न्यायिक समितिको लापरवाहीले गुरुकुलमा बाधा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २५ फागुन
भीमदत्त नगरपालिकाको न्यायिक समितिबाट शिवधाम क्षेत्र विकास समितिमा अतिक्रमित भएको जग्गा हटाई त्यस ठाउँमा शिवधाम क्षेत्र विकास समितिले गुरुकुलको भवन निर्माण गर्नुपर्ने निर्णय भएकोले शैक्षिक सत्र परिवर्तन हुँदा सम्म पनि सो क्षेत्र खाली नगरिदिएकोले भवन निर्माणमा बाधा परेको छ ।
यस महेन्द्रनगरमा एक मात्र महेन्द्रनगर बजारको मुटुमा रहेको शिवधाम विकास क्षेत्रको जमिन भाडामा लिई बसेका व्यक्तिहरुलाई भाडा असुल गरी हटाई पाउ भनि शिवधाम क्षेत्र विकास समितिले भीमदत्त नगरपालिकामा निवेदन दिएकोमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई सिफारिस गरी पठाएको थियो, त्यसको ठाउँमा जिल्ला प्रशासन कार्यालयले पनि शिवधाम क्षेत्र विकास समितिबाट जग्गा धनी लालपुर्जा, समितिको निर्णय सबैथोक मगाई आफू जिम्मा रोखर कारवाही गर्दा कहिले प्रजिअ उपस्थित नभएको बेला पर्ने त कहिले अन्य नै कार्य व्यवस्तताले कार्वाही हुन नसकेको भनि थन्किरहेको मुद्धा अन्तमा गएर यहि भाद्र १ गतेदेखि नयाँ नियमानुसार यस्तो किसिमको सरकारी जग्गाको अतिक्रमण, खिचलोको मुद्दा हेर्ने अधिकारी नगरपालिका भएकोले पुनः कारवाहीको लागि भनेर नगरपालिकामा नै मुद्दा रहेको, सो बारे कारवाही गर्न भीमदत्त नगरपालिकाले वडा नं. ४ को जिम्मा लगाएको भएपनि हालसम्म कुनै कारवाही नगरिदिएको गुनासो शिवधामबाट आएको छ । सो अतिक्रमण जग्गामा गुरुकुल विद्यालयको भान्सा तथा आवास निर्माणको लागि निर्माण सामग्री समेत पुर्याईसकेको अवस्थामा कहिबाट कसैले पनि सुनुवाई नगरिदिएकोले पुनः शिवधाम क्षेत्र विकास समितिले नगरपालिकाका पदाधिकारीलाई आवास गृह बनाउनको लागि तुरुन्त शिवधाम क्षेत्र विकास समितिको अतिक्रमित जग्गा खाली गरिदिन भनेर अनुरोध गरेको जानकारीमा आएको छ । यस सानो कामको लागि वर्षौसम्म नगरपालिकाले हेरिदिने होईन र आफ्नो कार्य दक्षता देखाउने होइन भने नगरको विकास कसरी होला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *