हिन्दु राष्ट्र कायम हुनुपर्नेमा जोड

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २६ माघ
विश्वमा एकमात्र सनातन हिन्दुराष्ट्र नेपाल मात्रै भएकाले नेपाललाई हिन्दुराष्ट्र नै कायम हुनुपर्नेमा जोड दिएका छ । शनिबार महेन्द्रनगरमा विश्वहिन्दु महासंघ कञ्चनपुरले आयोजना गरेको छलफलका क्रममा अधिकाँस व्यक्तित्वहरुले विश्वमा एकमात्र हिन्दुराष्ट्र रहेको नेपाललाई धर्मनिरपेक्षता गरेर गल्ती गरेको बताउदै वास्तविक नेपालीको विश्वमा पहिचान धर्मबाट भएको बताउदै उनीहरुले हिन्दुत्वको महत्व, भातृत्व एवं धार्मिक सहिष्णूणताका विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिएका छ ।
विश्वहिन्दु महासंघ कञ्चनपुरका सचिव हरिहर पाण्डेले हिन्दुवका लागि कञ्चनपुरका वडाबस्ती स्तरबाटै सचेतनाका कार्यक्रम संचालनमा जोड दिएको बताए । उनका अनुसार हिन्दु धर्म मात्र नभई पहिचान भएकाले पनि हिन्दुत्वको वास्तविकताबारे उजागर गरिने बताए । उनले राष्ट्रिय जनावर गाईको समेत संरक्षणका लागि महासंघले पहल गर्ने छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाललाई हिन्दुत्व राष्ट्र घोषणा गरिनुपर्नेमा जोडदिएका थिए । आचार्य घनश्याम लेखकले हिन्दुत्वको विषयमा सबैलाई ज्ञानको खाँचो रहेको औल्याउनुभयो । विश्वहिन्दु महासंघ कञ्चनपुरका सदस्य बलदेव अवस्थीले राष्ट्रको आवश्वकता बुझेर राजनीतिक दलले समेत हिन्दुराष्ट्र कायम गर्न सबैले एकजुट भएर लाग्नुपर्ने सुझाव दिए । विश्व हिन्दुमहासंघ कञ्चनपुरका अध्यक्ष डा.टेकराज पन्तले सबै हिन्दुवादी एकजुट हुनुपर्नेमा जोडदिदै पहिचान र गौरबका लागि हिन्दुत्वको विषयमा गम्भिर हुनुपर्ने बताए । हिन्दु परम्परा अनुसार पहिलेदेखि चलिआए बमोजिम औशी, पुर्णिमा र एकादशीको दिनमा पशुबध नगर्नको लागि स्थानीय निकायमा रहेका सम्बन्धित बधशाला, नगरपालिका, संघ संगठनहरुलाई उक्त ३ दिनमा पशुबध नगरिदिन हुन भनि नेपाल सरकारलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ र साथै सो समितिमा डा. टेकराज पन्तको संयोजकत्वमा १५ सदस्सीय ज्ञापन पत्र बुझाउने समिति समेत गठन गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *