कहिले टुङ्गेला माओवादीका नामको आन्दोलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज फलामले फलाम काटेझै नेपालीले नेपालीमाथि आक्रमण गरी रहेको छ, रोकिएको छैन, एक नेपालीले अर्को नेपाली जो अगाडी बढी रहेको छ । उसको लागी आन्दोलन नामको घात प्रतिघात भई रहेको छ । देशमा अनेक प्रकारका शासन व्यवस्था कायम रहे तर दुःख लाग्ने कुरा के छ भने हरेक झुटा कुरा युवाहरुलाई सत्य हो भनि जाहेर गरी रहेका छन् । देश र जनताको लागी शासन व्यवस्था सदैव जनताको र देशको हितको लागी हुनु पर्दछ भन्ने कुरा बुझेको देखिदैन । जनताले जे चाह्यो त्यो हुनु पर्दछ त्यही नै जनचाहनाको कदर गरेको हुन्छ । जनताको इच्छा विपरित गरेका कामहरु पनि जनताको हितमा छैन आजसम्मको स्थिति त्यस्तै रहेको छ ।
२००७ सालमा नेपालमा सत्ता मात्र होइन व्यवस्था पनि बदलियो । राणा शासन जहानिया थियो त्यसमा पनि देश र जनताको हितको लागी थियो वा अहितको लागी वर्तमानको शासन व्यवस्थाले पनि झन शंका पैदा गराएको पाइन्छ । तुलना गर्दा नाप्ने यन्त्र वर्तमानमा छैन । त्यति बेलाको अपठित समाजले भन्न सकेन देशमा शासन व्यवस्था संकास्पद किन रहेको थियो भने राणाहरुले पारिवारिक शासन गर्यो जनतामा जान दिएन र गाउँ जिल्लाहरुमा पनि आफ्नै विश्वासिला नातेदार राखे पनि अन्तमा उनीहरुमा नै खैलाबैला हुदै गयो । वंशलाई अगाडी बढाउने खालको व्यवस्था थियो वा अरुको विश्वास नगरेर पारिवारिक शासन जमाएका हुन्, जनताको विश्वास नभएर देशको हितमा २ तिहाईको शासन गरेझै गरेको हो । वर्तमानका राजनीतिक पार्टीहरुलाई जनताको विश्वास नभएर जनमत नलिएको जस्तो हो त्यो भन्न सकिने अवस्था छैन ।
नेपालमा शक्तिले जे गर्यो आज सम्म त्यही भएको छ । जनमत लिएर न क्रान्ति भयो न शासन व्यवस्था भयो । जनताले जनमतबाट छानेको व्यवस्थालाई बन्दृुकले बदलीदियो जनताको जनमत गराएर व्यवस्था परिवर्तन गरेको भए जनताले गर्यो हामी भन्न सक्दथ्यौ तर जनताको मत लिन नेताहरुलाई जनताको विश्वास भएन त्यस कारण बन्दुकबाट सत्ता परिवर्तन गरिएको होईन भन्ने आधार केही छैन । देशमा कस्तो व्यवस्था ल्याउने भनेर जनता माझ गएर जनमत गरेको र त्यसबाट आएको परिणामलाई मान्नु पर्ने सबैको दायित्व थियो जसरी जंग बहादुरको उदय बन्दुक गोलाबारुदबाट भयो त्यसरी नै आजको व्यवस्था राम्रो नराम्रो जे जस्तो भए पनि जनताको जनमतबाट नआएर बन्दुकबाट नै जनतालाई व्यवस्था प्रेमी बनाउन खोजिएको होईन कसरी भन्ने । एक कुरामा बरु राणा शासनमा राणाहरुलाई इमान्दार भन्न किन सकिन्छ भने काखमा सुतेको राजसंस्थालाई मारेन बरु मार्नबाट बचायो त्यस्तै देशलाई पनि खोसिनबाट बचायो । राजा र देश दुवैलाई इमान्दारिताका साथ बचायो र आज हामी नेपाली भई परस्पर काटमार खिचातामी लुछाुचुडी गरी राखेका छौं । देशमा विकास गर्नेको नाममा वैदेशिक ऋण भार पनि बढ्दै गएको छ । नेपालका नेताहरुले के कस्तो विकास चाहेका हुन विकासको परिभाषा कस्तो हो त्यो बुझ्न सक्ने तरिकाले सबै नागरिकलाई सम्झाउनु पर्ने थियो बुझिएको छैन । के हो विकास भनेको देशका स्वदेशी कलाकारखाना उद्योगहरु फेल गराई विदेशी उद्योगीलाई सघाउनु हो वा आफ्नो देशको उत्पादन बन्द गरी विदेशी उद्योगबाट कमिसन लिनु हो वा देशमा भएको सनातन
रितिरिवाज नष्ट गरी कुनै अन्तैको सनातन ल्याउनु हो । देशमा गाई गोरुको विनास गर्नु, युवा युवतीलाई विदेश पलायन गराई देश निकाला गर्न सजाय दिन खोजेको हो वा विश्वलाई कब्जा गराउन खोजेको हो ? हाम्रो अमुल्य सम्पदा नेपालप्रतिको विश्वास गुमिराखेको छ । विश्वको नजरमा के नेपालको हेला गराई हाम्रो उन्नति हुन्छ हुदैन । देशलाई पुनः पुनः द्वन्दमा होम्ने कामको अझै अन्त भएको छैन । नेपालमा राजसंस्था सिध्याउनको लागी मात्र माओवादी आन्दोलन भएको थियो भने अव त राज संस्था परित्याग भैसकेको १०÷१२ वर्ष भई सक्यो अवको माओवादी आन्दोलन कसको लागी अवको आन्दोलन के पुष्पकमल, माधव कुमार, केपी ओली विरुद्धको हो वा नेपाली जनताको विरुद्धमा भई रहेको छ । विप्लब नामको माओवादीको धार एक छ भने सिके राउतको धार अर्को छ के हो यो नेपालको विरुद्ध हो वा नेपाली जनताको विरुद्धमा ।
पहाडी नेताहरुमा शेर बहादुर देउवा, रमेश लेखक जस्ता पहाडी नेताहरुलाई आफ्नो गफमा ल्याई मदेशी नेताहरुले तराईको बहुमत बनाउन तराईमा जनप्रतिनिधिको संख्या बढी राख्यो पहाडी जिल्लामा न्यून राख्यो त्यस्तो गर्नु कुन प्राकृतिक नियमले मिल्छ । के सानो देशमा एक राष्ट्रपति र ठूलो देशका २ राष्ट्रपति हुन्छन् ? कदापी हुनु पर्दैन । देशमा सबै नागरिकलाई समान अधिकार छ सबै जिल्लाहरुमा समान नेतृत्व हुनु पर्दछ । कञ्चनपुर सानो जिल्ला छ यहाँ ३÷४ वटा सांसद सीट हुनु पहाडी बैतडी, डडेल्धुरा जस्ता जिल्लामा एक जना मात्र सांसदको स्थान राख्नु भेदभाव पुर्ण हो कि होईन । जनसंख्याको आधारले भन्नु त नागरिकलाई मुर्ख बनाउनु मात्र हो । भुगोलको नाताले पहाडतर्फ बढी सीट राखेको हौं भनेर बढी राखेपनि त हुने थियो नि ? त्यो भन्दा पनि दुःखको कुरा त के भने हाम्रा पहाडी नेताहरुलाई मदेशवादी नेताहरुले किन्नु र मधेशवादी नेतालाई विदेशीले किन्नु अन्तमा नेपाललाई सिक्किमीकरण बनाउने खेल होईन भन्ने आधार के छ ? जसरी ने.का. र तत्कालिन एमालेले माओवादी संगठनद्वारा जनतामा हत्याहिंसा फैलाउन धनरासी समेत खर्च गरी गरायो बैंक लुटायो, त्यसको प्रतिफल के भयो स्थायी आतंकवाद, राजसंस्थाकै लागी थियो भने त आज हटुनपर्ने थियो नि हैन र ।
अवको शेष माओवादी तथा सिके राउत के को लागी किन आन्दोलनरत रहेका छन् बाबुराम र प्रचण्डले माओवाद किन परत्याग गर्यो राजसंस्था सिध्याउने खेल पुरा भईसकेपछि अव के नेपाल नै सिध्याउन खोजेको त हैन यदि हैन भने त्यसको आधार के छ ? झट्ट हेर्दा मदेशलाई एक स्वतन्त्र मदेश बनाउने नाममा चलेको आन्दोलन र अखण्ड सुदूरपश्चिमको नाममा चलेको आन्दोलन कुन तर्कसँगत थियो, कुन आन्दोलन सही दिशामा थियो, यसतर्फ विचार गर्दा सुपको अखण्ड आन्दोलन इमान्दारी थियो रहनेछ र सफल सर्वमान्य भयो । तर एक मधेश एक प्रदेश र स्वतन्त्र मधेशको आन्दोलन कपटपुर्ण भएकोले आन्दोलनकारी नेतृत्वका प्रमुख सिके राउतलाई अदालतले रिहाई गर्ने वित्तिकै विदेशी सित सम्झौता गरेझै नेपाल सरकारले ११ बुदे सम्झौता गर्नुको अर्थ आज भ्रमपुर्ण भईराखेको छ ।
किन यस्तो भयो यसैमा विद्वानहरुको र सत्तापक्षकै सांसदहरुको पनि भनाईलाई मन्थन गर्ने हो भने सिके राउतसँग भएको सम्झौता दुई देशसित नभएर एउटा राज्यद्रोह व्यूक्तिसित भएकोले को सित किन जनमत लिने हो त्यसको अर्थ के छ, सिक्किमिकरण बनाउने अर्थ हो वा भुटान बनाउने ?
शान्ति त ठीक हो निर्विकल्प शन्ति हुनुपर्छ शान्तिको नाममा सौदाबाजी गर्नु यो देशको हित भन्दा पनि मृत्युतुल्यमा पुग्ने सम्भावना बढी देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *