महाशिवरात्री विशेष (शिवबाबा)








-हिरा भट्ट
हामी सबै मनुष्य आत्मा (हिन्दु, मुस्लिम सिख्ख, इसाई, बौद्ध) जति पनि धर्मावलम्बीहरु छौं शिव बाबाकै सन्तान हौं । शरिरका पिता शरिर जस्तै देख्न सकिन्छ भने आत्माका पिता आत्मा जस्तै ज्योति विन्दु अदृश्य हुनुहुन्छ । उहाँलाई यी विनासी आँखाले देख्न सकिदैन । परमपिता परमात्मा शिवबाबा ज्योति विन्दु निराकार अविनासी, अजर, अमर, अभोक्ता, अकर्ता हुन्छ । उहाँ जन्ममरणबाट अलग हुनुहुन्छ ठीक त्यसै प्रकार हामी आत्मामा पनि यी सबै गुण हुन्छन् । फरक यत्ति हो की हामी जन्मौजन्मको कर्म भोग्नु पर्ने हुनाले ८४ जन्म लिन्छौं । यो हाम्रो अन्तिम ८४ यो जन्ममा शिवबाबा भारत मधुवनमा अवतरित भएर मनुष्य आत्मालाई देवआत्मा बनाउन दैनिक निशुल्क गिता ज्ञान सुनाई रहनु भएको छ । यसै धर्तिमा सतियुग तथा स्वर्ग स्थापन गर्न विभिन्न तरिका (बाढी, पैरो, भुकम्प, भूक्षय, युद्ध, आधुनिक विनाशकारी बमहरुद्वारा)ले महाविनास गर्दै हुनुहुन्छ । शिवबाबा ब्रह्मा तनमा अवतरित भएको दिनदेखि शिवरात्री तथा शिवजयन्ती मनाएको ८२ वर्ष पुरा भयो । वर्तमान समय पुरुषोत्तम संगम युगको समय हो । सृष्टिचक्र ५००० वर्षको हुन्छ जसमध्ये १२५० वर्ष सतियुगको, १२५० वर्ष त्रेतायुगको, १२५० वर्ष द्वापर युगको, १२५० वर्ष कलियुगको हुन्छ । कलियुग अन्तमा र सतियुगको आदिमा १०० वर्षको पुरुषोत्तम संगमयुग रहन्छ ।
१०० वर्षमध्ये ८२ वर्ष गैसके अवको १८ वर्ष भित्र शिवबाबा नयाँ मनुष्य आत्माहरुबाट सतियुग स्थापना गराउदै हुुनुहुन्छ । यस सृष्टिमा भएका ८४ लाख योनिहरु मध्ये मनुष्य योनी श्रेष्टतम भएको हुनाले हामी भगवान (शिवबाबा)लाई सृष्टि परिवर्तन गर्नमा मदत गर्न सक्छौं ।
आफू आमालाई पावन, सुखी, शान्त, पवित्र प्रेमी, शक्तिशाली धैर्यवान, सहनशील अचल, अडोल, बनाउनु हुनु नै विश्व परिवर्तनमा सहयोगी बन्नु हो । आफू भित्रका आसुरी गुण (विकार) काम क्रोध, लोभ, मोह अहंकार त्यागेर तन शितल र मन शान्त गर्नु नै देवी गुण धारण गर्नु हो । शिवबाबा दैनिक गीता ज्ञान सुनाउदै भन्नु हुन्छ “मिठ बच्चे तुम ही सतियुग मे स्वर्ग के मालिक थे १६ कला सम्पूर्ण निर्विकारी आदि सनातन देवीदेवता धर्मवाले थे कला घट्तीगई आसुरी बनगए हो फिर से राजयोग सिखलाकर तुमको स्वर्गका राज्य भाग्य दिलाने आया हुँ मेरी श्रीमतपर चलो”।
यस्ता मिठा मिठा महावाक्यहरु सुनाएर परमपिता परमात्मा शिव आत्मालाई अपार खुसी र पावन बनाउदै हुनुहुन्छ । ओम शान्तिको अर्थ हो म आत्मा हुँ । आत्मालाई राजा मानेर कर्मेन्द्रियहरु (कर्मचारी)लाई श्रेष्ठ र सत्य कर्ममा मात्र प्रयोग गर्नु नै महान राजयोग विधि । यो ईश्वरीय शिक्षा संसारका डेढसय देशहरु पढाई भैरहेको छ । यो शिव तथा शुभ सन्देश फैलाउनु नै ब्रहमाकुमार कुमारीहरुको परम र श्रेष्ठतम कर्तव्य हो । शुद्ध आहार खाएर सत्सँग गर्नाले आत्मामा दैवी गुणहरु स्वतः जागृत हुदै जान्छन् ।
यसरी एउटा व्यक्तिमा आत्मिक गुण धारण हुनाले घर परिवारमा गाउँ समाजमा क्षेत्रमा, राष्ट्रमा र अन्तराष्ट्रिय स्तर लगायत सत्युग स्थापन गर्नमा शिवबाबालाई समेत मदत मिल्छ ।
कैयौ (६३) जन्मको पुकार सुनेर यस जन्ममा भगवान स्वयम धर्तीमा आएर गीता ज्ञान सुनाउनु हुदै भन्नुहृुन्छ यसपछि ५००० वर्ष पछि मात्र आउनुहुन्छ त्यसैले आदरणीय श्रेष्ठ आत्माहरु आफ्नो नजिकको गीतामा पाठशाला वा प्रजापिता ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालयमा निशुल्क ज्ञान ग्रहण गरौं । कमसेकम सारांश त बुझेर हेरौन, भगवान कसरी पढाउदा रहेछन् । Peace of Mind Channel २४ घण्टा गीता ज्ञान सम्बन्धमा कार्यक्रम तथा आत्मा परमात्मा मिलनबारे जानकारी हेर्न सकिन्छ । (लेखक शिक्षक पेशामा कार्यरत हुनुहुन्छ ।)







