लोकतन्त्रको अपमान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट
नयाँ नेपालको परिभाषा भ्रष्टाचारी बाहुबली दंभीहरुका लागि उद्गम स्थल बनी सकेको छ । लोकतन्त्र नाम दिईए पनि लूटतन्त्र यसको गन्तव्य बनेको देख्दा मनमा सदैव चोट पुग्ने गर्दछ तर त्यसको पीडा सुन्ने सुनाउने कोही छैन । घाउमा मल्हम पट्टी लगाउने भन्दा पनि अहंकार दंभले उत्पन्न बनेका शासकहरु आफ्नो स्तुति गान बाहेक सत्य जान्नै चाहि रहेका छैनन् । भूसको आगो झै दावानल बाहिर आउन मात्र बाँकी छ । ब्वासाँहरुमा लूटका लागि हानथाप बेगवान भएर जादैछ । दल एक भए पनि परस्परमा शत्रुताको भाव विकराल छ । एउटामा मात्र होइन प्रत्येक दलमा प्रतिस्पर्धा भागबण्डाका लागि भएको देखिन्छ । दलीय व्यवस्थामा प्रश्न चिन्ह खडा भएको देखिनाले यस सम्बन्धमा विश्लेषण गर्न आवश्यक लागेको छ ।
उत्थान र पतनको मापदण्ड नभए पनि कुन स्थितिले को कहाँ पुगेको छ सहजै अनुभवमा आउँछ त्यसैले जतिसुकै सेवाभावको प्रतिबद्धता लगायत जति बाँचा गरे पनि ती सब झुठा हुन यसैको खेती गर्दै सर्वसाधारणलाई मुर्ख सम्झने भुल नियन्ताहरुले गरी रहेका छन् । जनता आफ्ना साथमा छन्, दुई तिहाईको मत छ भन्ने दावीमा यत्तिकै निवेदन छ कि हामी निमुखाहरुले पनि त भरोसा
गरेरै मतदान गरेका थियौं तर यसमा घात भएको कुनै प्रमाण नै भनि रहनु पर्दैन । तस्वीर आफे बोली रहेका छन् । वास्तवमा यति मत आउछ भनि सत्तारुढ दलबाट कल्पना गरिएको थिएन त्यस्तै सफाया नै होला भनि प्रतिपक्षले सोचेकै थिएन त्यसैले किं कर्तव्य विमुख भएका छन भने सत्तारुढ दल थामी नसक्ने भारी पाउँदा हर्षले थिचिएर आत्तिएको जस्तो अवस्था छ । यसमा पछि परे भनि बामदेव प्रवृत्ति छटपटिएका छन् । यस्तो खुलेआम लूटमा सहभागिताबाट बन्चित अरुलाई राजीनामा गराएर भए पनि माननीय नभई नहुने निर्लज्ज गतिविधि देख्दा यी निकृष्ठ स्वार्थीको वशीभूत प्राणीहरु आम सर्वसाधारणका नजरमा तिरस्कृत बनी सकेको पत्तो नै
पाईरहेको नहुँदा ग्लानी अनुभुति भइरहेको छ । सबैजसोको छटपटी एउटै कारण छ कि यस्तो सुनौलो मौकामा ऐश्वर्यका शंशाधन थुपार्नबाट बन्चित भए छन् । यो प्रजातन्त्र लोकतन्त्र भन्दा पनि मपाई तन्त्र सुदृढ गर्न मात्र हो भन्ने निर्विवाद प्रमाणित भइसकेको छ । वर्तमान प्रधानमन्त्री प्रति हाम्रो कति भरोसा सम्मान थियो जसले दलसँग नजोडीएको हामीहरु समेत खुला ह्दयले समर्थन गर्यौं । एउटै होली वाइनले त्यसलाई पखाली दिएको छ भविष्यमा यिनीहरका क्रियाकलाप नराम्रो उदाहरण बन्ने पक्का छ । आज लोकतन्त्रको उपहाँस हुँदैछ । जनताको सेवाका लागि नभएर यि नियन्ताहरुको पृष्ठपोषण गर्दै स्वस्तानी कथाका नवराज राजा भए झै चयन गरिएछ र यिनीहरुको ऐश्वर्यमय जीवनका लागि त्याग तपस्या वलिदान गर्दै विसर्जित भएछन भन्ने पुष्टी हुदैछ ।
आज जताततै अराजकता बाहुवली संस्कृति अपराधिहरुको राजनीतिकरण हुँदै बलिया ठालुका नयाँ अवतार पूर्ति गर्न
परिवर्तन भई नयाँ नेपाल बनेको छर्लङ्ग भएको छ । सिमित संख्याका लागि नयाँ नेपालको खाका तयार भएछ जसको हामी आम सर्वसाधारणसँग कुने साईनो सम्बन्ध छैन । कुनै भाषण बाँचा गरिने वित्तिकै पहिलो सन्देश कसको भागमा कति लाग्ला भन्ने हिसाव किताव आउन थाल्दछ । विश्वको यति मुलुक मध्ये भन्दा पनि सर्वाधिक न्युन विन्दुमा ओरालो लागेको नयाँ नेपालको पहिचान बन्न गएको छ ।
कुनै पनि दल भित्र एकरुपता छैन भीषण घात प्रतिघात भई कसले कुन बेला समाप्त पार्छ भनि त्रसित पनि फैलिएको देख्दा एउटै मीसन भएका बीचको प्राण घातक जस्ता षडयन्त्र सहजै देखिने गरेको हुनाले निकट भविष्यमा नै यी कली युगी धृष्टराष्ट्रहरुको आँखा खुल्ने होला तर यसका सक्कल अनुसार र उदांग हुँदासम्म ढीला भईसक्ने छ । आम सर्वसाधारणले विश्वासघात भएको पुर्ण विश्वासमा चोट पुर्याई नेपाल र नेपालीले उठ्नै नसक्ने
गरी थला परेपछि मात्र एउटै विकल्प पीडादायी पश्चाताप हाम्रो नसीवमा छ । देशलाई कथित लोकतन्त्रवादीहरुबाट नै पतन र निश्चित अवसान गरे गराएको प्रष्ट देख्दा जो कोहीले पनि धेरै दिन नलाग्ने र त्यसपछि उत्पन्न हुने दुरावस्थाबाट हामी पनि पार नलाग्ने निश्चित छ । राष्ट्रियता लोकतन्त्र प्रजातन्त्र भन्ने लवजहरु उखान टुक्कामा रुपान्तरित भइरहेको देख्दा किन यति ठुलो अपेक्षा गरेछौ यो प्रश्न अनुत्तरित बन्न गएको छ ।
यसरी उत्पन्न परिस्थितिहरु एकतर्फी नकारात्मक मात्र छैनन् अति भएपछि नयाँ परिस्थिति पैदा हुने ऐतिहासिक पृष्ठभूमी हेर्दा पनि स्पष्ट हुन्छ तर यावत परिवर्तनहरुले सुखद परिणाम अहिले सम्म देखिएन असफल राष्ट्र यसको विकल्प बन्ने संभावयताको सोचले नै आतंकित बनाई रहेको छ ।
चतुरा ब्वाँसाहरुले त सम्पत्ति बन्दोबस्त मिलाई सके होलान त्यसैले नयाँ पुरानोबाट पनि असर पार्ने छैन । हामीले आम सर्वसाधारण भने घर न घाटका हुने संभावनाबाट ल्याकत अनुसार त्यही त होला अन्यथा देशभक्त समर्पित नेता कतै देखा नपर्नु दुर्भाग्य सीवाय उक्त के नै होला ? नयाँ नेपाल वाइसे चौवीसे राज्यहरुमा रुपान्तरित हुने पनि भय छ । अव नियति पर्खनु बाहेक शायद बचेको पनि केही नहुन सक्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *