यौटा इमान्दार खानदान








इमान्दार देशभक्त कर्तव्य निष्ट कसैले बनाएर बन्दैन त्यो त भित्रबाट स्वयम प्रस्फुटन हुने हो । त्यो नितान्त निजी हो तर कार्य सामाजिक राष्ट्र भक्ति हो । यौटा इमान्दार राष्ट्रभक्त, राष्ट्रसेवक जो सुकै ठाउँको भएपनि मनुष्यजातीको गर्वको विषय हो हालै भारतीय सेनाको पाईलट अभिनन्दन बर्दमान पाकिस्थान सितको युद्धमा विमान क्रसिङ हुँदा उनी पाकिस्थानी भूमीमा प्यारासुटबाट उत्रिए विमान पाकिस्थानी सैनिकले ध्वस्त पारे । हुन त उनको कर्तव्य र काम नै हो सरकारी सेवारत रहदा ठेकिएको काम गर्नु दायित्व भित्र नै पर्दछ ।
भारत सरकारको भनाई अनुसार अविनन्दन मात्र होइन कि उनका तीन पुस्ता देखि नै भारत सरकारको सैनिक त्यो पनि पाईलट (फाईटर) नै चलाएर देशको सेवा इमान्दारीका साथ गरी रहेको कुरा बताउदै उनका पिताको पनि उपस्थिति गराएको थियो सारा विश्वले एक इमान्दार देशभक्त खानदानको बारेमा थाहा पायो । अभिनन्दन कि श्रीमती समेत राष्ट्रसेवामा रहेकी छन् । अभिनन्दन पाकिस्थानका सैनिक क्याम्पमा बन्दी रहदा करिव ५८ घण्टासम्म उहाँलाई खुपिया गुप्तचर संस्थाले समेत सोधपुछ गर्दा आफ्नो काम कर्तव्य वाहेक केही कुरा बताएनन् । उनको मात्र हैन उनका खानदानको नै भारत
सरकारबाट प्रसंशा गरिदा विश्वभरीका राष्ट्रभक्तहरुको तन मन अवश्य हर्षित हुनु पर्दछ । हुन त हो यत्रो विशाल भारत राष्ट्रसेवकहरुको इमान्दारिता र देशभक्त राजनीतिज्ञहरुबाट चली रहेको छ । भारतीय राष्ट्रभक्त नेताहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित राखी अंग्रेज हटाउ अभियानमा निशस्त्र शान्तिपुर्वक महात्मा गान्धीको निर्देशनमा चल्यो अन्तमा शान्ती पुर्वक नै अंग्रेज हटाउने काममा सफलता प्राप्त गरे नेपाल बाहेक अरु कुनै देशका नागरिक नेताहरुबाट सहयोग लिने र सहभागी गराउने काम थोरै भए । महात्मा गान्धी कठोर राष्ट्रभक्तिकै कारण राष्ट्रभक्त नाथुराम गोडसेद्वारा मारिए । मर्ने र मार्ने दुवै साझा राष्ट्रभक्तकै कारण मारिए तर ऐनले मार्नेलाई मृत्युदण्डको सजाय दियो । इमान्दार राष्ट्रभक्त नेता कर्मनिष्ट राष्ट्रसेवक राष्ट्रका मुटु हुन । आज एक सामान्य तर राष्ट्रभक्त खानदानले नै सम्मान पाएको छ । त्यो सम्मान कर्म र कर्तव्य निष्टको साझा सम्मान र सम्पत्ति हो ।
हाम्रो देशमा पनि इमान्दार राष्ट्रभक्त नेता तथा राष्ट्रसेवक न जन्मिएका भने होइनन् जन्मिएका हुन । राष्ट्रसेवकमा देशले थुप्रै पाएको होला तर हाम्रो ज्ञानले समग्रमा पुर्ण प्रमाण दिन नसके पनि राष्ट्र सेवकमा पुर्व गृह सचिव वीर बहादुर शाही, न्यायमुर्ति ताहेर अली अन्सारी, डाक्टरमा ध्रुवमान श्रेष्ठका नाम तथा नेताहरुमा डा. पुर्व प्रधानमन्त्री कृतिनिधि विष्ट, मरीचमान सिंह श्रेष्टसम्मका नाम लिइन्छ त्यसको अर्थ अरु सबै खराव हुन भन्ने भने होइन ।
देशमा एक दुई जनाले मात्र पनि अतुलनीय राष्ट्रको लागि हितकर गरिदियो भने पुर्ण देशबासीको इज्जत थामिन्छ तर एक दुई जनता बदनियत भएका पदाधिकारीहरुद्वारा काम कर्तव्यको पालना गर्नमा हेल्चेक्र्याई गरिदियो भने सम्पुर्ण देशको बदमान हुन्छ जस्तो कि राजा विरेन्द्रको वंशनाश हुने गरी हत्या गरियो । नारायणहिटीका वरिपरी ४ हजार सैनिकहरु मौजुद थिए र ती सैनिकहरुको प्रधानसेनापती पनि अरु बटालियन गणहरुका झै एउटै देशका साझेदार साँझा सेनापती थिए अन्तमा सेनापतिद्वारा नै हाम्रो जिम्मा होइन भन्ने कुरा गरेकोमा देशका सारा जनतामा हाँसो उठेको थियो र निरास भएका थिए त्यस्तै देशका ठूला ठूला सुरक्षा पदाधिकारीमा आईजीपीहरु मध्ये कोही भ्रष्टाचारको अभियोगमा जेल पर्दा हामीलाई कति दुःख भए होला हाम्रो इज्जतको । त्यस कारण हामीपनि जस्ता वीर बलभद्र कुँवर, अमर सिंह थापा लगायतका योद्धाहरु थिए जसको शालिक सत्रुपक्षले समेत आफैले निर्माण गरी सम्मान गर्न आजसम्म नालापानीको एरिया निप्ना नदीको किनारामा वीर बलभद्र कुँवरको शालिक मौजुद रहेकै छ, त्यसबाट हामी अत्यन्तै हर्षित छौं ।
राम्रो मानिस कर्तव्यनिष्ट, इमान्दार जो सुकै देशको र जो सुकै पक्षको भए पनि आफ्नो सत्रु नै किन नहोस् उनीप्रति ठूलो श्रद्धा हुदो रहेछ र आफ्नै छोरा यदि कपुत छ भने नितान्त दुःखदायी भएझै भएको छ, हामी आशा गरौं उक्त भारतीय लडाकु पाईलटका परिवार जस्तै देशभक्ती र इमान्दारीताबाट हामीले पनि देशको लागी केही गर्न सिकौं र ज्ञान लिऔं भन्ने चाहना राख्नु जायज नै देखिन्छ ।







