छाउपडी प्रथा कुप्रथा होइन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हरेक देश गाउँ ठाउँको आफ्नै रितिरिवाज हुन्छ जुन त्यस क्षेत्रको पहिचान पनि हो । सु.प. लाई हेप्ने खालका हरेक बहाना खोजी देशमा राष्ट्रस्तरको कुप्रथा भनेर छाउपडी प्रथा उन्मुलनको नाममा करोडौं रुपियाँ दलालहरुले खर्च गरी सेकेका छन् । यहाँका केही जिल्लाहरुमा गरिवी समेतलाई ध्यानमा राखी १० जनाको परिवारलाई खान बस्न सुत्नको लागी बढीमा ३÷४ कोठाको घर बनाएका हुन्छन् बस्ने ठाउँ नभएर महिनावारी भएको बेलामा बस्ने सानो एक कोठा बनाई त्यसमा नै सुत्ने बस्ने खाने गरेका हुन्छन तर धनी वर्गहरुमा त्यस्तो छैन उनीहरुका त घरका कोठा पनि प्रसन्त बनाएका हुन्छ्न कही एक व्यक्ति एक कोठामा बस्छन् भने कतै १० जना एकै कोठामा बस्ने बाध्यता रहेको छ । यहाँको रितिरिवाज पनि जिल्ला र गाउँ अनुसार अलग अलग हुन्छ । सबै क्षेत्रको रिति एकनास हुदैन । जस्तो कि काठमाडौंमा नेवारहरुको साँस्कृतिक, विभिन्न प्रथाहरु अलग्गै छन्, बेल विवाह तथा अवोध बालिकालाई कुमारी नै राखिने प्रथा छ । यी कुप्रथा नभएर प्रथा रितिरिवाज हो पहिचान हो । वैज्ञानिक तरिकाले पनि सँगै सुत्न मिल्दैन बढी सरसफाईको पनि आवश्यकता हुन्छ । यो प्रथा सु.प.मा मात्र नभई सुगौली सन्धीमा गुमेको काली पश्चिमको क्षेत्रमा पनि छ । त्यहाँ भारत सरकारले प्रत्येक गाउँ गाउँमा साँझा घर, अटेच वाथरुम समेत भएका घर बनाएका छन्, जो जहाँ गरिवीले महिनावारीको लागी मात्र छुट्टै कोठा बनाउन नसक्नेहरु त्यही घरमा आई ५ दिनसम्म बस्दछन्
घरको भन्दा पनि बढी सुविधा गरेको छ सरकारले भने यहाँ महिनावारी भएको बेला बस्ने कोठा छाउपडी गोठलाई भत्काउने गरेको छ के यो गर्नु जायय हो ? यहाँको सरकारले गोठमा बस्नेहरुको लागी गाउँमा साँझा घर बनाउन सक्दैन ? जहा बस्दा सरसफाई गर्न बस्न सजिलो होस् त्यो काम गर्नु पर्दछ । कुनै पनि धर्म शास्त्र वा नेपालका ऐन नियमले समेत महिनावारी भएको बेला अलग बस्नु हुदैन पनि भन्न सकेको छैन ।
महाकाली पश्चिम गुमेको नेपाली भूभागको पनि अध्ययन गर त्यहाँ कस्तो छ अनि मात्र यहाँको बारेमा टिप्पणी गर्न अगाडी सर्नोस, के हो कुरिती, सुरिति ? के आफ्नी छोरी बहिनी आमालाई मुस्लीम देशका धनाड्यहरुको घरमा घरेलु नोकर बनाउने रिति असल हो, कुरिति हैन ? गाउँ गाउँमा गई साँझा घर बाथरुम बनाई दिन गरिव महिलाले अनुरोध गरेका छन् । के सक्छौ त्यस्तो गर्न ? अर्काको रितिरिवाज मािथ त्यसै धावा नबोल्न जनताको आग्रह छ ।
अन्तमा देशमाथि संकट आउने नै भयो यहि फागुन २४ गते नेपाल सरकार र विद्यावारिधी गरेका सि.के. (चन्द्रकान्त) रावतसँग ११ बुँदे सम्झौता गरे त्यो सम्झौताले नेपालको मन रोएको छ । आत्मा दुखेको छ । त्यो सम्झौता नेपालको मृत्युवरणको सिलान्यास हो । समग्र भन्दा नेपाल अंग्रेज बीच सुगौनीमा भएको सन्धी भन्दा तल्लो दर्जाको १९५० मा नेपाल भारतको मैत्री सन्धी भन्दा झन मन्द विषको घडाले भरिएको छ । षडयन्त्रपुर्वक दुई देश बीच भएको सम्झौताको जस्तो छ । विद्वान नेताहरुको बुद्धि प्रयोग त देशको खातिर हुनु पर्दछ । जनमत संग्रहका जस्ता कुरा गरी देशलाई विखण्डन पार्ने काम गर्नु घातक हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *