असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–४)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

असंलग्नतामा अरुहरुको मामलामा हस्तक्षेप नगर्ने सारभुत सिद्धान्त छ । ठुला शक्तिहरुले साना मुलुकहरुको आन्तरिक मामलामा अनेक प्रत्यक्ष वा अप्रत्यक्ष तरीकाले हस्तक्षेप गर्न छोड्न नसकेकोले विश्व शान्ति सदा खतरामा छ । वर्तमान सम्मेलनले असंलग्नले असंलग्न राष्ट्रहरु र ठुला शक्तिहरुका बिचका मात्र होईन आफुमध्येकै सम्बन्धहरुलाई परिचालन गर्नेबारे समेत शान्तिपुर्ण सह–अस्तित्वका सबै सारभुत सिद्धान्तहरु समेत भएको एक व्यावहारिक आचार पद्धति अपनाउने माग गर्दै शान्ति र शान्तिपुर्ण सह–अस्तित्वको लागि एउटा साच्चिकै उपयोगी र ठोस कार्य गर्ने विषयमा नेपालको अटल दृष्टिकोण रहेको सारगर्भित सम्बोधन स्व. श्री ५ महेनद्रबाट गरिबक्सियो ।
असोज २४ गते विहान सम्मेलनको आठौ अधिवेशन स्व.श्री ५ महेन्द्रको अध्यक्षतामा सम्पन्न भएको थियो । असोज २६ गते सम्मेलन समापत भयो र सम्मेलनले आफ्नो अन्तिम घोषणा प्रकाशित गर्यो । घोषणा दक्षिण पुर्वी एशियाका सवै देशहरुको आन्तरिक मामलामा विदेशि हस्तक्षेपको अन्त गरियो । विश्वको कुनै पनि मुलुकले प्रत्यक्ष अथवा अप्रत्यक्ष षड्यन्त्र अथवा अन्य राजनीतिक दाउपेच अथवा सैनिक एवं आर्थिक दवाव कुनैपनि तरीकाबाट अरु मुलुकमा हस्तक्षेप गर्नु हुदैन सिमाना सम्बन्धि झगडाहरु शान्तिपुर्ण उपायबाट समाधान गरिनु पर्दछ भन्नेआदि उल्लेख गरिएको थियो ।
अन्तराष्ट्रिय सहयोगको पनि विशेष महत्व भएको आजको युगमा असंलग्न राष्ट्रहरुको सम्मेलनमा हाम्रो देश र जनताको तर्फबाट भाग लिने मौका पाई नेपाली मात्रको शुभेच्छाले मानव कल्याण र विश्व शान्त्किो लागि यथाशक्य सहयोग प्रदान गर्न सक्नु नेपालको लागि सन्तोषको विषय रहेको थियो ।
अन्तराष्ट्रिय सम्बन्धमा नेपालले सफलता हासिल गर्न सक्नाको कारण सबै नेपाली मिली मुलुक सुहाँउदो तथा मानव आदर्शहरुमा आधारित एक दरिलो कदम सार्न सक्नुनै हो ।
आजको बदलिदो अन्तराष्ट्रिय परिस्थितिमा यसरी एकै लक्ष्य राखी अनुशासित जीवन विताउनुमै देशको निमित्त सच्चा बल हुन्छ एवं अझै आफ्ना आचार विचार स्वच्छ र शान्तिप्रिय राख्न सकेमा अरु राष्ट्रहरुबाट बड्दो सम्मान र सहयोग पाउन सक्दछो भन्ने सत्यलाई सदा सम्झी कार्यरत हुनुमै सबै नेपालकिो कल्याण छ यसमा कुनै आशंका छैन ।
समयको फेरबदलले गर्दा कुनै पनि देश आफ्नै राष्ट्रिय दृष्टिकोणमा मात्र सीमित रहि रहन नसक्ने अवस्थामा छन् । त्यसैकारण हाम्रो परराष्ट्र नीति आफ्नै देशको हितको पक्षमा भईकन पनि अन्तराष्ट्रिय समुदायको हितको कदर गर्न चुकेको छैन । ईतिहासको गतिलाई विपरित मोड दिन सक्ने शत्तिशालि विरोधी शत्तिहरु विश्वमा विद्यमान नभएका होईनन् । अन्तराष्ट्रिय समुदायको एक जिम्मेदार तथा सार्वभौमिकता सम्पन्न देशको हैसियतले विश्व समुदायको उपलब्धि र असफलता उपर दृष्टि दिने र त्यसलाई शान्तिको निमिक्त बढी प्रभावशाली यन्त्र बनाउने काममा नेपालले पुरा गर्नु पर्ने अन्तराष्ट्रिय जिम्मेवारी कटिबद्ध भएर पुरा गर्दै आउको छ । किनकि नेपालको परराष्ट्रनीतिको मुख्य उद्देश्य नै विश्व शान्ति कायम राख्ने कुरामा परिलक्षित छ । अन्तराष्ट्रिय सम्बन्धमा अपनाएको असंलग्नताको नीति संसारमा स्थायी शान्तिका लागि योगदान दिन सक्छ भन्ने कुरामा नेपालको दृढ विश्वासको
परिणामले सर्वदा सकारात्मक रुप लिदै आएको छ ।
नेपालको परराष्ट्र नीतिको मुख्य ध्येय सवतन्त्रता सार्वभौमिकता र क्षेत्रीय अखण्डता कायम राखी देशको सर्वतोमुखी विकासमा संसारका सबै
राष्ट्रहरुसंग मैत्रीभाव बढाउनु हो । अन्तराष्ट्रियताको मुल आधार राष्ट्रिय हित र राष्ट्रिय लक्ष्यले नै निर्देशित गर्ने हुनाले नै हाम्रो देशले आफ्नो
परम्परा र वास्तविकता सुहाउने गरी स्वतन्त्र र तटस्थ दृष्टिकोण राख्न पाउने असंलग्न नीति अपनाई आएको हो । देशको आकांक्षा र आधुनिक युगको आवश्यकतानुसार राष्ट्रको उत्थानको लागि सुअवसर प्राप्त गर्ने यस नीतिको लक्ष्य भएकोले विश्व शान्तिको लागि प्रयास गर्ने, सबै राष्ट्रहरुसंग सद्भावनाले मित्रता राख्ने असंलग्नताको बाटो रोजेको हो । यो नीति मित्रता राख्ने उचनात्मक प्रयास मात्र नभई नेपालको विदेशसंगको सम्बन्ध विस्तारमा पनि सफल सहायक बनेको छ ।
नेपाल जस्तो भुपरिवेष्टित र बिकासोन्मुख राष्ट्रको निमित्त असंलग्न नीतिका सिद्धान्तहरु आवश्यक र जनभावना अनुकुल छन् भन्ने कुरा अनुभवबाट अकाट्स भई सकेको छ ।
विकसित र विकासोन्मुख देशहरुको बीच आर्थिक स्तरमा ज्यादा विषमता रहेमा विश्वशान्तिको बिपरित प्रभाव पर्न जाने कुरालाई मनन गरी असंलग्न आन्दोलनको माध्यमबाट यिनीहरु बीच रहेको विषमतालाई कम गर्न उपयुक्त आवाज उठाउदै आपसि सहयोगको भावना बढाउन नेपालले सक्दो योगदान दिदै आएको छ ।
बेलग्रेडको प्रथम सम्मेलन र कायरोमा दोस्रो शिखर सम्मेलनको सफलताबाट धेरै देशहरुमा यस आन्दोलनको आकर्षण बढ्यो । फलस्वरुप वि.सं. २०२७ मा जाम्दियाको राजधानी लुसाकामा ५४ राष्ट्रहरुको सहभागितामा असंलग्न राष्ट्रहरुको तेस्रो शिखर सम्मेलन सम्पन्न भयो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *