सामन्तको परिभाषा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय समयमा सामन्तवादी स्वरुप विविध रंगमा देखिए पनि मूलमा सार तत्व एकनाशको रही आएको छ । फ्रान्सका लुईचौधौंले राज्य भनेको मै हुँ भनि घोषणा गरे त्यसको चरम रुप लुई सोह्रौंका पालामा देखियो जब उनी रानी एन्टोइनेट सहित जनताद्वारा काटिए लुई वंश महासामन्तवादको अन्त संसारको भयानक राज्य क्रान्ति फ्रेन्च रिभोल्यूसन हो त्यसबाट सामन्तवाद समाप्त भएको भनिए पनि आठ वर्षपछि नै नेपोलियन बोनापार्टको उदय भयो उनी एक सिपाहीबाट सम्राट बन्न सफल भए, राजनीति शास्त्रमा अनेक वादहरुको उदय र अन्त भए पनि सामन्तवाद रही आएको छ । पात्र आकृति र नाममा फरक देखिए पनि मूल जरो भने एउटै हो जुन नेपालमा खुबै फले फुलेको छ, आजको समय सन्दर्भले यस सम्बन्धि चर्चा उचित लागेकोले र मनमा अनेकौं तरंग उठी रहदा केही अभिव्यक्त गर्ने प्रयास हो ।
सामन्तवाद कुनै व्यक्ति वंश जाति वा वर्गमा मात्र सिमित रहन सक्तैन, Herbest splucur को Survival of the fillest अर्थात जो बलियो छ जो संग लाठी छ त्यही बाहुबली श्रेष्ठ हो भन्ने उखान हाम्रो समाजमा चरितार्थ भएको छ । राणाजीहरुलाई सामन्तका प्रतिक भनिए पनि त्यसका जन्मदाता संस्थापक जंग बहादुर कुँवर गरिव परिवारमा जन्मे हुर्केका थिए, तर समय क्रमले अत्यन्त चतुर हुँदा श्री ३ महाराजा (कास्की, लमजुङ) प्रधान मन्त्री प्रधान सेनापति सर्वेसर्वा बनेर राणामा रुपान्तरित भए उनको प्रभाव यत्ति व्यापक थियो कि उनी पछिका राणाहरुका अगाडी जंग बहादुर राणा (जवरा) लेख्नु गौरवको प्रतिक मानिन्छ विडम्बनाको विषय त यो छ कि सामन्त बन्ने होडमा उनको समूल वंश नै नाश पार्दै धीर शमशेरका सन्ततिहरु वीर संमेर समेतले सामन्ती पदवी भिर्न सफल भए, रणोद्धीप सिंह जंग बहादुर पछिका श्री ३ बने पनि उनको हत्या गरियो र वीर शम्शेर नव सामन्तको प्रतिक बने, त्यस्तै पदवी त देव शम्शेरले पनि पाएका थिए तर सामन्ती होडमा पाल्पा धपाईए, पदम शम्शेरले पनि पदवी पाए र म जनताको सेवक हुँ भन्ने गल्ति गरे फलतः पदवी च्यूत हुनु पर्यो यसबाट के स्पष्ट हुन्छ भने पदवीले मात्र सामन्त हुन सकिने रहनेछ । सामन्त भईसकेपछि पदवी त तश्तरीमा राखिए आउने रहेछ भनि आजको समय सन्दर्भले स्पष्ट गरेको छ ।
प्रजातन्त्रको बाहक दावी गर्ने कांग्रेसीहरुमा पनि सामन्ती सौख कम देखिएन शान मान धन दौलत ऐश्वर्य सामन्त बादका गहना हुन त्यसैको हानथाप गर्दै गुट उपगुटका श्रृङ्खला देखिएका हुन गरिवका मसीहा दावी गर्ने साम्यवादीहरुका गतिविधि हेर्न बुझ्न आवश्यक छ, अनेक युद्ध पार गर्ने योद्धाहरुका रहन सहन लवाई खवाई बोलाई दिनचर्या हेर्दा सामन्तको नव जमात सहजै देख्न सकिन्छ । कार्लमाक्र्स अत्यन्त गरिवीको जीवन विताई रहेका थिए उनका धनाड्य मित्र फ्रेडरिक एन्जिलले हर तवरबाट मदत गरी रहे विडम्बना यो छ कि उनको नाम लगभग गुमनाम छ । सर्वहारा गरीवहरुको शासन बन्ने भनि विभिन्न कथित साम्यवादी नेताहरुका दिनचर्याबाट वितृष्णा उत्पन्न गराउँछ । चेकास्लोभाकियाका चाड सेस्कु र उनकी श्रीमतीको सौख लेखी साध्य छैन, १० हजार त जुत्ताहरु मात्र भेटिए जनता भोकले मर्ने उनको विलाशिताका लागि पानी झै धन खर्च हुने अन्तमा उनी समूल समाप्त पारिए । फिलिपिन्सका फर्डीमेण्डमा कोर्स र उनकी श्रीमती इमाल्डाका कथा र विलासिता कम छैनन्, उनको पनि अन्तमा पतन भयो नेपाल नामको देशमा सामन्तवाद उत्कर्षमा पुगेको छ । राणा वा शाह कालीन समयलाई समेत विर्साउने गरी चमक दमन राज्य दोहन बाहुवली माफीया तस्करहरुको बोल बाला यति व्यापक छ कि छिपाउन खोजे पनि असम्भव भई सकेको छ, गरिवका प्रभुहरु कसको कुन कर्पोरेटमा कहाँ कति लगानी छ निरन्तर सञ्चार माध्यम लेखी रहन्छन्, आम सर्वसाधारण हामी निमुखाहरुका जानकारीमा समेत आउन लागि सकेको देखिन्छ यत्ति सम्म कि पानामा पेपर्सबाट देश बाहिर समेत राष्ट्रको धन गई सकेको सुनिन्छ । विभिन्न आवरणमा रहेका कुनै लगानी गर्न नपर्ने परिश्रम गर्नै नपर्ने विद्वान र ज्ञान हुन आवश्यक नरहने बरु डिग्री होल्डर कथित विद्वानहरुलाई नौकर राख्न सक्ने सामर्थ भएको व्यवसाय राजनीति बनेको छ । डर धाँक धम्की लवाई खवाई हेर्दा यिनले के बोल्छन् भन्दा पनि मनमा आउने पहिलो प्रश्न यिनका लुगा कहाँबाट कतिमा कसले सिलाई गरे होला यिनका टाईहरु जुन हजारौं पर्छन कसरी आएको होला हातमा लाखौंका घडी चढ्ने गाडी आलीशान महल कुनै राजा भन्दा कम छैन । श्रीपेच मात्र बाँकी छ त्यो पनि कुन समय लगाउछन ठेगान छैन, सामन्तको परिभाषा कुनै जात धर्म वर्गबाट पहिचान नहुने भएको छ । यसका लागि बल हिंसा, बाहुबली बोल्न चतुरो रकम ठेगान लगाउन सिपालु आदि विधि गुण भए पुग्छ तर सावधान । नव सामन्त हो, संसार अव एक गाउँ जस्तै भई सकेको छ । सधै काल सबैलाई मुर्ख बनाउन असम्भव छ । नेपालीहरुलाई हामी आम सर्वसाधारणलाई जति सुकै भेडा सम्झे पनि कालचक्रले छोड्ने छैन भाग्ने ठाउँ पाइने छैन सम्भवतः त्यो समय चाणै आउदैछ, आफ्नो खनेको खाडलमा आफै पर्न तयार रहे हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *