एक म्यानमा २ तलबारले म्यान नष्ट हुनेछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यो अवधिमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रका २ अध्यक्ष रहे भने जिल्लाहरुमा एकिकरण नै भए जस्तो लाग्दैन । त्यस्तै राप्रपा प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर राणाको रा.प्र.पा. दुवै एकिकरण भएका छन तर उनका पनि त्यही हालत देखियो दुई वटा अध्यक्ष
राखिएका छन, यसरी २/२ अध्यक्षको दरबन्दी जहा सिर्जना हुन्छ त्यहाँ एकता भएको मानिदैन किनकि त्यहाँको खडेरीको हरियाली नै भएको छैन । कम्युनिष्ट जुन पार्टीको निर्माण माओवादी र एमालेको भालेपोथीद्वारा जन्म भएको हो, दुवैको मिश्रणबाट पार्टी गठन गरेको ठिक हो, अन्तमा अरु साना पार्टीहरु सित मिलेर २ तिहाई बहुमतको सरकार बनाउन सफल भएको छ । तर काम गर्नमा सफल भएको छ भन्ने कुरामा देशप्रदेश कसैले पनि विश्वास गरेको छैन त्यसकारण दुई तिहाईको सरकारले अनधिकृत रुपबाट शक्ति प्रयोगमा ल्याउनु भन्दा इमान्दारीपुर्वकको शक्ति प्रयोग गरी देशलाई विश्वासमा लिई सक्नुपर्ने देखिन्छ ।
जुन ठाउँमा दुई दुई वटा अध्यक्षको सिर्जना हुन्छ त्यो ठाउँको एक जना अध्यक्षले अर्को अध्यक्षलाई तल पार्ने खेल खेलेको देखिन्छ । यो हेर्न अनेत्र जानु नै पर्दैन । पहिले काम गर्ने अनि गल्ती भयो भ्रममा परे फसाईदियो त्यसैले यस्तो भनेको हुँ भन्नु एउटा हास्यास्पद विषय हो कि होइन पाठकबृद्धले आफै मनन् गर्नेछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *