निर्वाचन आयोग तथा सरकारलाई राप्रपाको चेतावनी








दिशानिर्देश समाचार, महेन्द्रनगर, ५ चैत्र
आज यो देशमा प्रजातन्त्र छ वा छैन ठोस रुपले भन्न सक्ने हिम्मत कसैमा देखिदैन । सरकारलाई जे चाहियो जे एकलौटी मन लाग्यो त्यो जसरी पनि गर्ने तर जनताको भावना विपरित जानु यस देशको दुर्भाग्य नै हो । कुनै पार्टी माथि प्रतिबन्ध लगाउनु र संविधानको व्याख्या गर्ने काम निर्वाचन आयोगको होइन तर पनि यदि सरकारको निर्देशन निर्वाचन आयोगलाई छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । जस्तो माओवादी पार्टी दर्ता गर्नमा त्यसबेलाको
सरकार र निर्वाचन आयोगले नमानेको कारणले २५ अजार नेपाली जनताको ज्यान गयो लाखौं नेपाली विचल्लीमा परे । त्यसकारण निर्वाचन आयोगले समयमै ध्यान पु¥याउनु देशको लागि हित हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन् ।
अध्यक्ष थापाले पार्टीको विचार माथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको जिकीर गर्दै पुनर्विचार नभए आफू उपप्रधानमन्त्री पद त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन चिन्ह गाईको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने जिकीर पनि गरे ।
उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने पनि स्पष्ट पारे ।
संविधानमा कुनै धर्म विशेषलाई स्थान नदिने व्यवस्था गरिएको छ । यता, राप्रपाले भने हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि संसदमा तत्काल संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो । अध्यक्ष थापाले संविधानले राजनीतिक दलको विचारमाथि प्रतिवन्ध लगाउन नहुने व्यवस्था गरेको जिकीर पनि गरे । उनले हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण भएको उल्लेख गर्दै त्यसको बचाउ गर्न पार्टीले कडा संघर्षको कार्यक्रम ल्याउने घोषणा पनि गरे ।
अध्यक्ष थापाले विचार माथि प्रतिबन्ध लगाउन खोजे बन्दुक बोकेर संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिए ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निर्वाचन आयोगको निर्णयले लोकतन्त्र कै धज्जी उडाएको भन्दै त्यस माथि पुनर्विचार नभए कडा संघर्षमा जाने चेतावनी दिए ।
यता निर्वाचन आयोगले संविधान प्रतिकूल रहेकाले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय लिएको स्पष्ट पारेको छ ।
यसपाली दुबै राप्रपा एकिकरण भएपछि कमल थापा सत्तामा गएको कारणले नेता प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गर्नु प¥यो । यो दुबैको लागि दुर्भाग्यपूर्ण हो । यसरी पार्टीहरुमा वैमनश्यता आउनु नेपाली जनतालाई घाटा हुन्छ । त्यस्तै निर्वाचन आयोगले १० वर्षे द्वन्दकालको इतिहास भुल्नु हुदेन । पार्टी दर्ता गर्न नदिएकै कारण माओवादीले जंगल पसी क्रान्ति गर्नुप¥यो । सरकार जतिसुकै बलियो भएपनि क्रान्तिको सामु केही नचल्ने रहेछ भन्ने कुरा निर्वाचन आयोगले मनन गर्नुपर्छ । त्यो नै उसको नजिर जस्तै हो । त्यसैले देशमा शान्ति सुरक्षा गर्ने काम नेपाली सुरक्षाकर्मीको हो, निर्वाचन आयोगको केवल निर्वाचन गराउनु मात्र हो । सबै कुराको खतरा मोल्नु निर्वाचन आयोगलाई उपयुक्त छैन ।







