राष्ट्रलाई एक सुत्रमा बाध्ने मन्त्र








विश्वमा कुनै पनि राष्ट्रलाई अनेकतामा बाच्न अप्ठ्यारो पर्ने देखिन्छ । त्यसकारण हरेक राष्ट्रले परस्परमा एकता राखी बाच्ने, बस्ने शासन गर्ने व्यवस्थालाई जिवित राखेको छ ।
नेपाल र भारत दुईटै सँगसँगै हिडेका देश हुन् तर नेपालको जन्म पहिले भएको हो त्यसैले नेपाललाई एसिया महोदेशमा नै जेठो र स्वतन्त्र राष्ट्र भनेका
छन् । हुन पनि हो साम्राज्यवादी अंग्रेजको अधिनमा विश्वका देशहरु गए, अंग्रेजका सिकार भए, उपनिवेश भएर बसे तर यो देश स्वतन्त्र रह्यो, त्यसैले स्वतन्त्रता दिवस बनाउदैन । किनकी यो कहिल्यै परतन्त्रमा गएको छैन । आज हामीलाई दुःख लागेको छ अप्रत्यक्ष रुपबाट २० औं सताब्दीमा यो देश परतन्त्रमा गईराखेको छ, जाने प्रयास गरेको छ यसको लागि सबैले उठ्नु र जुट्नु पर्दछ । हिजोअस्ती मात्रै भारत र पाकिस्तानको छोटो दुई दिने युद्ध हामीले देख्यौं, यौटा लडाकु विमान चालकको पक्षमा सारा भारत भरीका सबै राजनीतिक पार्टीहरुमा एकजुट देखियो कसैले म भाजपा र म कांग्रेस, म यो र उ भनेन एकजुट भएर उभिएका थिए भने त्यसबाट हामीले पनि केही शिक्षा सिक्नै पर्छ । हामीले भारतलाई गाली गर्ने मात्र होइन शिक्षा समेत सिक्नुपर्ने आजको आवश्यकता रहेको छ ।
यदि यो राष्ट्रलाई एकताको सुत्रमा बाध्ने हो भने ढुङ्गालाई देवता, गाईको गोबरलाई गणेश मानेझै भएपनि यो देशमा एकतालाई एकताको सुत्रमा बाध्न नेपालका राजनीतिक पार्टीहरु तथा निलम्बित भएको राजसंस्थालाई समेत समेटेर एकता गर्नु नै वेश देखिन्छ । जसरी राजसंस्थाले २४० वर्षसम्म गरेको शासन व्यवस्थामा आफ्नो मन परिवर्तन गरी देशमा भएको द्वन्दलाई राजाको अनुपस्थितिमा निर्मुल हुन्छ भने केही समयको लागि बन्द राखेर हेरौं यो संस्था नै बन्द गरौं भन्नेमा राजा ज्ञानेन्द्रले स्वयम् स्वीकृति प्राप्त गरी आज प्रत्येक नेपालीको घरदैलोमा गईराखेका छन्, त्यसबाट के अनुमान गर्न सकिन्छ भने राजसंस्था सित अझै केही शक्ति बाँकी रहेको छ । त्यो शक्तिलाई र राजनीतिक दलहरुका शक्तिलाई मिलाएर एकै साथ हिडाउन सके निश्चय पनि यो देशले अग्रगमनको बाटो लिनेछ भन्ने जनधारणा रही आएको पाईन्छ ।
देशमा द्वन्द सिर्जना गर्नु राजनीतिज्ञले म मात्रै राज्य गर्छु भन्नु, व्यापारीले म मात्रै व्यापार गर्छु भन्नु, उद्योगीले म मात्र उद्योग गर्छु भन्नु वाहियात हो, जनता घाटामा जान्छन्, जसरी कि ७७ जिल्ला सार्वजनिक यातायातमा साँझा यातायात, हवाई यातायातबाट ७ नम्बर प्रदेशलाई यहाँका कमजोर नेताले बन्चित गरायो, त्यसमा पनि साँझा बसहरु देशभरी चलेका छन्, कर्नाली वारी, यहाँका केही व्यवसायीहरु तथा दलका नेताहरुले सडक सञ्जाल भएपनि ल्याउन अनुमति दिएका छैनन् । एक पटक साँझाका बसहरु काठमाडौं दिपायल र महेन्द्रनगर– काठमाडौंसम्म चलाउने भन्ने निर्णय भईसकेको थियो तर यहाँका बस व्यवसायी समितिहरु तथा नेताहरुको मिलेमतोमा जनताले पाउने सुविधा कटौती गरेको यथार्थ छ । त्यस कारण सबै पक्ष मिलेर राज्य सञ्चालनको नयाँ प्रयास हुनुपर्छ भन्ने हाम्रो धारणा रही आएको छ ।







