सुदूरपश्चिममा कृषि ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले पुर्णता पाउदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर,११ फागुन
काम विहीन भएका कृषि ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रहरुले काम पाएका छन् । स्थापना गरिएको लामो समयसम्म काम विहीन भएका केन्द्रहरु प्रदेश सरकारले योजना कार्यान्वयनको काम दिएपछि काम पाएका हुन् । प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरु मात्रै कार्यान्वयनको काम कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुले गरिरहेका छन् । प्रादेशिक सरकार अन्तर्गत गठन गरिएका कृषि विज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएका छन्रु। ज्ञान केन्द्रमा कृषि तथा पशुसेवाका विज्ञको प्राविधिक टिम छरु। यो फार्मर केन्द्र र स्टेसनमा रहेर अनुसन्धानात्मक कार्यका र कृषि प्रसार सेवा प्रवाह गर्ने एकाई हो । तर ती ईकाईहरुले काम विहीन भएको अवस्थामा बल्ल आएर प्रदेश सरकारका योजना कार्यान्वयन गर्ने काम पाएका छन् । आर्थिक बर्षका केही महिनासम्म कुनै काम नै नगरेका केन्द्रहरुले प्रदेश सरकारले बनाएका योजनाहरु कार्यान्वयन गर्ने काम दिएपछि बल्ल आएर काम पाएका हुन् ।
सुदुरपश्चिम प्रदेश सरकारको मातहतमा रहने गरी ६ वटा कृषि ज्ञान केन्द्र र ५ वटा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरु स्थापना
गरिएकोमा हाल आएर ती कार्यालयहरुले योजना कार्यान्वयनको काम थालेका हुन् । प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मातहतमा रहने गरी स्थापना गरिएका केन्द्रहरुले प्रदेश सरकारको कृषि तथा पशुपन्छीसँग सम्बन्धित कार्यक्रमहरु कार्यान्वयन थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुलराज बोहोराले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पूर्णकालीन अवधिको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा बजेट तथा कार्यक्रममा कृषि क्षेत्रका लागि विभिन्न २८ वटा विशेष महत्वका कार्यक्रम समावेश गरेको थियो । ती कार्यक्रमहरुलाई प्रदेश सरकारले यी केन्द्रहरु मार्फत कार्यान्वयन गराईरहेको छ । प्रदेश
सरकारले तोकेर दिएका कार्यक्रमहरु केन्द्रहरुले किसानसम्म पुराउने पुलको काम मात्रै गरिरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर बिष्टले जानकारी दिए । कृषि क्षेत्रका लागि ६० करोड १४ लाख ६१ हजार र पशुपन्छी तर्फ ६ करोड ७४ लाख २२ हजार बजेट विजियोजन गरिएको थियो । त्यसमा कृषि ज्ञान केन्द्रहरुले ५ करोड २३ लाख ९७ हजार, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ४ करोड ५१ लाख ५० हजारका कार्यक्रम सञ्चालन गरेका छन् । अन्य प्रदेश सरकारले तोकेका कार्यक्रमहरु पनि चालु आर्थिक बर्षको बाँकी महिनामा गर्नका लागि केन्द्रहरुलाई निर्देशन दिईएकोले सोही अनुसार काम गरिरहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख खडक शाहले बताए ।
कृषि क्षेत्रबाट समृद्धिको नारा लगाएको प्रदेश सरकारले अहिलेसम्म कृषि क्षेत्रबाट समृद्धि हुन सक्ने कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैन् । कार्यक्रम सञ्चालन गर्नका लागि निति आवश्यक पर्ने गरेकोमा निति अभावले नै धेरै कार्यक्रम कार्यानवयन गर्न नसकिएकोले समस्या आएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनाएको छ । तर अव निति निर्माणको कामले तिव्रता पाएको र अहिले आठ वटा निति निर्माण भईसकेको अवस्थामा अनय निति निर्माणको कामले पनि गति लिएको छ । पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रहरुलाई थप कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी थपिने भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत निलकष्ठ पोखरेलले जानकारी दिए ।(दिनेशखबरबाट)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *