असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–५)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बेलग्रेडको प्रथम सम्मेलन र कायरोमा दोस्रो शिखर सम्मेलनको सफलताबाट धेरै देशहरुमा यस आन्दोलनको आकर्षण बढ्यो । फलस्वरुप वि.सं. २०२७ मा जाम्दियाको राजधानी लुसाकामा ५४ राष्ट्रहरुको सहभागितामा असंलग्न राष्ट्रहरुको तेस्रो शिखर सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व स्व.श्री ५ महेन्द्रबाट गरिबक्सियो । मौसुफबाट त्यस महत्वपुर्ण मंचमा २०२७ भाद्र २४ गते सम्बोधन गरिबक्सियो । असंलग्न अभियानका प्रणेता मौसुफबाट असंलग्नता भनेको आजको विश्वमा देखिएको गुटबन्दी राजनीतिमा दृढतासाथ अन्र्तनिहित अलग रहने भावना भन्दा माथि उठ्ने उदात्त मानविय दृष्टिकोणलाई अपनाउने अभ्यास बाहेक के हो र ? भन्ने प्रश्नद्धारा असंलग्न आन्दोलनलाई परिभाषित गरिबक्सियो । यी विविध
संस्मरणबाट स्व. श्री ५ महेन्द्र असंलग्न अभियानका अग्रणी व्याख्याता होईबक्सिन्थ्यो भन्ने बुझ्नमा मद्दत पुग्नुका साथै असंलग्न अभियानको द्रुततर विकासबाट नै विश्व शान्तिका लागि अहसतक्षेप, आपसि समझदारी, शान्तिपुर्ण सह–अस्तित्व, निरस्त्रीकरण तथा सैनिक गुटबन्दीबाट अलग रहने र आफ्नो निर्णय आफै गर्न पाउने जस्ता सिद्धान्तबाट अधिकाधिक मद्दत पुगेको सजिलै बुझ्न पाईन्छ । अन्तराष्ट्रिय जगत्मा यसको जे जति प्रभाव पर्यो नेपाललाई पनि त्यसको सजीब मर्म मौसुफबाट दर्शाई बक्सियो । २००७ सालको राजनैतिक परिवर्तन पछि नेपालले विश्वका विभिन्न् मुलुकहरुसंग सँबन्ध जोड्ने व्यापक अभियानमा सफल हुनु र अन्तराष्ट्रिय मंचमा नेपालको प्रतिष्ठा अभिबृद्धि हुनुमा राष्ट्रपिता श्री ५ त्रिभुवन तथा असंलग्न अभियानका प्रणेता एवं प्रखर व्याख्याता स्व. श्री ५ महेन्द्रको महत्वपुर्ण योगदान अविस्मरणीय छ ।
नेपाल शुरुदेखि नै असंलग्नताको सिद्धान्तमा आस्था राख्ने मुलुक हो । श्री ५ बीरेन्द्रको राज्यारोहण पछि मौसुफबाट स्व.श्री ५ महेन्द्रबाट प्रतिपादित गरिबक्सेको परराष्ट्र नीतिलाई अबलम्बन गर्ने कुराको घोषणा स्वरुप २०२८ फागुन ७ गते नेपालले अपनाई आएको असंलग्न परराष्ट्र नीतिलाई कायम नै राख्ने छौ र भनने हुकुम भयो । जसबाट असंलग्न आन्दोलनमा नेपालले खेलेको भुमिकालाई मर्यादित र सम्मानित बनाउन पे्ररणा मिल्यो ।
नेपाल मैत्रीपुर्ण तथा असंलग्न वैदेशिक नीति अपनाउदै आएको कुरा एक प्रष्छ तथ्य हो । कुनै पनि मुलुकको वैदेशिक नीति उसले हासिल गर्न खोजेको आदर्श र प्रतिष्ठामा आधारित भई त्यस मुलुकको शान्ति सुरक्षाको आवश्यकता अनुरुप पनि हुनुपर्छ ।
आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृग्वीनारायण शाहको उक्तिमा दुई ठुला ढुङ्गाहरुको बीचको तरल भएर बसेको नेपालले विश्वका अन्य मुलुकहरुसित सधै मित्रता र समबन्ध कयम राख्ने प्रयास गरिरहेको छ । मित्र राष्ट्रहरु सितको कैयौ शताब्दीसम्मको शान्ति र मित्रताको ईतिहासमा यदा कदाको घटनाबाट नेपालले युद्ध भनदा शान्ति नै बढी उपयोगी हुन्छ र झगडा भन्दा मित्रता नै बढी पाईदाजनक हुन्छ भन्ने कुरा विभिन्न शक्ति
राष्ट्रहरुलाई महशुस गराउदै शान्ति कायम गर्दै आएको छ । विश्वको राजनैतिक रंगमंचलाई हेर्दा विगत दर्शकतिर उपनिवेशवादी युगको अन्त भएको देखिए पनि कुनै न कुनै निहुबाट शक्तिशाली राष्ट्रहरु मध्ये केहीले आ–आफ्नो प्रभाव क्षेत्र बढाउदै लैजाने क्रम नरोकेको अवस्थामा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेबबाट असंलग्नताको सिद्धान्तलाइृ नयाँ स्वरुप दिई सुदृढ बनाउदै लैजानु परेको कुरा औल्याई बक्सियो ।
नेपालको कुनै बत्रु छैन । नेपालीले कसैको बिरुद्ध लडाई गर्नु वा विजय हासिल गर्नुको बद्ला हाम्रो आफ्नै पछौटेपनबाट आर्थिक विकासको लक्ष्यमा पुग्न विश्वका समस्त राष्ट्रहरुसंग मित्रता बढाउनुको लागि हामीले असंलग्न सिद्धान्तको वैदेशिक नीति स्वीकार गर्दै आएका हौ । यसै परिप्रेक्ष्यमा मित्र
राष्ट्रहरुसंगको सम्बन्धलाई नेपालले शान्ति र समझदारीको आधारमा निरन्तर विस्तार गर्दै ल्याएको छ । यिनै आधारमा स्वतन्त्रताको सम्मान गर्दै बाचेका नेपालीलाई शक्तिको होडवाजीमा कसैको दवावबाट टाढै रहन सम्भव भएको हो । असंलग्नता हाम्रो परराष्ट्र नीतिको मुल आधार भएको दुई ठुला
मित्रराष्ट्रहरुका बीचमा अवस्थित भुपरिवेष्ठित देश नेपालको निमित्त असंलग्नताको महत्व, असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनबाट विश्वशान्त्किो दिशामा हुन सक्ने योगदानको समेत मनन गरी श्री बीरेन्द्रबाट अल्जियस सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरिबक्सियो । उक्त सम्म्ेलन असंलग्न राष्ट्रहरुको चौथोशिखर सम्मेलन थियो भने राष्ट्र नायक श्री ५ महाराजधिराज सरकारबाट ७५ असंलग्न राष्ट्रहरुका विशिष्ट प्रतिनिधिले भाग लिएका थिए । सम्मेलनलाई ओजपुर्ण सम्बोधन बक्सदै श्री ५बाट पहिले सम्पन्न भईसकेका शिखर सम्मेलन तथा तिनका घोषणा पत्रको मुल्याङ्कन गर्नु पर्ने आवश्यकता प्रति सबै सहभागी राष्ट्रहरुको ध्यानाकृष्ट गरिबक्सियो । वास्तबमा लुसाका घोषणापछि अन्तराष्ट्रिय जगत्मा धेरै हेरफेर भईसकेका थिए । उक्त्र सम्मेलनमा भदौ १८, २०३० मा सम्बोधन गरिबक्सिदै यस भन्दा पहिलेका सम्मेलनहरुले शान्तिका अन्वेषणलाई बढाउन खोजेका, शान्ति कायम गर्न समझदारीलाई वृद्धि गर्ने, मैत्रीपुर्ण आदान प्रदान र आपसि सहयोगलाई प्रोत्साहित गर्ने, शान्तिका लागि अवरोत्र आउन सक्ने कुरामा सर्तक रहनु पर्ने कुरामा असंलगनताको बाटो नै सुगम र विवादित भएको पुष्टि गर्दै, शान्ति भनेको एउटा सक्षा कुरा हो जसले सधै स्वच्थता, वुद्धिमत्ता र परिपक्वताको अपेक्षा गर्दछ र जो सधै सजक, कल्पना र शंकाको वातावरणबाट माथि रहन्छ । हुकुम भएर असंलग्न आन्दोलनका मुलभुत सिद्धान्तको प्राप्तिका लागि दिशाबोध गराईबक्सियो । मौसुफबाट शान्ति सुरक्षा र विकासको नयाँ विश्व बनाउने चुनौतीमा नेपाल संलग्न मात्र नभई समर्पित रहने कुरा प्रष्ट्याई बक्सियो । बेलग्रेडमा भएको असंलग्न राष्ट्रहरुको पहिलो शीर्षस्थ सम्म्ेलन र त्यसको १२ वर्षपछि भएको अल्जियस सम्मेलनको बीचमा ठुला परिवर्तन भईसकेका थिए । अनेक जटिलता र विविधता सहितका अन्तराष्ट्रिय घटनाहरु जुन दिशातिर बढ्दै गईरहेका थिए त्यो क्रम असंलग्न आन्दोलनको लागि लाभप्रद रहेको वा
नरहेको भन्न त्यति सजिलो नभए पनि असंलग्नताका सिद्धान्तहरु एचित र उपयुक्त छन् भन्ने नेपालको दृढता त्यहा व्यक्त गरियो ।
असंलग्नताको नीति अनुरुप सैनिक गुटबन्दीमा नलाग्ने मात्र होइृन त्यस्तो गुटबन्दीमा लाग्नु शान्तिपुर्ण सह–अस्तित्व जस्ता सिद्धान्तहरुको विपरित छ भन्ने पक्षमा नेपालले बोल्दै आएको छ र पालन पनि गरिआएको छ । सो कुरा बेलग्रेडदेखि नै नेपालले आफुलाई सैनिक सन्धिको विरोध गर्ने गरी वचनवद्ध रहेकोबाट विवित हुन्छ ।
बुद्धिमत्ता स्वस्थता र शान्तिमा आधारित त्यो एक दुरदर्शी नीति थियो । ती दुरगामी निर्णयहरुका गर्भबाट विश्वशान्तिको प्रकाशपुल जन्मनेछ भन्ने भावनाबाट पे्ररित भएर नै नेपालले शान्ति क्षेत्रहरुको संस्थापन र तिनीहरुको विस्तार गर्ने विचारलाई स्वागत गरेको र गर्ने कुरा अल्जियर्स सम्मेलनमा राम्ररी प्रस्तुत गरिएको थियो । असंलग्न राष्ट्रहरुको संख्यामा चतुर्थ सम्मेलनमा निकै वुद्धि भयो । यस सम्मेलनमा पनि नेपालले जनताको लागि स्वतत्रता, सार्वभौमिकता, समानता र आर्थिक सम्मुन्नतिको माग गर्ने तेस्रो विश्वले शान्ति र एकाको निमित्त उठाएको सामुहिक आवाजमा कसैसंग बैरभाव वा कुनै शत्ति गुटमा लाग्ने भावना नराखी आफ्नो आवाज दोहर्यायौ, साथै कुनै प्रकारको हस्तक्षेप, शक्तिको दवाव, उपनिवेशबाद जातिवाद नव उपनिवेशवाद र मानिसमाथि हुने सबै किसिमका शोषणको बिरुद्ध जोडदार समर्थन समेत नेपालले जनायो । अरु धेरै मुलुकहरुको साथै नेपालले पनि मानवीय प्रतिष्ठा एवं शान्तिका उपायहरुको समर्थन तथा आर्थिक विकासको साथै भुपरिवेष्टित मुलुकहरुको समुद्रतटसम्म आवगमन गर्न पाउने अधिकारबारे पनि जोड दियो । यसरी अल्जियर्स सम्मेलन नेपालको लागि विशेष महत्वको साबित भएको थियो ।
नेपालको असंलग्न विदेश नीतिमा असंलग्न विद्धानको प्रदर्शनको लागि सधै गहकिलो योगदान दिने चाहना अन्तर्निहित छ । यसैको प्रष्ट उदाहरण अल्जियर्स सम्मेलन थियो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *