नारी मुक्ति अभियान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नयाँ नेपालमा महिलाहरुका लागि नारी मुक्ति अभियानको नाममा व्यापक अधिकार सुविधा र सम्मान सुनिश्चित गरिएका छन्, संभवतः विश्वमा यत्तिका व्यापक अधिकार कुनै देशमा पनि छैनन् । लैंगिक समानता भने पनि निकै फरक विपरित प्रकृतिका विभेदकारी व्यवस्था गर्दै अपराध परिभाषित हुन सक्ने विषयहरुबाट समेत छुट प्रदान गरिएको हुनाले साच्चै नारी मुक्ति अभियान नेपालमा सफल भएकै हो ? महिलाहरुका दुःख कष्ट पीडा अपमान सहने दिन समाप्त भएकै हुन ? २४ गते मनाईने नारी दिवसको सार्थकता व्यापकता कति छ ? त्यसबाट विश्व भरमा नै नारी सम्मानका लागि नेपाल अग्रगण्य भएको यथार्थ हो ? त्यसमा हामीले गर्व गर्न सक्ने ठाउँ कति छ ? यि र यस्तै प्रकृतिका विचारहरु सम्बन्धमा विश्लेषण गर्न समय सन्दर्भले उत्प्रेरित गरेको हुनाले अभिव्यक्त गर्ने प्रयास हो ।
महिला आरक्षण भनेर प्रत्येक क्षेत्रमा व्यापक प्रावधान राखिएका छन् । यद्यपि संविधान बनाउन अग्रणि भूमिका निर्वाह गर्ने भनिएका दलहरुको आन्तरिक जीवनमा पूर्णतः लागु हुन सकिएको छैन । महिलाहरुलाई शसक्त बनाउनका लागि वैवाहिक बलात्कारका नाममा आफ्नै विवाहित श्रीमतीसँग यौन सम्बन्ध
राख्दा वर्षौ जेलमा बस्नु पर्ने गरी मुलुकी फौजदारी अपराध संहित ऐनमा सुनिश्चित भएको हुनाले दिनहुँ आउने समाचारहरुमा स्वास्नीले आफ्नो लोग्ने विरुद्ध बलात्कार गरोको आरोप लगाई जाहेर गर्ना साथ सरकारवादी भएर प्रहरीद्वारा तुरुन्त गिरफ्तार गरी मुद्दा चल्ने सरकारी वकीलले सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै प्रतिरक्षा गर्नु पर्ने स्पष्ट कानूनी व्यवस्था छ । अहिले देशभर यहाँसम्म कि निकै पिछडिएका क्षेत्रहरुबाट समेत आफ्नै श्रीमतीको जाहेरीबाट लोग्ने जेल परी रहेका घटनाक्रमहरुबाट विचित्रको स्थिति पैदा भएको देखिन्छ । यस्ता मुद्दाहरुमा श्रीमतीको जाहेरीलाई अकाट्य प्रमाण मानी न्याय गर्नु पर्दा लैंगिक विभेद अन्त्य गर्ने नाममा एक अतिबाट अर्को अतिमा यो समाज रुपान्तरित हुन लागेको त होइन भनि ठूलो आशंका उत्पन्न भएको छ । प्रायः लोग्ने स्वास्नी बीच मतभेद त भई नै रहनछन् वा एक अर्का प्रति अविश्वास पैदा गर्ने अनेक कारक तत्व हुन सक्छन् त्यसमा व्यभिचार पर पुरुषसँग विग्रेका घटनाहरुलाई नकार्न मिल्दैन, यस सम्बन्धमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेदका लागि वैवाहिक बलात्कार ठूलो हतियार बन्न सक्छ, अर्कोतर्फ एक स्वास्नी छदै अर्को ल्याएका लोग्ने बहुविवाहमा मुद्दाको भागिदार हुन्छ र सरकारवादी फौजदारी मुद्दा चल्ने हुन्छ तर स्वास्नीले आफ्नो लोग्ने छदै अर्काका पोयल गएमा अपवाद बाहेक स्वास्नी विरुद्ध कुनै मुद्दा लाग्न सक्तैन, नारीलाई जति सुकै लोग्ने राख्न सक्ने कानूनी छुट हो भने झै बनेको कानूनले नारी मुक्ति अभियान शिखरमा पुगेको वा रसातलमा मिलेको भनि छुट्याउन शंशयपुर्ण भएको छ । विवाहको अल्पसमयमा नै सम्बन्ध विच्छेद गरी धन कमाउने माध्यमका रुपमा विवाद खडा भएका पनि कतिपय उदाहरण छन् । किनभने सम्बन्ध विच्छेद भए पनि अंश छुट्याउन पर्ने सम्पत्ति नभए पनि पिता पुर्खाको सम्पत्ति समेत दिनु पर्ने कानूनी व्यवस्थाको दुरुपयोग धेरै हुने गरेको व्यवसायिक जीवनमा अनुभव गरिएको हुनाले महिला समानताका नाममा बनेका कानूनहरुले पुजित हुनुपर्नेमा भगवति, दुर्गा, काली भनि सम्मान गरिने महिलाहरुलाई हिन्दु समाजले ठूलो मर्यादा गरेको हुनाले त्यो के अर्थ हुने ? साँस्कृतिक धार्मिक मान्यतारुलाई धरासायी पार्दै परम पवित्र मानिएको लोग्ने स्वास्नीको वैवाहिक जीवन अर्थहिन बन्दै सामाजिक विग्रह सनातन देखि चलि आएका पवित्र र वास्तविक यथार्थलाई तहस नहस पार्ने काम भएको अवस्थामा धर्म निरपेक्ष मुलुकमा सनातनदेखि चली आएका परम्पराहरुलाई संविधानले नै संरक्षण गरी दिएको हुनाले मुस्लिम धर्माबलम्बीहरुलाई ४ स्वास्नी राख्न पाउने अधिकारलाई ऐन कानूनले रोक्छ कि रोक्दैन ? बाल विवाह, अनमेल विवाह दण्डनीय मानेको हुनाले श्रद्धापुर्वक पालन गरिने स्वस्तानी ब्रत कथामा बृन्दाको सतीत्वहरण गर्ने भगवान विष्णु बलात्कारी देखाईए भने भगवान शंकर ७० वर्षका शिवशर्मा बनि ७ वर्षकी बालिका गोमासँग विवाह गरी अलपत्र पारेको अनमेल विवाहको कथा लगायतका पवित्र धर्म ग्रन्थहरु प्रतिबन्धित हुने नहुने के हो ? यस प्रकारका विसंगतिबाट समाज कता गई राखेको छ यो बहशको विषय हुने कि नहुने ? मश्लिमहरुमा ३ तलाक भनेर धर्मका नाममा कुरानको व्यवस्थाले स्वास्नी अलपत्र पार्ने प्रवृतिलाई सनातन परम्परादेखि चली आएको मानि प्रयोग हुने नहुने के हो ? काकाको छोरी विवाह गर्न पाउने मुस्लिम मान्यता अनुरुप परम्परा देखि चली आएको व्यवस्थालाई त मुलुकी फौजदारी अपराध संहिता ऐनले पनि मान्यता दिएको आभाष हुन्छ ।
ऐन कानून संविधानले मात्र कुनै अभियान सार्थक हुन सक्तैन, संविधानले त खाद्य आवास स्वास्थ्यको ग्यारेन्टी गरेको छ भने आज पनि खुला आकाशमुनि भोकमरी सहेर औषधी नपाई मरेका घटना संविधान को उल्लंघन भए नभएको के हो ? नारी मुक्तिका आवाज उठाउनेहरुलाई खाडी लगायत देश विदेशका वेश्यालयमा नारकीय जीवन विताउने देश भित्र बलात्कारमा परी जीवन अर्थहीन बन्ने तर्फ सार्थक बहश हुन सक्ला कि ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *