पहिचानको प्रश्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मानव जीवन विकसित हुने क्रममा पहिचानको प्रश्न जीवन्त बन्दै गएको पाइन्छ । आस्तित्वको संघर्षका लागि विविध द्वन्द युद्धहरु सदैव हुने गरेका ऐतिहासिक तथ्यबाट पुष्टि हुन्छ । बस्तुत पहिचानको प्रश्न सर्वाधिक महत्वपुर्ण हो भन्ने यथार्थलाई अध्यात्मिक जगतमा निकै चर्चित हुने गर्दछ ।
( Self realization) आत्म बोध नै मुक्तिको मार्ग हो । ईश्वर आफ्नै ह्दय भित्र छ त्यसलाई पहिचान गर्न सके बाँकी के नै रहला ? तत्वदर्शिहरुले यसैको खोजीमा समर्पित गरेका छन् । महात्मा बुद्धले ज्ञान पाएको आफ्नै पहिचान त हो, प्रभु कृष्णले गीतामा प्रस्फुटन गरेका अमृतधारा आत्मबोधमा नै विशेष केन्द्रित देखिन्छ । हामीले ईश्वरको प्रतिरुपमा पुजन गरेका राम कृष्ण शिव, बुद्ध मोहम्मद, जेसस क्राइष्ट शिख पन्थका १० गुरुहरु रामकृष्ण परम हंश बुद्ध यी सबैले आत्म तत्व बोध गरी परमपदमा पुगेर अमरत्व प्राप्त गरेर पुजित बने त्यसैले पहिचानको खोज अस्वभाविक अमर्यादित होइन हुन सक्तैन, तर पहिचानको प्रश्न निकृष्ट उद्देश्यनिहित स्वार्थका लागि अपव्याख्या गरिए भयानक द्वन्द सृजना भएका तथ्य नकार्न मिल्दैन, नेपालको परिवेशमा पहिचानको प्रश्न विचित्र रुपमा प्रकट भएको छ ।
नयाँ नेपालको पहिचान विचित्र प्रकारको बन्न गयो, राजनैतिक क्षितिजमा इतिहास साक्षी छ समय समयमा पहिचानकै लागि पटक पटक द्वन्द हत्या हिंसा वास्तविक बन्न गएको छ । आजको समयमा यो झन विकराल बन्दै गएर मलजल हुने क्रम तिव्र गतिमा पुग्दै संस्कृति र पहिचानका रुपमा विकसित हुन गएको छ । बाहुबली संस्कृति नेपालको पहिचान प्रमुख हिस्सा हो । बाहुबली हुनका लागि धन नभई हुदैन ।
गरीब भनिएको देशमा धन त्यसै त प्राप्त हुदैन यसका लागि उचित इज्जतपुर्ण परिश्रमबाट नगण्य रुपमा मात्र धन कमाउन सकिने यथार्थ मैले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेको छु । सदाचारी दावी गर्दै धनाड्यको परिकल्पना पाखण्ड पुर्ण आडम्बर सिवाय केही हुन सक्तैन । अनैतिक क्रुर निर्लज्ज नभई अपवाद बाहेक धन आर्जन असम्भव छ । सवयम् सम्पन्न हुन नसकेको भनि ग्लानी बोध भनेको गणितीय भाकामा भ्रष्टाचार गर्न हिम्मत नगरेको मात्र अर्थ निस्किन्छ । समय समयमा चिन्तन गर्दा कही आफू भित्रको ग्लानी बोध त्यसैको प्रतिछाया त होइन भनि झस्कन्छु । नयाँ नेपालमा सर्वाधिक पहिचान बनाएको खुबै फले फुलेको अमोध अस्त्रका रुपमा जुन प्रतिविम्ब देखा परेको छ त्यो भ्रष्टाचार नै भएको हुनाले रामनाम भन्दा पनि बढी ख्याति बनाएको पहिचानको प्रश्नको उत्तर यसै भ्रष्टाचारले दिने गरेको छ । यो यति आकर्षक अमृत बराबर छ कि भ्रष्टाचार शब्दलाई गणेश कलेशको समकक्ष राखी पुजा गर्नु पर्ने हो कि भनि सोच्न बाध्य बनाउछ । कुनै पनि बस्तु शब्द र समग्र ब्रहाण्ड समेत निरपेक्ष हुन सक्तैन ब्रहलाई प्रशन्न पारी बरदान माग्दा कुनै न कुनै छिद्र राखेर मात्र बरदान दिने गरेका पौराणिक कथा जस्तै भ्रष्टाचारलाई बीष र घृणामा रुपान्तरित गर्ने पनि छिद्र छ त्यो हो पोल खुल्नु प्रमाणिक रुपमा बाहिर नआउदासम्म भ्रष्टाचारी भनि पहिचान नहुँदासम्म धरतीमा ऐश्वर्य मात्र धन प्रतिष्टा सबै प्राप्त हुन्छ नाता सम्बन्धी यहाँ सम्मकि आफ्नै स्वजन परिवारजन समेत धन भए मात्र सन्तुष्ट अपनत्व र प्रिय भन्ने बोध गराउन चाहन्छन् अभाव गरिवी कसैले पनि रुचाउदैन त्यो केवल भ्रष्टाचार रुपी दानवबाट मात्र सम्भव छ । जसरी मरेपछि लाशलाई चाणै शमशान लगि खरानी बनाउने तयारी हुन्छ त्यस्तै भ्रष्टाचार ठहर भएपछिको प्राणी निन्दीत बन्न पुग्दछ । यसका लागि प्रत्येक मुलुकमा उन्मुलन गर्ने संस्था खडा भएका हुन्छन् त्यसमा आवद्ध हुने सबै सदाचारी रहन भनि हाम्रो संविधानले पनि व्यवस्था गरेको छ । त्यसको धज्जि उडाउदै जन पदवी चयन हुन्छन् भागबण्डा लाग्छ तव प्रकट हुन्छन् भ्रष्टाचारको प्रकोप सर्वव्यापि छ । यति मारक छ कि संसदको दुई तिहाईको महाभियोगबाट मात्र पदमुक्त हुने पदवी फाँटवालाले पत्र लेखी बर्खास्त गर्छ,
राजीनामा गर्न बाध्य पार्छ । धमाधम कार्वाही पर्दै न्यायालय समेत ध्वस्त पार्दै पदवीधारीहरुका करतुत बाहिर आउन थालेका छन्, सेनामा समेत अनियमित भ्रष्ट क्रियाकलाप नक्कली प्रमाणपत्र लगायतका विषय निरन्तर सञ्चार माध्यमहरुमा पढ्न सुन्न पाईएको छ । देश जर्जर पार्दै
अरबौंका घोटाला खुली रहेका छन्, राजनीति र यस्मा संलग्नहरुको त कुरा नै लेखी साध्य नहुने भएको छ । निर्वाचनमा करोडौं खर्च गरेर पदवी हानथाप कमाउनकै लागि हो, सर्वत्र भ्रष्टाचार छ भनि राष्ट्रिय अन्तराष्ट्रिय संस्था प्रमाण सहित बोली रहेका छन् । विचित्र त यो छ कि नामांकन हुन टिकट पाउन राजदूत लगायत लगभग सम्पूर्ण पदवी हात पार्न पनि घुस नभई हुन नसक्ने यथार्थ नयाँ नेपालको पहिचानको प्रश्नलाई समाधान गरी रहेको छ ।
ठूलो नैराश्यताको विषय यो भएको छ कि भ्रष्टाचार अन्तको छिद्र पोल खोल्नु पनि बेकम्मा जस्तै भएको छ । प्रत्यक्ष देखिएका प्रमाणिक विषयमा समेत कार्वाही हुदैन भने संविधान लेख्नुको अर्थ नै के हुन सक्लान यही त आजको पहिचानको प्रश्न बनेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *