कास्मीरको आतंकवाद नेपालीलाई दुख्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाली जनता आतंकवाद चहदैनन् त्यही भावनाको कदर गर्न नेपाललाई शान्तिको क्षेत्र घोषणा गर्ने राजा विरेन्द्रको प्रस्तावलाई अधिकांश देशहरुले समर्थन गरी सकेको थियो । उहीलेको शान्ति प्रिय देशले पनि नेपाल आतंकको भूमरीमा फस्यो चाहे आन्दोलनको नाममा होस वा अन्य कारणबाट १० वर्षे आतंकित द्वन्दले नेपाली जनता त्रसित रहे । एक गाउँबाट अर्को गाउँ जान पासपोर्ट र भिसाको जरुरत पर्न गयो शान्ति क्षेत्र प्रस्तावको खिल्ली उड्यो उडायो चाहे सव्य पंक्तिमा होस वा असभ्य पक्तिमा ।
यहि २०७५ साल फागुन २ गते भारतको जम्भु कास्मीरमा भएको कार बमबाट ४० जना सुरक्षाकर्मीको हत्या, कयौं धनजनको नोक्सान भएकोले नेपाली जनता स्तब्ध चिन्तित भएका छन् । समग्रमा भन्दा कास्मीरमा मारिएका सैनिकहरुका लास जव पालम हवाई अड्डा नयाँ दिल्लीमा पुर्यायो, हरेक नेपालीको मन रोयो भन्नु पर्दा जम्भुकास्मीर दुख्दा नेपाल दुख्यो । भारतीय जनताले हरेक समय सुख दुःखमा नेपाली जनताको साथ दिएको छ चाहे २०४५ सालको नाकाबन्दी होस वा २०६३ को नाकाबन्दी, हरेक बेलाको भुकम्पबाट भएको क्षतिमा पनि भारतीय नागरिक सन्त महन्तले नेपाली जनताको साथ दिएका थिए र नेपाली जनताले पाएको दुःख परस्परमा बाडेकै हुन ।
आज विश्व आतंकवादको नजिक गईरहेको बेला भारत नेपाल कसरी बच्न सक्थ्यो सानो देश तर विशाल छाती भएको नेपालीले आतकंवादको पिडा बुझि सकेकोले भारतमा जुनसुकै ठाउँमा घटेका आतंकवादी हरेक घटनामा जनता दुःख प्रकट गर्दछन् । नेपाल भारत दुवै देशका जनता परस्पर सुख दुःखका हिस्सेदार हुन्छन् त्यस कारण पनि आजसम्म सुगौली सन्धीको नाममा कुनै पनि आतंक भारतीय जनता सामु राख्न खोज्दैनन् । पाकिस्थान मुस्लीम राष्ट्र भएकोले कुनै दयाधर्म नभएर चोरेर भारतीय सुरक्षाकर्मी माथि हमला गर्यो । मन नपरेका विषयमा २ देश बीच नसके संयुक्त राष्ट्र संघ सित अपील गरे पनि हुने थियो । विश्वका एक देशमा भएको आतंकवाद उतै सिमित नरही विश्व भरी फैलिने हुँदा आतंकवादको विरोध दुवै देशका जनताले गर्नु पर्ने हाम्रो पनि भनाई रहेको छ । नेपालले स्वर्णिम युग, रामराज्य प्राप्त गर्ला तर आतंकवादको परिभाषा भित्र रहेर नेपाली जनताले द्वन्दको सिकार हुनु परेका हो । विभिन्न समयमा बारुदी एम्बुसमा नेपाली सुरक्षाकर्मीहरु ज्यान मात्र गएन सवारी बसका यात्रीहरु पनि निसाना बनाइए जुन २०७५÷११÷४ मा कास्मीरबाट ४० बाकसमा सुरक्षा सैनिकका सवहरु पालम हवाई अड्डामा पुर्याएको दृश्य भन्दा कम थिएन । नेपाली र भारतीय जनताले जो सुकैको डिजाईन भए पनि सहनु परेको छ । आजको आतंककारी विश्वमा जनताको दोष नभए पनि नेताहरुको दोषले गर्दा नेपाल भारतका जनता द्वन्दका सिकार भएका छन् । दुःखको खडीलाई सहेर भएपनि पिता पुर्खाका गल्तीलाई सुधार गर्दै जानु समयको माग रहेको छ ।
शान्ति क्षेत्र प्रस्तावमा सही छाप गर्ने उक्त राष्ट्रहरुले नेपालमा पुर्ण शान्ति छ भन्ने कुराको आभाष भएकै कारण आफ्नो सहमती जनाई विश्भरीका सम्पुर्ण राष्ट्रलाई नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन गर्न लागि परेकै हुन्, ती शान्ति क्षेत्रको प्रस्तावले भोलि नेपाल शान्ति क्षेत्र भई सक्यो भने त्यसको विरुद्धमा र विदेशीले कुनै पनि आक्रमण गर्न नपाउने व्यवस्था त्यहाँ रहेकोले त्यो शान्ति क्षेत्र विटो राष्ट्रको भन्दा झन शक्तिशाली रहने भएकाले नेपाल भन्दा छिमेकी केही ठूला राष्ट्रहरुले जानेर वा नजानेर शान्ति क्षेत्रको प्रस्तावलाई हासोमा उठायो । आज विश्वमा एउटा मात्र देश पनि शान्ति क्षेत्र नामको नामले परिचित भएको छैन । विश्वभरी आतंकवाद फैलिएको छ, हुनसक्छ आजको आतंकवाद भोलीको राष्ट्रवाद होला, भोलीको दिनमा क्रान्तिको पगरी भिरिएला त्यो अलग्गै कुरा हो विश्वमा शासन गोला बारुदले होइन बुद्धिले गर्नुपर्छ र समग्र जनसमुदायलाई विश्वासमा लिएर विश्वको प्रगति पथमा शक्तिराष्ट्रहरुले पनि अगाडि बढ्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *