो । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार भएको आमसभाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहिद परिवारलाई पाँच लाख रकम पार्टीका तर्फबाट सहयोग घोषणा गरेका थिए । शनिबार एमाले उपाध्यक्ष भीम रावल सहितका नेताहरु सहिद गौतमको घर पुगेर चेक हस्तान्तरण गरेका हुन। यस्तै एमाले पुर्नवास नगर कमिटीले समेत तत्काल राहतका लागि १२ हजार रकम उपलब्ध गराएको छ । एमालेले सहिद गौतमका तीन छोरीलाई स्थानीय युगज्योती बोर्डिङ स्कुलमा पढाउने प्रबन्ध मिलाएको छ । एमालेको समन्वयपछि उक्त विद्यालयले निःशुल्क रुपमा सहिद गौतमका तीनै छोरीलाई पढाइदिने जिम्मा लिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले नेपाल–भारत सीमाको नियमन हुनुपर्ने बताए । कञ्चनपुरको पुर्नवास नगरपालिका ८ आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा विवाद बढ्दै गएपछि गत फागुन २६ गते भएको झडपका क्रममा भारतीय एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको हो भन्ने समाचार प्राप्त भएका छन् । निर्वाचनको आचारसंहिता पछि सोझै पार्टीले सहयोग दिन मिल्दैन तर नेपाल सरकार मार्फत् जजति पनि नेपालीका साझा शहिदलाई दिन
मिल्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *