बनेको मिति र म्याद समापनको अवधि किटान हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा विकास निर्माणका काम भई रेहका थिए भई रहेका छन् र भई रहनेछन् । आजसम्म जे जति भएका छन् ती योजनाहरुको लागत कसले बनाएको, स्थानीय वा केन्द्रले जिल्ला भरीका योजनाहरुको विस्तृत लगत खडा गर्नु पर्दछ । हरेक नगरले आफ्नो नगरको कार्य प्रगति लक्ष्य समेत सार्वजनिक गरी स्थायी लगत राख्नु पर्छ त्यो साझाँ सम्पत्ति भएकोले स्थिर खर्च नहुने खातामा आम्दानी जनाई राख्नु पर्दछ । त्यसबाट खास गरी समयानुसारको लागत, टिकाउ र त्यस्तै योजनाहरुको भावी लागतको बारेमा अध्ययन गर्न हुनेछ ।
यौटा सरकारी भवन एक राजमार्ग वा त्यस्तै अनिवार्य उल्लेख गर्नु पर्दछ किन भने त्यो निर्माण भएका योजनाको स्टिमेट ठिक छ छैन र त्यो अनुसार निर्माण भए नभएको गुणस्तरको बारेमा सबै कुराको यथार्थ जानकारी हुनेछ र साँझा सम्पत्तिको संरक्षणमा सहयोग पुग्ने भएकोले योजना निर्माण मिति र टिकाउको अवधी योजना स्थलमा समेत सबैले देख्ने गरी बोर्ड बनाई राख्नु पर्ने राय संकलन गरिएको छ ।
नेपालको ६० हजार हेक्टर भूमि
युवाहरु हो जव बालकालमा बाची रहेका थियौं त्यो बेलाको अवस्था ज्ञात हुनै पर्छ । २०५० देखि २०६३/६४ सम्म जन्मेका बालबालिका युवा युवतीलाई जानकारी दिनै गर्नुपर्ने साँझा दायित्व पनि हो । उक्त अवधिमा जन्मेकाहरुलाई थोरै जानकारी होला तर त्यसपछिकाहरुलाई थाहा नहुन सक्छ, सही कुरा नसुनेको होला २०५२ मा भारतको विस्तारवादलाई धक्का दिने बहानामा समेत हातमा खन्ती समाती कालापानीबाट सुरुङ खनी दिल्ली दरबारमा हमला गरी १९५० नेपाल भारतको सन्धीको दफा ८ अनुसार नेपालको ६० हजार हेक्टर भूमि फिर्ता लिने नाममा नेपालका सुरक्षाकर्मी र जनता माथि आक्रमण गर्दै आज नेपालको सर्वोच्व पदमा पुग्दा पनि २००७ सालमा प्रजातन्त्र सित साटिएको उक्त भूभाग उस्तााको उस्तै उतै छ फिर्ता भएको छैन ।
त्यस बेलाको द्वन्दकालमा हामी जिवित रहेकोले केही भन्न पाएका छौं, र हामी सोच्दथ्यौं कि आज नालापानीको किल्लामा लडिरहेका नेपाली वीरहरु जसले आफ्नो काखमा बच्चा समातेर महिला, बृद्ध, बालबालिका समेत यस देशको लागि लडिरहेका थिए, अन्तमा पानी खान नपाएर छटपटिएका सैनिकहरुलाई देखेको झझल्को माओवादीको युद्धमा झझल्को आईरहन्थ्यो । आज ती दिनहरु सम्झदा आफ्नै देशका जनतामाथि त्यो ययाभव स्थितिको सिर्जना भएको रहेछ । त्यो द्वन्दबाट कुनै किसिमको उपलब्धि भएको मान्न हामी सक्दैनौं, बरु यहाँ त पुरानो उखान छ काकाको अपुताली खाने इच्छा गरेकाहरुले आफ्नै बुवाको सम्पत्ति पनि खान पाएको देखिएन । यस्तै हो बाटो भूले दिनको फेरजुनी भुले जनमको फेर भनेझै यो देशमा भईरहेको हामी भन्न सक्छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *