औद्योगिक क्षेत्र र उद्योगहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

औद्योगिक क्षेत्र र उद्योगहरु महाभारतमा उद्योग पर्व नै छ, त्यस भित्र सद्भाव फैलाउने कामको उद्योग, धर्मको लागी लड्ने उद्योग तथा सम्भव नभएका काम कुराहरुको पनि उद्योग गर्दथे । देशमा आवश्यक पर्ने सामग्री उत्पादन गर्न उद्योग गर्नु पर्दछ तर सफल असफल हुनु अलग कुरा हो । हाम्रा मागहरु धेरै छन उत्पादन थोरै छ तसर्थ अन्न, मालसामान कुनै पनि औद्योगिक बस्तु उत्पादनको लागी उद्योगहरुको स्थापना हुन जरुरी छ । नेपाल कृषि प्रधान देशको नामले पनि चिनिने गर्दथ्यो । तर आज छोडी सकेको छ आफ्नो खेतमा फलेको अन्न खानेको संख्या घटी छ आयात गरेर खानेको संख्या बढी छ । उद्योगहरु सञ्चालन गर्नु पर्दछ सफलता मिलेन भने त्यसबारे सरकारले राम्रो अनुसन्धान गर्नु पर्दछ । हामी सित निकासी मूलका उद्योगहरुको सम्भावना धेरै छ । जसरी आज फलाममा सरीया फलामे डण्डी लगायतका निर्माण सामग्रीहरुमा सिमेन्ट समेत उत्पादन भई देशको माग पुर्ति गर्नमा मदत पुगेको छ भने अव त्यसको कच्चा पदार्थ उत्पादनतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
खास गरी फलाम तामा पितलका खानीहरु तयार गर्न सकिने अवस्था देखिन्छ । ७ नं. प्रदेश सुदूरपश्चिमकै पनि कुरा गर्ने हो भने अनुसन्धान खोज भैसकेको छ । बैतडीको पुर्चौडी बझाङ्गको सिमाना ज्यावन तथा ढोले कठमडा एरियामा सिमेन्ट र फलामका ढुंगाहरु प्रसस्त रहेकोले उत्खनन् गरी विद्युत भएको र उद्योग राख्न हुने ठाउँमा त्यहाँबाट ढुंगा ल्याई प्रसोधन कार्य गरी फलामे छड, तामाको तार आदी बनाउन कच्चामाल प्रसस्त हुने भएकोले त्यसको लागी यथासक्य चाडो व्यवस्था हुन जरुरी देखिन्छ ।
ढुंगा उत्खनन् गर्ने कामलाई अगाडी बढाउने हो भने विदेशएका कामदारहरु घर फर्किने छन् र उनको ज्यालाको चाही ग्यारेन्टी हुनु पर्दछ । कञ्चनपुरको छेलामा के कति कस्ता उद्योगहरुको स्थापना गर्न सकिन्छ र त्यस्तै अरु कहाँको कुन ठाउँमा सकिन्छ प्राविधिक वैज्ञानिक तरिकाले खोजगरी एक वर्ष भित्र सुरुवात गर्ने होईन भने पछिको लागी खासै भरोसा छैन । सुपमा खोलिने उद्योगहरुमा निकासी मूलका उद्योगहरु पनि बढी खोल्न सकिने छन्, जसरी कि अत्तरियामा भएको खोटो कारखानाबाट जति उत्पादन गर्न सकेपनि खपत हुने संकेतहरु छन् ।
त्यस्तै अन्य खनिज पदार्थको हकमा फलाम, तामा छिमेकी
राष्ट्र भारत र चीनमा पनि अभाव नै भएको देखिन्छ उनीहरुले पनि विदेशबाट नै आयात गरिराखेको अवस्था छ त्यसकारण यहाँ कच्चा पदार्थ उत्पादन गरी निकासी गर्ने हो भने यी दुई खनिजले मात्रै ५० लाख युवाहरु विदेशबाट स्वदेश फर्किने सम्भावना रहेको र त्यसबाट प्राप्त हुने रेमिटान्स पनि नेपाल भित्रिने भएकोले अव सरकारले नेपालमा उद्योगधन्दाको साथै कच्चा पदार्थ उत्पादन गर्ने विशेष उद्योगहरुको स्थापना गर्नुपर्ने नितान्त आवश्यक छ ।
चुरे श्रृंखला नयाँ पर्वत भएकोले त्यो भन्दा माथि हिमाली र पहाडी क्षेत्रमा खनिज उत्पादन हुने भएकाले त्यहाँसम्म यातायात सञ्जाल सुरु भईसकेको छ, अब खानीहरुको उत्खनन् गर्दा र योजना बनाउदा सम्पूर्ण सडक सञ्जाल पक्की हुने अवस्थामा रहेका हुँदा पहाडबाट कच्चा माल ल्याई त्यसको प्रशोधन तराई क्षेत्रको औद्योगिक क्षेत्र छेला अथवा बुडर एरियातिर प्रशोधन केन्द्र बनाई फलाम र तामा जस्ता धातुजन्य उत्पादन सुरु गर्नुपर्ने हाम्रो राय छ ।
त्यसका साथसाथै वर्तमानको अवस्थामा देशले शान्ति मागि राखेको छ, एक पटकको द्वन्दको सुरुवात र अन्त भईसकेको थियो अझ पुनः द्वन्दको स्थिति सिर्जना हुन लागेका संकतेहरु एनसेलका टावरहरुमा आगजनी र बमविस्फोट भएबाट जनत्रास फैलिएको छ । बम पडकाउनु र आगजनी गर्नुमा मुख्य दोषी को हो किन यस्तो गर्नुपर्यो हाम्रो विचारमा एनसेल घोटाला काण्ड अरबौ रुपियाँमा भएको र त्यसबाट खरबौंको राजस्त नै मरेको कुरा समाचार माध्यमहरुमा आईसकेको थियो त्यहि घोटला गर्नेहरुमाथि कारवाही नभएको कारणबाट यस्ता विध्वंशात्मक कार्यक्रम हुने गरेका हुनसक्छन्, त्यसकारण सत्तामा बस्ने नेताहरुको सरकारले सर्वप्रथम आफू लोभी नभएर नेपाल आमाको लागि निस्वार्थ भावना बोकेर राज्य सञ्चालन गरे मात्र देशमा शान्ति रहने भएकोले र शान्ति भएपछि मात्र विकास निर्माणका कामहरु हुनेहुँदा अन्यथा त्यसको जिम्मेवारी उच्च ओहदाका नेताहरुले लिनुपर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *