महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पुरा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १८ फागुन
सदाझै यस वर्ष पनि स्थानीय शिवधाम क्षेत्र विकास समिति महेन्द्रनगर कञ्चनपुरको परिसरमा महाशिवरात्री २०७५ को पुतित उपलक्ष्यमा शिवबाबा पशुपतिनाथ कञ्चनेश्वरको दर्शन गर्न भक्तजनहरुको लागि तथा मेला भर्नको लागि सबै व्यवस्था पुरा भईसकेको छ । यहि २० देखि लाग्ने मेलाको लागि पसल राख्न भने १९ गतेदेखि नै सुरु भईसकेको छ । सो मेलामा जिल्लाभरीका भक्तजनहरु र मेला भर्नेहरु समेत गरी कम्तिमा पनि ५० हजार भक्तजनहरु तथा स्थानीय पर्यटकहरुको उपस्थिति हुने मेला आयोजक समितिले जनाएको छ ।
महाशिवरात्रीको अवसर पारेर प्रत्येक वर्ष यसै समयमै यस क्षेत्रमा मेला लाग्ने गरेको छ । मेलामा सांस्कृतिक कार्यक्रम हुनुका साथै नृत्य पनि प्रस्तुत गरिनेछ । मेलालाई सभ्य र भब्य बनाउन सबैको सहयोग अपरिहार्य रहेको जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *