विशाल भारत होइन नेपाल हुने थियो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–बलदेव अवस्थी
बद्रीदत्त पाण्डे कुमाउको इतिहास लेखकले उक्त इतिहासको पुस्तक (१९९० मा प्रकाशित) मा भनेका छन् अंग्रेज र नेपालीको तुलना गर्दा आज विशाल राष्ट्र भारत नभएर नेपाल हुने थियो तर शासन गर्ने शैली कानुन नियमित नभएर हचुवाको भरमा शासन गर्न लागेकै कारणले गडवाल र कुमाउ क्षेत्रमा नाम कमाएका गोरखालीरुको विरुद्धमा नालापानी गडवालका जनताले अंग्रेजहरुलाई सघाई किल्लामा जाने पानीको मुहान सिकाई अंग्रेजद्वारा पानी बन्द गराएको कारणले मात्र नालापानी किल्ला छोड्नु परेको थियो र सुगौली सन्धी गर्ने मूल कारण नालापानीको किल्ला कब्जामा पर्नु नै थियो । दुनघाटीमा डाकाहरुले गाउँका गाउँ लुट्दै जाने भएका कारण देहरादूनका जनतामा त्राही त्राही थियो । जव त्यस
कुराको जानकारी गोरखा सैनिकसँग पुग्यो डाकाहरुलाई छानी छानी डाकाको गाउँ नै जलाई दियो र देहरादुनलाई डाका मुक्त क्षेत्र घोषित गरेकाले पनि जनता गोर्खा देखि खुसी थियो । २५ वर्षसम्म शासन गर्दा नियम कानूनसँगत नगरी जतिबेला जे मन लाग्यो त्यो गर्न लागेकै कारणबाट जनतामा केही असन्तुष्टी पैदा भईरहेको बेला अंग्रेजहरुको गफमा आन्तरिक कुरा अंग्रेजहरुलाई बताउदा किल्लामा जाने पानीको मुहान बन्द गर्दा मात्र किल्ला छोड्नु परेको थियो । शासन गर्ने शैली उत्तम नभएको तर लड्ने आक्रमण गर्ने उत्तम शेली गोरखालीहरुमा भएकोले यदि शासन सेली पनि व्यवस्थित वैज्ञानिक भएको भए आज भारत विशाल राष्ट्र नभएर नेपाल नै विशाल राष्ट्र हुने थियो । त्यस बेलाको शासन व्यवस्था र जंगबहादुरको उदयपछि पनि त्यति सन्तोषजनक रहेन मल्लकालिनमा ईश्वरप्रतिको बढी भावना भएको देखिन्छ । त्यसलाई धार्मिक युग भन्न पनि सुहाउँछ । उनको राज्यमा ठाउँ ठाउँमा मठमन्दिरहरु निर्माण गरिएका छन् । मानौं काठमाडौं, भक्तपुर, ललितपुरलाई मन्दिरै मन्दिरको शहर भनिने गरिएको छ । आज त्यहाँका मन्दिरहरुमा प्रसस्त पुजापाठ कमै भएपनि विश्वभरीमा त्यो क्षेत्रले मान सम्मान पाईराखेको छ र ती क्षेत्रहरु हेर्न आउने पर्यटकहरुबाट अधिक आय आर्जन भईराखेको छ । जसरी पृथ्वीनारायण शाह, बहादुर शाहको नेतृत्वमा नेपाल एकिकरण भई पुर्व टिष्टा र पश्चिम सतलजसम्मको भूभागलाई बहादुर शाहद्वारा समेत एकिकरण गरियो र एक विशाल राज्यको निर्माण गरियो, त्यसपछिका दिनहरुमा त्यस क्षेत्रमा शासन गर्दा कानून सम्बत शासन नगरी जे मन लाग्यो त्यो गरेको कारणबाट अंग्रेजलाई सुगौली सन्धीमा बल पुगेको थियो । जव हिमाञ्चल प्रदेश र गडवाल कुमाउमा गोरखालीहरुद्वारा अनेक प्रकारको राज्य व्यवस्था देखियो, त्यसलाई नै “गोरख्र्यौल” भन्ने सज्ञा दिएर यो गोरख्र्यौल शब्द आजसम्म जिवित रहेको छ ।
एकिकरणको कलंकित रुप गोरख्र्यौल नै थियो भन्न सकिन्छ । वर्तमानमा पनि हाम्रा नेताहरु घर घरमा आज लगाउन सक्छन् र आगो निभाए वापत जस लिन खोजेका छन्, त्यो नै यो देशको शत्रुताका लक्षणहरु हुन् । उती बेला देश एकिकरण गर्दा लडाईमा दुवै पक्षको ज्यान गएको होला जुन स्वभाविक पनि हो । राष्ट्र निर्माण त्यति सजिलो हुदैन जसरी नेपाली जनताले आफ्नै देशभित्र जंगल फडानी गरी आवाद गरी जग्गा कमाएको छ, त्यो महत्वपुर्ण ठान्दछन् । यहाँका जनता जसरी कि देशका हरेक ठाउँमा पुनर्वासको नाममा नयाँ बसोबासहरु जग्गा आवाद गर्यो । त्यस्तै देश आवाद गरेको बेला कति दुःख भएको होला भन्ने कुरा देशमा रहेको ऐलानी गर्नेवालाई अवस्य थाहा हुनुपर्ने हो । आफ्नो बसोवासको लागि जग्गा आवाद गर्दा जति पिडा भएको थियो देश आवाद गर्ने बेलाको पीडाको के बयान गर्नु । आज हाम्रा पुर्खा बुवा बाजेहरुले खानाको लागि पानी नपाई कठिन परिश्रमद्वारा जग्गा आवाद गरी झुपडी बनाएर हामीलाई त्यो भुपडीमा बसोबास गराईदिएको थियो आज त्यही झुपडी महल भएको छ । तर हामी मध्येका कोही कोहीले उनै आमाबुवालाई बृद्धाश्रममा पुर्याउने गरेका छौं भने त्यही जग्गा आवाद गर्दा गोरु जन्माउने गाईलाई र खेत जोती जग्गा आवाद गर्ने गोरुलाई हामीले घर निकाला गरिदिएका छौं । तर आमाबुवा वितिसकेझै यो राष्ट्रनिर्माणका नायकहरु पृथ्वीदेखि वीरभद्रसम्मका सबै वितिसके पनि उहाँहरुको सम्झनामा बनाईएका शालिकहरु आज हामी धमाधम घन हानेर फुटाल्दै छौं ।
हे पाठकबृन्दहरु हो साच्चे भनिदिउ कि यो अपमान गरेको ठीक हो ? यदि होइन भने आजसम्म कहि कुनै ठाउँबाट यी अपराध गर्ने अपराधीहरुमाथि कसैले पनि दण्ड सजाय दिएको छैन ।
सरकार समेत टुलु टुलु हेरिराखेको छ । के विश्व यसरी नै चल्ने हो ? यस्तै भावनाहरुबाट हरेक ठूलो काम गर्नेहरु निराशामा छन् ।
यो देशका जनताको लागि एकदम स्वतन्त्र प्राजातन्त्र, लोकतन्त्र र महिला पुरुष, पशुपंक्षी सबैलाई आफ्नो आफ्नो अधिकार दिलाउन भनेर हाम्रा महान नेताहरु प्रचण्ड, देउवा लगायतका ठूला ठूला टाउकाको भारी बोक्नेहरुका पनि हामीहरु शलिक बनाउला भन्ने सोचेकै बेला जब पुर्व शालिकहरु ध्वस्त हुन थाले र साधारण ग्रामिण बस्तीमा रहेका सरकारी कर्मचारीहरुका समेत टाउका काटिन थाले जताततै लुट मच्चिन थाल्यो । त्यसबाट त्रसित हुन लागेका छौं भन्न आपत्ति देखिदैन । यदि पुर्खाको इज्जत हामी लुट्दछौं भने के हाम्रो इज्जत नलुटिएला भन्न सकिन्छ ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *