पातालभुमेश्वर पर्यटकीय केन्द्रस्थलको परिचय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कृष्ण बहादुर चन्द
समाजसेवी एवं पुर्व कृषि अधिकृत
पाटन न.पा.६ (पाटन गाउँ) बैतडी
बैतडी जिल्ला अन्तर्गत सुर्नया गाउँपालिकामा पर्ने पाताल भूमेश्वर एवं धार्मिक ऐतिहासिक पुरातात्विक पर्यटकीय स्थल बैतडी–डडेल्धुरा सिमानामा पर्ने घनघस्यालेक धुरा र पाटन क्षेत्रमा रहकेो संगौडोकोट पर्यटकीय केन्द्रस्थल–शिवधाम सुर्नया नदीदेखि उत्तर ग्वाल्लेक केदार शिखरदेखि पुर्व र रौलेश्वर केदार शिखर देखि पश्चिम सदरमुकाम तल्लोस्वराड क्षेत्र पुर्चौडी क्षेत्र, च्वागढ क्षेत्र र मध्य बैतडी क्षेत्र समेत सदरमुका पाटन क्षेत्र मध्य भागमा अवस्थित छ । साथै दशरथचन्द लोकमार्गसँग जोडिएको छ भने दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको केन्द्रको रुपा छ । वनजंगल समेत रहेको प्राकृतिक रमणीय सौन्दर्य भू–भाग सतवाँज बागवानी फार्म र दार्चुला छुट्टिने चौराहादेखि करित २ ढाई किलोमिटर दक्षिण पाटन क्षेत्र केन्द्रस्थल देखि करिव ५ कि.मि. उत्तरपट्टि सामुदायिक वन क्षेत्र भित्र पर्दछ । त्यहाँबाट उत्तरपट्टि अपि हिमाल लगायतका हिमश्रृङ्खला र मल्लिकार्जुन अवलोकन गर्न सकिन्छ । पोखरी ताल सरोबर पनि रहेको सो स्थलमा धार्मिक पाठपुजा, विवाह, ब्रतबन्ध कार्य तथा यज्ञ–यज्ञादी पनि लगाइन्छ । पर्यटनको बढी सम्भावना भएको र पर्यटन सम्बन्धी पूर्वाधार कार्य पनि शुरुवात गरिएको अवस्थाछ तर जुन गतिमा विकशित किसिमबाट हुन पर्नेमा त्यस्तो हुन सकेको छैन । यसर्थ पाताल भुमेश्वर र पाटन क्षेत्रमा पर्ने संगौडोकोट यी दुवै पर्यटकीय स्थललाई पर्यटन केन्द्रस्थलको रुपमा विकसित गर्न वर्तमान अवस्थामा पर्यटनको विकास गर्न बैतडी जिल्लाका लागि मुख्य आधारशिला रहि आएका छन् ।
प्राचिन कालमा प्रकृतिप्रदत्त प्राकेतिक रुपले निर्मित प्रसिद्ध गुफा पाताल भूमेश्वरको एक प्रमुख आकर्षण केन्द्र बनेको छ । प्राकृतिक तालतलैया, नदीनाला, तट, बुक्ष, ढुंगा, शिखर, गुफा, झरना आदि पहिचान स्वरुप जीवनयापन गर्न महत्वपुर्ण तत्वको रुपमा लिएको यथार्थ छ । पौराणिक धर्मग्रन्थबाट पनि सुस्पष्ट गरिएको छ । दैवीय उत्पादित प्रकृतिप्रदत्त बस्तु मानवप्रजातिले बदल्न सक्तैन तर उसको स्वरुप परिवर्तन गरी काममा ल्याउन सकिन्छ । जस्तोकी आकाशमा उड्ने हवाई जहाज, पानीमा चल्ने जहाज जमीनमा गुड्ने मोटरगाडी ऐतिहासिक धरोहर तथा बस्तुहरुको संरक्षण सम्बद्र्धन गरी समयानुकुल उचित व्यवस्थापन गरिनु पर्दछ । मनुष्य जातिले धर्म नीति, शास्त्र ज्ञान भक्ति साधना, निस्कपट भएर निष्कान भावले विधिपुर्वक यज्ञ–यज्ञादी गरी मानवगतिबाद सफलतापुर्वक पार लाग्न सकिन्छ भन्ने विश्वास र प्रवल मान्यता रहि आएको छ ।
प्रकृतिको विशिष्ट रचनाको स्थलगत अध्ययनका लागि फ्रेन्च ँचभलअज को एक टोली २०७४ सालको प्रारम्भमा आई अध्ययन गर्दा एसियाको पहिलो नम्बरको गुफा रहेको र अन्दाजी ७०० मिटर सम्मको यात्रा रहेको भन्ने कुरा छ । तर गुफाको लम्बाई कति छ भन्ने यकिन र तथ्य प्रमाणित छैन । तत्कालिन श्री कृष्ण हाई स्कुलका अनभुव प्राप्त भ्ह्उभचलअष्ब ित्भबअजभच पछि प्रधानाध्यापक अथति प्राचार्यबाट सेवानिवृत हुनभएका पाटन न.पा. ६ मैतड पुरानो पाटन बजार स्थानीय बासी शिवदत्त जोशीज्यूबाट पाल भुमेश्वर अध्ययन भ्रमण अवलोकनको नेतृत्व पनि गर्नु भएको थियो उहाँ भन्नु हुन्छ एकचोटी पाताल भूमेश्वरको दर्शन गरौं सौन्दर्य बोधको अनुभूति कस्तो हुन्छ निश्चय नै तपाईलाई यसले रुपान्तरण गर्ने छ आध्यात्मिक चेतना तिर डोर्याउछ । फर्कोटकष्य नागरस्य दमयत्न्या नलश्च ऋतुपर्ण राजर्षे कीर्तन कलिनाशनम..। भनिन्छ रघुवंशको अगैज राजर्सी ऋतुपण पनि घुम्दाघुम्दै यस गुफामा पसेका थिए यस सम्बन्धमा पौराणिक तथ्य बुझ्न नेपालका जगदगुरु मोहनशरण देवाचार्यज्यूसँग सम्बन्ध राख्दा अरुप्रष्ट हुन्छ ।
यथार्थमा केही कुराः
पाताल भुमेश्वरको बारेमा आफूले प्रत्यक्ष जाने बुझेको कुरा संक्षिप्त रुपमा प्रस्तुत गर्दछु । २०२९ साल आज भन्दा ४६ वर्ष अगाडी जेष्ठ महिनाको पहिलो हप्ता पाताल भूमेश्वर गुफा भित्र गएर अवलोकन गरेको थिए त्यस बखत म श्री कृष्ण हाई स्कुल पाटनमा कक्षा ९ मा अध्ययनरत
थिए । भारत पिथौरागढ जिल्लाका बहादुर सिंह फर्सुतान बी.एस.सी. विज्ञान गणित र अंग्रेजी विषयका स्थानीय बासी शिवदत्त जोशी अनुभवी शिक्षक द्वयको अगुवाईमा पातालभुमेश्वर अध्ययन अवलोकन जेग्रोफिलक टूरको कार्यक्रम तय गरेर विद्यालयबाट शिक्षक, विद्यार्थी लगायत केही स्थानीय जानकार, इच्छुक व्यक्ति समेत सम्मिलित भ्रमण दल तयार भै गुफा अवलोकन गर्दा चाहिने गरपर्दो उज्यालोका लागि ३ सेल र २ सेल टर्च बत्ती ८÷१० थान अतिरित्त बल्भ र सेलहरु, लैम्पबत्ति, लालटेनबत्ती र दिशापत्ता लगाउने व्यारोमिटर यन्त्र लगायतका सामग्री लिएर जेठ महिनाको गर्मी सुख्खायाम अनुकुल र उपयुक्त हुने भएकोले सबेरै पाटनबाट प्रस्थान गरी ३ घण्टा समय भित्र पाताल भूमेश्वर रमणीय स्थलमा पुगियो, खुला वातावरण, प्राकृतिक मनोरम दृष्य वनजंगलको स्वच्छ हावा, विभिन्न चराचुरुंगीको श्वर सुनिन्थ्यो ।
यसरी केही समय गुफा बाहिर घुमफेर अवलोकन गरेपछि भ्रमण दलको नेतृत्व गर्नुहुने शिक्षक द्वयबाट केही खास–खास कुराबारे गुफा भित्र प्रवेश गरेपछि अपनाउनु पर्ने सावधानी लगायत तथा अवलोकन गर्नुहुने दृढताका साथ नाम दिनुपर्ने भनिए अनुसार ४५ जना मध्ये १३ जनाले मात्र गुफा मित्र अवलोकन गर्ने भनि इच्छा प्रकट गरे अनुसार तयारी गरियो ।
पाताल भुमेश्वरमा ३ वटा गुफा छन, एउटा गुफा सुरुङ्, मुल गुफाको ठीम माथी त्यहाँबाट ढुंगा खसालेर कान थापे ढुंगा सस्दै गरेको आवाज सुनिन्छ । अर्को मूला गुफाबाट अलि अगाडी दाहिनेपट्टि केह परसम्ममा नै छ, जहाँ बाघले आफ्नो खाने कुरा लगेर त्यहाँ खादो रहेछ । तेस्रो चाही मूल गुफा बनेर गएको छ, अव हामी त्यही अनुसार अगाडी बढ्दै गयौं काहिनेर डेढ २ मिटर चौडा बाटो जस्तै त कहिनिर तीखा नाकला ढुंगाको बीचमा जिउमा नछोएर बचेर अगाडी पार गर्नुपर्ने त कहि गहिरो खाडल त्यस ठाउँमा एक जनाले गएर सहारा गर्दै एवं प्रकारले बढदै जानुपर्ने भने फेरी सजिलो आउने, अनुमान गर्ने हो भित्तामा शिवपार्वतीका मूति, विष्णु भगवान जस्तै लाग्ने कुदिएका मूर्ति, मसिनो किसिमले पानी धारा जस्तै बगेको, उभिएर माथि पट्टि टर्च बत्ती लगाएा प्रकाश बीचैमा विलाईयो क्रेकदरार त्यति माथि कति टाढा सम्म र फराकिलो पनि फ्रिजको जस्तै चिसोपन तथा अक्सिजनको कमिका कारण श्वास फेर्न अलि कठिन महसुस हुने ग्रुपमा भएकाले एक अर्कालाई भनेका मात्रै कति छिट्टै बाहिरको वातावरण पुगिएला भन्ने मनमा सोची राखिने तर अगुवाई गर्नेहरुबाट निर्देशन नहुदासम्म भने अगाडी बढनु नै पर्थ्यो । बाहिर आएपछि भने एक अर्कालाई त्यो कुरा भन्न थाले । हामी कता कुन दिशा तिर बढदै छौं भन्ने कुरा थाहा पाउन तयो भित्र ब्यारोमिटरले पनि काम दिएन तैपनि केही थोरै समय रुक्दै गरी अगाडी बढ्दै जाने काम छोडेनौं, बाहिर रहेका भ्रमण दलका साथीहरु भने अचम्वित र शसंकित हुन थाले धेरै समय भै हाल्यो फर्केनन् भन्ने चिन्तित भएको अवस्था । यसरी अगाडी बढदै जादा ४/५ कमिनेट रोकिए र अगुवाई गर्ने बीएससी शिक्षकले अगाडी बढन मनाही गरे, अव हामीले अगाडी बढन ठीक छैन कहा पुग्यो, जमीन भित्र तलतिर गैरहेका छौ वा कुन सतहमा पुगे व्यारोमिटरले काम गर्न छोड्यो । खतरा हुन सक्छ फक्र्यौं भनेर त्यहिबाट फर्के, गुफा बाहिरको खुला वातावरणमा आईपुग्दासम्म २ घण्टा १८ मिनेट जति भएको रहेछ ।
बाहिरबाट चौतर्फी हेर्दा विचार्दा कतातिर कुन दिशा तिर फुफा भित्र त्यति समयसम्म गएका रहेछौं भन्ने कुरा अनुमान र यकिन गर्नै सकिएन । अवश्य पनि ख्याल गर्नुपर्ने कुरा के छ भने जुनसुकैले पनि यदि पातालभुमेश्वर गुफाभित्र अवलोकन बस्तु स्थितिबारे जानकारी गर्न चाहने भने भने कम्तिमा ५/७ जनाको दरिलो साहसी र तागतिलो व्यक्ति समेत सम्मिलित व्यक्ति ग्रुप भएर पूर्ण रुपले एक्लो भएर उज्यालेको भरपर्दो साधन सहति अन्य आधुनिक
उपकरण भए सो समेतको व्यवस्था गरी जानु बेश हुन्छ ।
गुफाभित्र ज्यादै अपठ्यारो महसुस भए अथवा ज्यादै समय खचिए पनि समय ख्याल गर्नुपर्छ । बैशाख र जेठ महिना मौसम सफा छ भने मात्रै अरु महिनामा जानु कुनै हालतमा पनि ठीक छैन । केही मानवनिर्मित गुफाहरु पनि छन २०३४ सालमा कृषि विकास कार्यालय महेन्द्रनगरमा नगदेवाली कार्यक्रम सञ्चालन गर्न लालकुर्ति रोड सुगरकेन रिसर्च स्टेसनबाट उखुको विउ लिन लखनउ जानु परेको र हप्तादिनसम्म बस्नु परेको त्यसै अवसरमा इमानवाडा मानिने मूलमुलैया अवलोकन गर्दा त्यहाँ भित्रैबाट मुगलबादशाह कालमा सुरक्षाका लागी आगारा विकल्ने गुफा निर्माण गरेको तर हालको वअस्थामा बनद गरिएको गाईड गर्ने मान्छेले बताएको । यसबाट के बुझ्न सकिन्छ भने आगराको ताजमहल भुगलवादशाह शाह जहाँ आफ्नी रानीको स्मृतिका लागी बनाएको र प्रमुख ठाउँ पनि आगरा हो र यु.पी. कोर राजधानी लखनउ हो आगरा पनि त्यही स्टेटमा पर्दछ तर दूरी भने निकै लामो छ । बैतडी जिल्ला पाटन न.पा. ६ अन्तर्गत सुर्नया नद किनार स्वर्गेनिपिपल शिवधामसँग जोडिएको ६/७ वर्ष अगाडी संगौडोकोटका नामले चिनिने राजाको कोटगढी किल्ला
दरबार हाल खण्डहर अवस्थामा छ । त्यसभित्र बाट ४०० मिटर जति जमीन भित्र सिढी बनाएर गुफा तयार भएको सुर्नयानदीसम्म नुहाउने गर्नका लागि र आवतजात गर्न सकिने बनाईएको हाल जिर्णद्वार गर्नु पर्ने अवस्था छ । संगौडोकोटगढी क्षेत्र भित्र अरु महतवपुर्ण वस्तुहरु पनि छन, पर्यटकीय स्थल केन्द्रको रुपमा विकास गर्न हाल नेपाल सरकार पर्यटन मन्त्रालय पर्यटन बोर्ड लगायतका उच्च निकायहरुमा विगत ४/५ वर्ष देखि पर्यटन विकासका लागी पहलकदमी गरिएको अवस्था छ ।
पूर्वाधार कार्य प्रारम्भ गरिएको छ संगौडोकोट ऐतिहासिक पुरातात्विक धार्मिक पर्यटकीय क्षेत्र पुर्वाधार विकासका नामले जानिन्छ । पाताल भुमेश्वर ऐतिहासिक तथा पवित्र धार्मिक दृष्टिोणले पनि मानव समुदायका लागि केन्द्रस्थल भएको छ । आर्याबर्ते भारतखण्डे, भारतवर्ष र नेपाल दुवै देशमा पर्ने मानसरोकार, कैलाश मानखण्डका नामले चिनिन्छ र मानिसको उत्पत्ति भएको थलोको रुपमा यो भू–खण्ड पछि पर्दछ ।
यसै भू–भागमा पर्ने भएकोले पातालभूमेश्वरलाई धार्मिक दृष्टिकोणबाट पनि बुझ्न सकिन्छ । पौराणिक तथ्यका आधार र प्रकृति बैदिक संस्कृति, मानिसको बासस्थान, ऋषिमुनिहरुबाट रचेका संस्कार पद्धति र ज्ञानका ग्रन्थमा पनि यस्ता भू–खण्डको महत्व उल्लेख भएको पाइन्छ र मानव मात्रले गति लिएको पाइन्छ ।
श्रृष्टिकालदेखि मनुष्यप्राणी आफूलाई बदल्दै प्राकृतिक वातावरणीय तथा धर्मनीति, शास्त्रहरुको ज्ञानको बाधे गर्दै यत्र–यज्ञादी कर्म अनुसाुर पातालपूज, प्रकृतिपुजा, देवपूजा, सस्कार आर्थिक भएर पुण्य आर्जन गर्न पहिलो काम मनुष्यको हुनुपर्दछ भन्ने मान्यता राख्ने प्राणी मानवजाती आज सबै प्राणी मध्ये श्रेष्ठ मानिन्छ र कर्मलाई प्रधानतामा मनुष्यले राखेको पाइन्छ । मोलिक संस्कृति प्रकृतिसँग पनि जोडिएको हुन्छ र यस्ता स्थलहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गरिनु पर्दछ ।
बैतडी जिल्ला भित्र पुरातात्विक, ऐतिहासिक, धार्मिक किसिमका प्राकृतिक मनोरम झर्ना, तालतलैया मठमन्दिर, गुफा, कोटगढी किल्ला, जीवजन्तु, प्राकृतिक बस्तु, स्थान हुन सक्छन जुन विशेष प्रकारले पहल नगर पहिचानमा आउन सकेका छैन । यिनको खोज र अध्ययन प्रचार प्रसार गरिनुपर्दछ । जस्तोकी एक खबत मानवजाती तथा देवगण समेत राक्षसहरुबाट त्रसित थिए खपरेदैत्य भन्ने राक्षस दुर्गास्थानको ऐचेकाडा भन्ने ठाउँमा भनिएको त्यहाँ चिन्हहरु अझै छन ।
यस्तो महत्वपुर्ण कार्यलाई अभियानको रुपमा पर्यटनको विकास गर्ने उद्देश्यका साथ संगौडोकोट ऐतिहासिक पुरातात्विक धार्मिक पर्यटकीय क्षेत्र पुर्वाधार विकास निर्माण समिति पाटन न.पा. ६ बैतडीले अभियानको रुपमा कार्य प्रारम्भ गरिएको अवस्था छ । यसमा सबै तह र तप्काका महानुभावहरुको सहयोगको अपेक्षा गरिएको छ । धन्यवाद ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *