लेखा परीक्षकहरुलाई तालिम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ११ फागुन
देशमा रहेका सरकारी कार्यालय तथा संघ संस्थाहरुमा समेत आर्थिक अनुशासन, कायम गर्न कञ्चनपुर जिल्लामा पनि २०७५/११/१० देखि ३ दिने लेखा परीक्षकहरुको तालिम उद्योग वाणिज्य संघको सभाकक्षमा सुरु भएको छ । उक्त तालिमको सञ्चालन नेपाल अडिटर्स एशोसिएसन
(अडान)ले गरेको हो ।
उक्त परीक्षणमा गुणस्तर आश्वस्तता Audit data analysis नेपाल लेखा परीक्षण मान २३० (लेखा परीक्षण अभिलेखिकरण) र नेपाल लेखा परीक्षण मान ३०० (लेखापरीक्षण) नेपाल लेखा परीक्षण मान ५०५ (बाह्य समर्थन) नेपाल लेखा परिक्षण मान ५२० (विश्लेषणात्मक कार्यविधि) र नेपाल लेखापरिक्षण मान ५३० (लेखा परिक्षण नमूना छनौट विधि) सार्वजनिक खरीद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ आर्थिक ऐन २०७५, करार तथा अन्य दायित्व सम्बन्धी व्यवस्था, श्रम नियमावली २०७५ तथा बोनस, नेपाल लेखा मान १ःवित्तिय विवरण प्रस्तुतिकरण नेपाल लेखामान १६ः सम्पत्ति मेसिनरी र उपकरण शैक्षिक संस्था सरकारी र गैर नाफामुलक संस्थाको लेखा परिक्षण प्रकृयाका बारेमा समेत पशिक्षण दिएका थिए । प्रशिक्षण आज समापन हुनेछ । यो प्रशिक्षणबाट अडिटर्सहरुले विशेष सतर्कताका साथ विद्यालय, संघ संस्था, व्यापारीहरुको लेखा परीक्षण उत्कृष्ठ तरिकाले गर्ने छन भन्ने विश्वास लिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *