पुनः आतंकवादको संकेत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ख्याल ठट्टा गर्दा गर्दै २०५१/०५२ सालमा सभासदहरुले राखेका मागहरु उत्कृष्ठ छदाछदै एक माग पनि पुरा नगरेको उल्टा यिनीहरुले माग नराखेको भए त्यो काम हामी स्वयम गर्दथ्यो भन्ने धम्कीका साथ मागहरुलाई अमान्य घोषित गरी २०५१÷०५२ सालको सरकारले माग गर्नेलाई घृणाका पात्र ठानी कौरवले पाण्डललाई बेईज्जती गरझै गरेकाले अन्तमा केही आफ्नो बुद्धि र थप बुद्धि दिल्ली दरबारबाट लिएर नेपालमा जनविद्रोहको नामले विद्रो सुरु भयो, अन्तमा त्यो विद्रोह २०५२ फागुन १ गतेदेखि सशस्त्र आन्दोलनमा परिणत गर्न एक दुई वटा सरकारी प्रहरी चौकीमाथि आक्रमण गरिएझै आज पनि त्यस्तै नमूनाको आन्दोलनको आभाष सिर्जना भएको छ । वर्तमानको विशिष्ट संविधान बाहुबली दुई तिहाई संस्थाले नरमका साथ सबैलाई मिलाएर संविधानमा अटाउनुपर्नेमा अटाउने ठाउँ नराखी उल्टै बलजफती गरेकाले मात्र नभई भ्रष्टाचारमा व्यापकता सिर्जना गरेको, भ्रष्टाचारलाई आम्दानीको निजी स्रोत सिर्जना गरेको जनमानसमा भान परेकोले एनसेलबाट र वाईडबडी जहाजबाट भएका खरबौंको भ्रष्टाचारमा चित्त नबुझेर हुनसक्छ भन्ने हाम्रो अनुमान मात्रै हो । यथार्थ के हो सरकारको गुप्तचर माध्यमबाट थाहा भईसकेकै होला, त्यस्तै अन्य साँझा सम्पत्तिमाथिको लुटपाट जस्ता अवैधानिक बलपुर्ण गरिएका भ्रष्टाचारहरुलाई ध्यानमा राखेर यस्ता भ्रष्टाचारीलाई तर्साउनको लागि मात्र हो कि अन्तः कार्वाहीको गरी कारवाहीको नतिजा सार्वजनिक गर्नका लागि हुन त्यो कुरा सम्बन्धित पक्षलाई थाहा होला ।
कैयौं पटक विभिन्न संघ संस्था व्यक्तिहरु र विप्लब माओवादीका कार्यकर्ताहरुले समेत भन्दै आएका थिए भ्रष्टाचार नगरौ भनेर भनेपनि बढोत्तरी हुदै गएकोले त्यसकारण शेष रहेको विप्लव माओवादीले हमला
गरेको हो अथवा असन्तुष्ट पक्षले भ्रष्टाचारको भागहिस्सा नपाउनेहरु मध्ये कसले गरेको हो यो कुरा पनि सरकारलाई नै थाहा होला । शुक्रबारको राति एनसेलका टावरमा गरिएका आगजनी विस्फोटकका घटनालाई ख्यालठट्टामा उडाउनु हुदैन त्यसको निदान खोज्नै पर्ने देखिन्छ । यदि निदान खोजियो भने सरकार, शासक टिकाउ हुनेछ र जनताले पनि दुखदायी पीडाबाट बच्न सक्नेछन् ।
होइन वाईडबडी एनसेलबाट गरिएका भ्रष्टाचारको रकम पाउनको लागि कसैले हिस्साको निहूमा आशा गरेको हो भने पनि पुष्टि गर्नुपर्छ अन्यथा जनताले पुनः दुःख पाउनेछन्, विष्फोटन गराउनको कारण सरकारले पत्ता लगाई यथाशिघ्र छानविन गर्नु गराउनु पर्दछ । यदि गराएन भने द्वन्दको दोस्रो सुरुवात नहोला भन्न सकिदैन । सरकारी सम्पत्तिको क्षति नगरिएको भएपनि जनताको सम्पत्ति नै सरकारको सम्पत्ति भएको हुँदा नितान्त आफ्नै सम्झेर भएपनि यसको निदान लिनै पर्दछ र आगामी दिनहरुमा हुने अशान्तिलाई समयमै बुद्धिजीवीले सुझाव दिई रोकथाम गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *