इतिहास मेटाउनु देश मेटाउनु हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालका हरेक गाउँ ठाउँको इतिहास मेटाउने काम अझै रोकिएको छैन । एक कञ्चनपुर जिल्लाको मात्रै पनि कुरा गर्दा सर्वप्रथम महेन्द्रनगरको नाम मेटाई भिमदत्त नगर राख्ने काम गर्यो भने त्यसपछि पंचायात रजत पार्कको नाम मेटाई भीमदत्त बाटिका राख्दैछन् त्यसमा बोर्ड बनाई टासी सकेको छ ।
आज यहि फागुनमा मात्रै पनि महाकाली अञ्चल अस्पतालको नाममा टिपेक्स लगाई भीमदत्तकै नाम सित जोडिने गरी अन्य नाम (राख्न) बदल्न स्थानीय, प्रान्त देखि केन्द्रसम्म दुस्प्रयास भई रहेको छ । यो देशमा विकास निर्माणका संरचना बन्न धेरै बाँकी छन् ति बन्दै गरेका संरचनामा नयाँ नाम राख्न मिल्ने देखिए पनि सार्वजनिक सम्पत्तिको नाम बदली व्यक्तिको नाम राख्न मिल्ने नमिल्ने कुरामा प्रसस्त बहस गरेर नयाँ नाम राख्नुपर्ने हामी ठान्दछौं ।
महेन्द्रनगर आफैमा यौटा ऐतिहासिक शहर बजार हो यस्तो शहर विश्वमा कतै छैन जहाँ शहर पहिले बस्यो गाउँहरु पछि बने । अठारौ सताब्दीको अन्ततर्फ ब्रहमदेव मण्डीमा केही व्यापारीहरुले अंग्रेजबाट (अंग्रेजको उपनिवेश भारतबाट नून लत्ता कपडा विक्रिको लागी ब्रहमदेवमा पसलहरु राखी सानो बजार बनाएको थियो त्यही बजारबाट बैतडी, डोटी, डडेल्धुरा बझाङ लगायतका जिल्लाहरुको बजार अलमोडापछिको त्यही हो । जब राजा महेन्द्रले २०१४ सालमा पुर्वको मेची ताप्लेजुङ देखि दार्चुला हुँदै बैतडी भ्रमण गरे भ्रमणको क्रममा जनताको खाने लाउने स्थितिको अध्ययन गरी पहाडी भेकबाट तराईमा बसाई सर्न सके राम्रो हुन्छ भोकमरी सहनु भन्दा तराईमा झरी अन्नपात गरी खाने सल्लाह दिएपछि पहाडी भेकबाट तराई झर्ने कामको थालनी मात्र हैन कि बर्माबाट नेपाल फर्कन बाध्यता रहेका नेपालीहरुलाई राजा स्वयम बर्मा गई त्यहाँबाट नेपाल आउने सबैको लागी महेन्द्रनगर, भैरहवा, बुटबलमा प्रवासी नेपालीहरुको बसोबास गराएका हुन । महेन्द्रनगर बजारको स्थापना गरी बजार महेन्द्रनगरमा सारेका थिए । पछि यस ठाउलाई नै यहाँका जनताले यहाँको नाम महेन्द्रनगर नामाकरण गरेका थिए । २०१९ को संवैधानिक व्यवस्थापछि यहाँको नाम महेन्द्रनगर पंचायत र पछि महेन्द्रनगर नगर पंचायतबाट ०६३÷६४ सम्म महेन्द्रनगर नगरपालिका नै थियो आज पनि हरेक श्रेष्ता जग्गा धनी श्रेष्ता प्रमाण पूर्जामा महेन्द्रनगर नगरपालिका नै रहेको छ । मालपोत कार्यालयमा मात्र होइन हरेकको घर घरमा हेर्न सकिन्छ ।
त्यस्तै हालको महाकाली अंचल अस्पताल स्वास्थ्य केन्द्र महेन्द्रनगर थियो र पछि विकास हुँदै आवश्यकता अनुसार अस्पतालमा रुपान्तरण भई महाकाली अंचल कै नामले महाकाली अंचल अस्पतालद नाम राखिएको थियो ।
स्वास्थ्य केन्द्र छदा एक युवा डाक्टर ध्रुवमान श्रेष्ठ अति नै विरामीका सेवक थिए भने त्यसपछि डाक्टर चेतराज पन्त उहाँ पनि स्वास्थ्य क्षेत्रमा इमान्दार भई अंचलकै अस्पतालहरुको विकासमा योगदान पुर्याएका हुन् । यहाँका स्थानीय राजनीतिक पार्टीहरुका कार्यकर्ताहरु अस्पताल विकास समितिमा पसेदेखि माहुरीको घार भित्र अरिंगाल पसेझै भएको छ । खास गरी २०४८ सालदेखि यस अस्पतालमा उन्नतिको स्थानलाई भ्रष्टाचारले स्थान पाएको छ कहिल्यै सरुवा नहुने १÷२ जना कर्मचारी र पार्टीहरुका कार्यकर्ताले विकास समिति ओगटेदेखि डाक्टरहरुमाथि अभद्र व्यवहार समेत गर्ने काम नभएका होईनन् । डा. शुभेसराज कायस्त राम्रा डाक्टर थिए उनलाई यहाँबाट लखेट्ने प्रयास गरे र उनी धनगढीको सेती अंचल अस्पतालमा गई बस,े हाल अवकास जीवनमा पनि उतै छन् र महेन्द्रनगर बासीहरु हाल उतै गएर उपचार गर्दछ गरी रहेका छन् । आज यहाँका जनताले पनि कायस्त डाक्टर राम्रा छन् भनेर प्रशंसा गरिराखेका छन् तर महेन्द्रनगर छदा यिनै प्रशंसकहरु गाली गर्दै थिए । अस्पताल विकास समिति र स्थानीय सरकारले महाकाली अंचल अस्पतालको नाम बदल्ने गृहकार्य पुरा गरी सकेको हो भने भूल हुनेछ । यसतर्फ यहाँका जनता, राजनीतिज्ञ, व्यापारी तथा सर्वसाधारणहरुले समेत न्यायपुर्ण इन्साफको लागि अगाडी सर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *