राज्य लुटाहा विधेयक संसदमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, ५ चैत्र
बडो विचित्रको कुरा के छ भने जनताले पाउने सुख सुविधामा विवाद हुन्छ तर मन्त्री, पदाधिकारी तथा नेताहरुले पाउने सुख सुविधामा विवाद हुदैन । कहिले पजेरो सुविधा लिन्छन्, कहिले पेन्सन सुविधाको लागि विधेयक पेश गर्छन्, अन्तमा बदर गर्नुपर्छ । बदनियतबाट गरिएका कामहरुको वजन हुदैन ।
राजनीतिक दल सम्बन्धी विधयेक सहित महत्वपूर्ण कानुन निर्माणलाई प्राथमिकतामा नराखेको सरकारले राज्यका पूर्वअति विशिष्ट पदाधिकारीको सुविधा सम्बन्धी विधेयक ‘फास्ट ट्रयाक’ बाट पारित गराउन लागेको छ ।
संसद् सचिवालयले आइतबारका लागि तय गरेको सम्भावित कार्यसूचीमा ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पूर्ण सदनमै दफावार छलफल गरी पारित गर्ने उल्लेख छ । संसदीय अभ्यासमा यस्ता महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र आवश्यकता अनुसार संशोधन प्रस्ताव दर्ता गराएका सांसद, विज्ञ र अन्य सरोकारवालासँग समेत छलफल गरिन्छ । यी सबै प्रक्रिया पूरा गर्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने विधेयक चालु अधिवेशनमा पारित नहुने विश्लेषण सहित सरकारले छोटो बाटो रोजेको हो ।
पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधान मन्त्री, प्रधान न्याधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई मनग्य सुविधा दिने प्रस्तावित विधेयकको जनस्तरमा आलोचना भइरहेका बेला सरकारले यसलाई लामो बहसको विषय बन्न नदिन बाटो राजेको संसद् सचिवालयका एक अधिकारीले बताए । विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा र ५० हजार रुपैयाँ वृत्ति दिने व्यवस्था प्रस्तावित छ । पूर्वराष्ट्राध्यक्षलाई उचित सम्मान र सुविधा उपलब्ध गराउनुपर्छ भन्नेमा विवाद नभए पनि मासिक २ लाख घरभाडाको औचित्य सिद्ध गर्न अप्ठ्यारो परेपछि प्रमुख दलका शक्तिशाली नेताहरुको समेत सहमतिमा सरकारले छोटो बाटोबाट विधेयक पारित गराउन खोजेको हो भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएका छन् ।
यदि नेपालको सांसदहरुलाई तथा अन्य पदाधिकारीहरुलाई सेवा निवृत्त पछि सुविधा दिने हो भने यो देशमा नेता र कर्मचारीको लागि पनि आम्दानी हुन कठीन देखिन्छ । प्रान्तहरुमा कर्मचारी तथा कर्मचारी तथा नेताहरुको संख्या पनि बृद्धि भएको छ । उनीहरुको पारिश्रमिक पनि बृद्धि हुदै जान्छ । साधन श्रोत सीमित रहेकोले जनतालाई अमिलो निचोरेझैं निचोरिरहेका छन् । जनताले विदेशमा गएर कमाइ गरी यहाँका नेता तथा कर्मचारीलाई पालिरहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *