सुपको कला संस्कृति जोगाउन महोत्सव अपरिहार्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशार्निेश समाचार
महेन्द्रनगर, १९ फागुन
सुदूरपश्चिम स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । शुक्रबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको खुलामञ्चमा शुरु भएको हो । सुदूरपश्चिमको कला संस्कृतिको जगेर्ना गर्नको लागि महोत्सव अपरिहार्य रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेका छन् । देशको कला संस्कृति र भाषाको जगेर्ना गर्न महोत्सवले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । स्थानीय स्तरमा रहेका कलाकारहरुलाई पनि राष्ट्रिय स्तरको कलाकार बन्नको लागि पनि यस महोत्सवले प्रेरणा दिनेछ । कलाकारहरुले जति प्रस्तुति दिन सक्यो त्यति नै उनीहरुमा कलाको निखारता आउने आयोजकको दावी छ ।
‘कृषि, पर्यटन र उर्जामा विकास, सम्बृद्ध सुदूरपश्चिम प्रदेशको आधार’ भन्ने मुल नाराका साथ यस बर्ष पनि मेलाको सुभारम्भ भएको छ । १२ औँ औद्योगिक मेला तथा पर्यटन महोत्सवको पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री देउवाले महोत्सवले यस क्षेत्रको आर्थिक, समाजिक विकासमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा सुदूरको थारु तथा पहाडी समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो । व्यवसायिक क्षेत्रका १५० र विभिन्न यस क्षेत्रका खाद्यान्न तर्फका २० गरि १ सय ७० स्टलमा व्यवसायिक बस्तु तथा सेवा राखिएका छन् । ‘यस बर्षको मेला अरुबर्षको भन्दा राम्रो हुने आयोजकले जनाएको छ ।
मेलाको दोस्रो दिन शनिबार पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
महोत्सवमा दैनिक उपभोग्य समाग्री, गारमेण्टका समाग्री, ईलेक्टोनिक्स, अटो मोबाईल, कृषिका आधुनिक औजार सामाग्री बाल उद्यान दुग्धजन्य बस्तु लगायतको व्यापार भईरहेको छ । सुदूरका सबै जिल्लाको कला संस्कृती र बस्तु तथा सेवाको प्रर्दशनका साथै भारतको उत्तराखण्ड क्षेत्रका कलाकारले समेत कला प्रस्तुत गरिनेछन् । स्थानीय कलाकारलाई विशेष प्राथमिता दिईने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत २० र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरिएको छ । प्रति एक टिकेट मार्फत दुई रुपैया कञ्चनपुरका छाडा पशु चौपया व्यवस्थापनका लागि सहयोग गरिने आयोजकले जनाएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा गौशाला निर्माणका लागि उक्त रकम सहयोग गरिने छ । दैनिक उपभोग्य समाग्रीका साथै सुदूरपश्चिमेलीको मौलिक खाने परिवार समेत पाईनेछन् । १० दिनसम्म संचालन हुने र मेला २६ फागुन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *