के भ्रष्टाचार भनेको घुस लिनुदिनु मात्र हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भ्रष्टाचार भनेको घुस लिनु र दिनु मात्र होइन । घुस लिनु दिनु केवल अवैधानिक काम गराए वापतको अवैध भाडा हो, श्रम सोषण पनि हो । आफ्नो श्रमको वैध मुल्यले प्रसस्तता प्राप्त नभएकोले अर्काको श्रम शोषण पनि हो । यौटा गृहस्थीलाई अर्को गृहस्थीले के छन् तपाईको घरका हाल खबर सोध्दा प्रति उत्तरमा उसले भन्छ, के हुनु भाई मेरा घरमा त भ्रष्टाचार भै सक्यो, कसैले भनेको कोही मान्दैन । बस्तुभाव छोडिएका छन्,
चरनबाट फर्के कि फर्केन कसैलाई वास्ता हुदैन, नास्ता खानेबेलामा आधा खाई आधा खेर फालेका छन् । किनेर खाने थोक नास्ता बनाउने गर्दछन् । आफ्नो बारीमा उब्जेको अन्न मिठो लाग्न छोडी सक्यो भन्छन्, कुल मिलाएर मेरो घरमा त भ्रष्टाचार भई सक्यो अव के होला केही थाहा छैन । घरमा त केही काम गरी दिए वापत रकम लिने त कुरै छैन त्यस्तै हो भ्रष्टाचार, हो त्यस्तै देशको कुरा पनि हो, कुनै जनताको लागी कार्यालयमा केही काम ढिलो चाडो गरि दिए वापत कुनै सेवाग्राहीले सय पचास रुपियाँ दिन्छ लिन्छ भने त्यो मात्र भ्रष्टाचार होइन त्यो त घुस हो दिने र लिने दुवैलाई सजाय दिने कानूनी व्यवस्था रहेको छ ।
मूल भ्रष्टाचार भनेको देशलाई आक्रान्त बनाई धनजनको क्षति गर्नु पनि हो । भ्रष्टाचारका मुख्य अंश अप्रत्यक्ष रुपमा भन्दा जनता करभरबाट निर्माण भएका योजनाहरुको संरक्षण नहुनु राष्ट्रिय साँझा सम्पत्तिको संरक्षणको अभाव रहिरहनु नेपालको कुरा गर्दा ठाउँ ठाउँमा बनेका सडकहरुको समयमा मर्मत सम्भार विजुलीको पोलहरु खिया लागी छिया छिया रहेसम्म रंग रोगन नगराउनु, काम नगरेका दिनको ज्याला लिनु, थोरै रकमले काम पुग्ने भए पनि बढी रकम खर्च गर्नु, मितव्ययिता नअपनाउनु, नियमको दुरुपयोग गरी रकम लिनु, नियम कानूको उल्लंघन गर्नु पनि भ्रष्टाचार हो ।
देशमा २०४७ मा प्रजातन्त्रको पुनरवहाली भयो । (प्रजातन्त्र भनेको बहुदलियता) मात्र होइन किन भने त्यसपछिको प्रजातन्त्रमा देशमा भ्रष्टाचार भयो, ऐन नियमको पालना भएन शक्तिको दुरुपयोग गरियो र सनै सनै साना पार्टीहरु आन्दोलनमा उत्रिए आन्दोलनबाट पनि सरकारले मानेन अनि अन्तमा सशस्त्र आन्दोलनमा उत्रियो देश, त्यो नै सबै भन्दा ठूलो भ्रष्टाचार हो । जसबाट द्वन्द भयो देशको धन सम्पत्ति लुटियो देशमा आक्रामक अशान्ति फैलियो त्यो नै देशको सबैभन्दा ठूलो भ्रटाचार हो । देशका जनताको लागि सार्वजनिक सम्पत्ति, सार्वजनिक काम गराउदा जो १÷२÷५ प्रतिशत कमिसन लिने गरेका छन् त्यो मात्र भ्रष्टाचार होइन त्यो त वैधता पाएको अवैध भ्रष्टाचार मात्र हो ।
आज वाईडबडी जहाज खरिदमा, एनसेल मोबाईलमा ठूलो रकम अरबौ घोटाला भएको भनिएको छ, त्यो पनि भ्रष्टाचार नै हो तर त्यो भन्दा ठूलो भ्रष्टाचार हो जनतालाई झुक्यानमा पारी जनतालाई भ्रमित पारी मत बटुली सत्तामा पुगेर जनभावना विपरितको काम गर्नु पनि प्रथम श्रेणीको भ्रष्टाचार हो । हामी सबैको आखा अगाडी निर्वाचनमा उम्मेद्वारले गरेको खर्चलाई भ्रष्टाचार भन्दा दूर राख्न सकिदैन ।
निर्वाचनको समयमा जबसम्म एकै मन्चबाट सबै उम्मेद्दवारले जनतालाई आफ्नो कार्यक्रमले न असल व्यक्तिको छनोट गर्न पाउने छन् न निर्वाचनमा विजय भएपछि यथार्थ निस्वार्थ काम गर्न सक्नेछन् । त्यो नै सबै भन्दा ठूलो षडयन्त्रकारी भ्रष्टाचारी हो । देशलाई आक्रान्त पार्नु नै भ्रष्टाचार हो ।त्यो भन्दा पनि ठूलो भ्रष्टाचार हो देश र देशको सार्वजनिक सम्पत्तिको संरक्षण नहुनु हिनामिना हुनु । योजना स्वीकृत बेगर योजना बनाई निर्माण गर्नु तर कामयाप नुहुन विचैमा छोडी अन्य योजना निर्माण तर्फ जानु ।
आज भ्रष्टाचार न्यून वा निर्मुल पार्न आदर्श राष्ट्रसेवकहरुको र देशप्रेमी राष्ट्रभक्त नेतृत्वको खाचो खडकिएको छ । जो कर्मचारी भ्रष्टाचार गर्न सक्दैन उसलाई त समाजमा बाच्न असजिलो छ । न नेताले राम्रो मान्छ न प्रमुख कर्मचारीले कमाएर दिएपछि सबै खुसी हुने रहेछन् यदि कमाएर दिन सकेन भने त्यस्ता कर्मचारीलाई काम चलाउको लागि बाध्यता बस उपस्थिति रहनु परेको छ ।
कर्मचारी युनियनको विधान निजामती सेवा नियमावली नै रहनु पर्दछ सबै सुविधा र अधिकार उसैमा उल्लेख हुनु पर्दछ । नेपालमा त्यस्तो छैन राजनीकि पार्टीहरुका भातृ संगठनको रुपमा कर्मचारी संघ संगठन रहेका छन् त्यो झन ठूलो भ्रष्टाचार हो त्यही भातृ संगठनको नाताले कर्मचारीहरुको सरुवा बढुवा सरकारको नजिक टाढा रहने स्थितिको सुरुवात भएको छ । ति
कर्मचारीहरुले नेताहरुको लागी चुनाव खर्च पनि जुटाई दिने गुरेकोले कर्मचारीहरुको टे«ड युनियनको आवश्यक सुविधायुक्त निजामती सेवा नियमावली भए पुग्ने ठाउँमा टे«ड युनियन गठन गर्नु र राष्ट्रको काममा बाधा पर्याउनु पनि भ्रष्टाचार हो । देशको साँझा सम्पत्तिको कसैले दुरुपयोग गरिराखेको छ र हामीेले त्यस्तो देख्यौ भने त्यसमाथि आवाज नउठाउनु झन ठूलो भ्रष्टाचार भएकोले यदि देशलाई भ्रष्टाचार मुक्त बनाई जनधनको सुरक्षा गर्ने हो भने हरेक व्यक्ति, समाजले आवाज उठाउनै पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *