असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–३)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

असंलग्न राष्ट्रहरुका राष्ट्राध्यक्षहरुको सम्मेलन गर्ने बिचार प्रस्तुत गरिने बितिकै नेपालले त्यसलाई तुरुन्तै स्वीकार गर्यो र सम्मेलनको सफलताको लागि यथाशक्य योगदान दिएको छ । हामीलाई लाग्दछ, सम्मेलनको सफलता हामीले प्रयोग गरेका शब्दमा होईन हामीले गरेका काममा भर पर्दछ । हामी अझै विश्वास गर्दछौ कि यो सम्मेलन सम्पन्न भएपछि यसले धेरै लाभदायक काम गरेको सिद्ध हुनेछ । अहिलेलाई म जुन उद्देश्य प्राप्तिको लागि भयाँ भेला भएका हो शान्तिको लागि अरु सरह आवाज उठाउन चाहन्छु । शान्ति त्यस बेला मात्र समभव छ, जब एक राष्ट्रले अर्का राष्ट्रमाथि हस्तक्षेप नगर्ने सिद्धान्तलाई शब्दले स्वीकार गर्ने मात्रै होईन कि व्यवहारमा पनि प्रयोग हुन्छ । हामलिाई यसमा पनि सन्तोष लागेको छ कि यस सम्मेलनले अनतराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त केही व्यत्तिहरुसंग निजी सम्पर्क विकास गर्ने मोका हामीलाई दिएको छ । शान्तिको लागि आज यो अपिल गर्दा दुई हजार वर्षभन्दा अघि नेपालका बुद्ध भगवानले दिनु भएको सन्देशबाट मलाई प्रेरणा मिलेको छ ।
संसारमा प्थम र द्धितीय विश्व युद्धको महामारीबाट बिचलित मानवताको लागि लडाईभन्दा शान्ति मैत्री र आपसि सहयोगको उपाय जनभावना अनुुकुल आफ्नो देश र समाजको हित गर्ने आदर्श र लक्ष्यमा पुग्ने सुगम र सहज बाटो हो भन्ने कुरामा नेपालको सुझाब छ । आजको विश्वको अवश्य पनि आपसी सहयोग मैत्रीपुणृ समान व्यवहार, समझदारी र भातृत्व चाहन्छ । २०१७ सालदेखि यता नेपाल दलविहिन प्रजातान्त्रिक पंचायती व्यवस्था र असंलग्न परराष्ट्र नीति बमोजिम अघि बढ्दै आएको छ । आफ्नै खुट्टामा उभिएर अगाडि बढ्ने नेपालीको शान्तिपुर्ण प्रयास श्री ५ को नेतृत्वमा विकसित हुदै गईरहेको छ ।
केही दशक अगाडिसम्म मात्र पनि संसारमा प्रायः अज्ञात रहेको नेपाल विस्तारै अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो स्थान प्राप्त गर्दै छ र नेपाल सम्मान, समानता र शान्तिको पोषक भएर अन्तराष्ट्रिय मंचमा उभिन सक्षम भएको कुरा बेलग्रेड सम्मेलनमा प्रष्ट पारिउको थियो । २०२० बैशाख ५ गते रा.पं. को प्रथम अघिवेशनमा मौसुफबाट सम्बोधन गरिबक्सदै हुकुम भयो हामीले सबै राष्ट्रहरुसंगै सद्भावनाले मित्रता राख्ने र विश्व शान्तिको लागि प्रयास गर्ने असंलग्नताको सिद्धानतमा आस्था राखेका छौ । २०१७ पौष १ गते देखि यता यस नीतिमा ठुलो गतिशीलता आएको छ ।
संयुक्त राष्ट्रसंघको घोषणापत्र र सिद्धान्तमा एवं पञ्चशील र शान्तिपुर्ण सह अस्तित्वका सिद्धान्तमा पुर्णतया विश्वास गर्ने नेपाल अधिराज्य सबै मित्र देशहरु सित शान्ति र मैत्रीको भावना राख्दछ । सबै राष्ट्रहरुले यी सिद्धान्तहरुमा मुखले मात्र होईन, कार्यले पनि श्रद्धा र विश्वास देखाएमा राष्ट्र राष्ट्रका बीच कुनै प्रकारको उल्लेखनिय अनवनको संभावना हुदैन भन्ने कुरामा स्व. श्री ५ महेन्द्र सदा जोड दिईबकसन्थ्यो ।
बेलग्रेड सम्मेलनको ३ वर्ष पछि असंलग्न राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको दोस्रो शिखर सम्मेलन संयुक्त अरब गणतन्त्रको राजधानी काहिरामा २०२१ असोज २१ ग्ते शुरु भएको थियो । यसको उद्घाटन संयुक्त अरब गणतन्त्रका राष्ट्रपति गमाल अव्दुल नासेरले गर्नु भएको थियो । दोस्रो शिखर सम्मेलनमा ४८ देश सहभागि थिए । १० देशहरुले पर्यवेक्षकको रुपमा भाग लिएका थिए । यस सम्मेलनमा पनि स्व. श्री ५ महेन्द्रबाट नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गरिबक्सिएको थियो । कायरो सम्मेलनमा विश्वमा शान्ति र सहयोगको भावना बढाउन हामीले सक्दो प्रयास गर्नु हामी नेपालीको कर्तव्य देखेकोले असंलग्न राष्ट्रहरुको दोस्रो शीर्षस्थ सम्मेलनमा नेपालले सक्रिय भाग लिने निधो गरेको थियो । आधुनिक विश्वमा अन्तराष्ट्रिय राजनीतिको गतिविधिबाट अलग रही कुनै मुलुकले पनि आफ्नो अस्तित्व कायम गर्न वा समुन्नति हासिल गर्न सक्दैन । यही तथ्यलाई ध्यानमा राखी तटस्थ एवं असंलग्न परराष्ट्रनीति अपनाई, मानब अधिकार तथा स्वतन्त्रताको पक्षपाती बनी हाम्रो मुलुकले अन्तराष्ट्रिय सम्बन्धमा जे जति प्रगति गरेको छ सो सबै नेपालीकै हितमा छ ।
यसरी बिचार गर्दा गतिशील, अन्तराष्ट्रिय राजनीतिमा तटस्थ असंलग्न परराष्ट्र नीति अपनाउने राष्ट्रहरुको आपसमा मिलीजुली विश्वका शक्ति गुटमा र अरु राष्ट्रहरुमा समेत भएको मतभेदलाई हटाउन योगदान दिन सक्छन् भन्ने विश्वासमा २०१८ साल भाद्रमा बेलग्रेडमा असंलग्न राष्ट्रका प्रमुखहरुको प्रथम सम्मेलनबाट दोस्रो शिखर सम्मेलन लगत्तै तीन वर्षमा आयोजना हुन सक्नु अत्यन्तै उत्साहप्रद कुरा थियो ।
यहाँ के कुरा स्मरणीय छ भने बेलग्रेडमा सम्पन्न असंलग्न देशहरुको प्रथम सम्मेलन शान्तिको लागि विश्वव्यापी अभियानको ईतिहासमा एक अत्यन्त महत्वपुर्ण कदम थियो । सम्मेलनमा बहुतै स्पष्ट रुपले व्यक्त गरिएको भावनाले अन्तराष्ट्रिय जगत् भएका त्यसपछिका घटनाहरुमाथि प्रभाव पारेका छन् र त्यस सम्मेलनमा पारित युद्ध र शान्ति गरेका प्रस्ताब तत्कालिन भयावह अन्तराष्ट्रिय स्थिति उपर एक विवेचना मात्र नभै शान्तिको लागि मानव मात्रको लालसाको एक सामुहिक नैतिक अभिव्यक्ति पनि सिद्ध भएको छ । प्रचलित अन्तराष्ट्रिय आवहवामा जुन साधारण सुधार देखिएको छ र पहिले भन्दा यत्किन्चित् मात्रामा शीतयुद्धको खिचातानी कम भएको देखिनुमा बेलग्रेडमा व्यक्त गरिएको भावनोले पनि योगदान दिएको छ भन्नेमा नेपालको विश्वास थियो । त्यस प्रथम सम्मेलन सफल हुनुको कारण त्यसको भावना संकुचित थिएन र कुनै देश अथवा महाद्धीपका आफ्नै स्वार्थले मात्र प्रभावित नभएको बृहत्तर प्रश्नहरुको ख्याल नराखी क्षेत्रीय प्रश्नहरुमा धेरै जसो प्रतिनीधिहरुद्धारा बेल्ग्रेड सम्मेलनमा जुन अनुपातमा उदारता देखाईएको थियो वास्तवमा त्यो प्रशंसनीय थियो । कायरो सम्मेलनबाट पनि त्यही भावना कायम रहनेछ भन्ने नेपालले आशा राखेको थियो ।
चारवटा महाद्धीपहरुका देशहरुबाट आई भेला भएका राजनीतिज्ञहरुले भाग लिएको बेलग्रेड प्रथम सम्मेलन निकै प्रतिनिधित्व गर्ने सम्मेलन थियो । पहिलो सम्मेलनपछि लगत्तै भने जस्तो अझ विशाल रुपमा यस सम्मेलनको आयोजना हुनु बेलग्रेड सम्मेलनमा व्यक्त भावना र त्यस सम्मेलनले
गरेको घोषणाको प्रगतिशीलता प्रतिको बढ्दो श्रद्धाको उपयुक्त अभिव्यक्ति थियो । वास्तबमा त्यतिखेर सारा दृष्टि त्यस महान् सम्मेलनमा केन्द्रित थियो । कुनै कारणबश पहिलो सम्मेलनमा भाग लिन असमर्थ भए तापनि दोस्रो अन्तराष्ट्रिय भेलामा सहभागि सदस्य संख्यामा बृद्धि भएबाट कायरो सम्मेलनलाई ठुलो बल र उत्साह प्रदान गरेको कुरामा नेपाल सन्तुष्ट थियो । विश्व शान्ति, निरस्त्रीकरण, शान्तिपुर्ण सह–अस्तित्व, जातीय समानता, पराधीन जनताहरुको स्वाधीनता जस्ता अन्तराष्ट्रिय प्रश्नहरु समाधान गर्ने तरीकालाई कायरो सम्मेलनमा व्यापक मान्यता प्राप्त भयो । फलस्वरुप असंलग्न देशहरु युद्ध र शान्ति सम्बन्धि उच्च परामर्शहरुमा बढ्दो मात्रामा सम्मिलित हुन थाले ।
असंलग्न राष्ट्रहरुको प्रथम सम्मेलनलाई जस्तै यस सम्मेलनलाई पनि नेपालले ठुलो महत्व दियो । यस्तो सम्मेलनले आधारभुत कुराहरुमा समान नीति अपनाउने देशहरुका प्रतिनिधिहरुका बीच अन्तराष्ट्रिय मामलाहरुमा पुर्ण रुपले बिचार अनुभवको आदान प्रदान गर्ने र आपसि मित्रतालाई बढाउने सुयोग प्रदान गर्दछ, जुन भविष्यमा सम्भब संकटहरुको सामना गर्न अवश्य उपयोगी सिछ हुनेछ भन्ने नेपालको दृष्टिकोण प्रस्तुत गरियो । यो सम्मेलन वास्तबमा शान्तिका लागि एक अभियान थियो । शान्तिको पक्षमा विश्व जनमतलाई बढी प्रबल बनाउन दत्तचित भएको एक नेतिक अभियान थियो । समरणीय छ यसमा भाग लिने देशहरु विश्वका धेरै जसो प्रश्नहरुमा समान नीति अपनाउँछन् तर तिनीहरु सनिक अर्थमा कुनै गुट बनेका छैनन् । तिनहिरु क्सैले नेतृत्व गरेका सामुहिक सैनिक संगठनहरुबाट सजगतासाथ असंलग्न रहेका छन् र दुई शत्ति गुटका बिचको स्रद्धान्तिक मतभेदको सैनिक समाधान छैन भन्ने तिनीहरुको विश्वास भएकोले शान्तिपुर्ण सह अस्तित्वलाई बढ्दो टेवा दिनमा उनीहरुले आफ्नो सम्पुर्ण शक्ति लगाएका छन् जुन असंलग्न आन्दोलनको संस्थापनको प्रमुख लक्ष्य हो । यस तथ्यमाथि अर प्काश पादैृ स्व श्री छ महेन्द्बाट उक्र सममेलनमा हुकुम भउको थियो । वस्तुत असंलग्नता शक्तिशाली बाहिरी शक्तिहरबाट आफ्नो स्वतनत्रतालाई सुरषित राखने समबन्धित देशको आकांषाको उपज हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *