सडकको दायाँ वायाँ जथाभावी रुपमा कण्डम फालियो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ११ फागुन
महेन्द्रनगरको कपर्डीहलको उत्तर शिवधाम जाने सडकको दाया बायाँ हजारौं कण्डम वेवारिसे तरिकाले फालिएका छन् । विगत २ वर्षदेखि देखि निरन्तर हजारौको संख्यामा कण्डम फालिएको भेटिएका छन् । कसले किन र कुन उद्देश्यले फाल्दै आएको हो भन्ने कुरा प्रमाणित नभएपनि मानिसहरु आवतजावत हुने सडकको दायाँ बायाँ हजारौको रुपमा कण्डम फालिनुमा यहाँको वातावरणमा प्रभाव गर्नुका साथै यहाँका स्थानीयलाई नकारात्मक प्रभाव परेको छ । यसले विकृति विसंगतिलाई बढावा दिईरहेको छ । सडकमै कण्डम फाल्दा नकारात्मक सोचाई उत्पन्न भई गलत बाटोमा युवा तथा बालबालिका लाग्ने र धार्मिक हिसाबले पनि यसरी कण्डम फालिनु राम्रो नभएको यहाँका स्थानीयको जनगुनासो रहेको छ । विहान हिडडुल गर्ने मानिसहरु पनि त्यसबाटोमा सामुहिक रुपमा हिड्नै पनि अपठ्यारो महसुस भएको
बताउछन् । यसरी खुल्याम रुपमा कण्डम फाल्ने संघ संस्थाहरुमाथि पहिचान गरी कडा कारवाहीको माग गरेका छन् । यसको बारेमा सम्बन्धित निकायले अुनसन्धान गरी फाल्नेमाथि कारबाही हुनुपर्ने स्थानीयको जोडदार माघ रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *