भम्केनीमा ७५ फीटको नेपाल आमाको मूर्तिको शिलान्यास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशार्निेश समाचार/महेन्द्रनगर, २५ फागुन
कञ्चनपुरको भम्केनी धाममा७५ फीट अग्लो नेपाल आमाको मुर्तिको शिलान्यास गरिएको छ । शुक्रबार नेपालकै सबैभन्दा अग्लो ७५ फीटकोे नेपाल आमाको मुर्तिको शिलान्यास सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन् । अष्ठधातुको मुर्ति निर्माण कार्यको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले मुर्ति निर्माण पश्चात सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् । उनले भने अहिले गाईलाई छोड्ने चलन बढेको बताउदै त्यसको व्यवस्थापनका लागि सबै स्थानीय तहसँग बैठक बसेर निकास निकाल्ने बताए । भम्केनीमा नेपाल आमाको मुर्ति निर्माण भएपछि यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने आशा गरिएको छ ।
कञ्चनपुरलाई धार्मिक तथा पर्यटकीय रुपमा प्रचार प्रसार गर्नका लागि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले पहल गरेका हुन् । उनले २०७२ सालमा आरम्भ गरेको महाकाली मेची यात्रामा हरेक नेपालीबाट एक रुपैयाका दरले रकम संकलन गरी मूर्ति स्थापनाका लागि पहल गरेका थिए । नेपाल आमाको मुर्ति निर्माणका लागि तामा, पितल, कासा, सुन, चाँदी लगायतका अष्ठ धातुहरु संंकलन गरिएको छ ।
मूर्ति निर्माणमा २५ देखि ३० टन अष्ठधातु प्रयोग हुने जनाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कस्ष्ट्रसन प्रालिले १० करोड ८१ लाख रुपियाँ लागतमा ठेक्का लिएको छ । समितिसंग दुई करोड मौजुदा र भीमदत्त नगरपालिकाले एक करोड रकम दिने घोषणा गरेको छ । अष्टधातुबाट बनाईने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन बर्षमा मुर्ति निर्माण हुने छ । तर निर्माण कम्पनीले भने २ बर्ष ९ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन् । उनका अनुसार तीन रोपनी जमिन क्षेत्रफलमा मूर्ति बनाईने छ ।
मूर्तिको दायाबाँया गाई र बागको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतिक चिन्ह र नेपालको सबै तिर्थाटनको प्रतिनिधित्व हुने संग्राहलय निर्माण गरिने छ ।
धार्मिक पर्यटकिय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकोले विकासका लागि अनुष्ठान आयोजना गरिएको बताए । परापुर्वकालिन समयमा यहाँ भकभक गरेर पानी निस्कन्थ्यो, उनले भने, त्यसबाटै यसको नाम भम्केनी रहेको हो ।’ किम्बदन्ती अनुसार भम्केनीमा ६ कुण्ड थिए, जसमध्ये ५ पाण्डप र १ द्रोपतिको कुण्ड थियो । भिमले १ द्रोपतिका लागि नुहाउन कुण्ड बनाएको बताउदै संयोजक ऐरले अहिले पनि भम्केनीमा पौराणिक ६ कुण्ड रहेका छन् । जसबाट स्थानीयले पानी पिउने गरेका छन् । भम्केनीलाई विकसित गराएर बाह्य देशका पर्यटक ल्याउन सके यस क्षेत्रको आर्थिक विकास हुने स्थानीय युवा जनक जोशीको भनाई छ । पुर्णागिरीमा लाग्ने मेलामा आउने धर्मालम्बीलाई ब्रम्हदेब भम्केनी बिष्णू धाम हुँदै गोदाबरसम्म ल्याउन सकिने उनले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *