असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–२)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

शान्तिका अग्रदुत, नेपाल माताका सुपुत्र भगवान् बुद्धको शान्ति सन्देशलाई अगाडि राखी संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सिद्धान्तहरु अक्षरशः परिपालन गर्ने हामे ध्येयले नेपाल बाहिरी संसार सित नगिचिदै जान सकेको हो ।
हाम्रो परराष्ट्र नीति कुनै अन्त्राष्ट्रिय सामरिक गुट विशेषसंग संलग्न नभई तटस्थतामा आधारित हुने कुरा २०१७ पौष २२ मा स्व. श्री ५ महेन्द्रबाट बक्सेको घोषणा स्पष्ट भएको छ । तटस्थताको नीति कुनै अर्को बिचार धारामा आधारित छेन वास्तवमा यस दर्शनले दुई बिरोधी बिचार धाराहरुका बीच सुनौला साँघुको काम गर्दछ । साम्राज्यवादी र परतन्त्र देश, दुई शत्ति गुटको आपसि व्यवहारमा शिष्टता कायम गर्नेपट्टि हामी अवश्य बाचाबद्ध छौ भन्ने दृष्टिकोणबाट नेपालको बिदेश नीति अगाडि बढ्दै आयो । राष्ट्रिय लक्ष्य र हित नै अन्तराष्ट्रियताको मुल आधार भएकाले देशको
परम्परा र वास्तविकता सुहाउने गरी नेपालले परराष्ट्र नीतिमा स्वतन्त्र र तटस्थ नीति अपनाएको हो । बि.सं २०१८ भदौ १६ गतेदेखि शुरु भएको तटस्थ राष्ट्रहरुका अध्यक्ष तथा सरकार प्रमुखको सम्मेलनमा स्व. श्री ५ महेन्द्रबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ग्रहण गरिबक्सी युरोस्लाभियाको राजधानी बेलग्रेड सवारी भयो । बेलग्रेडमा सो शीषस्र्थ सम्मेलन आयोजना हुने निर्णय वि.स. २०१८ साल जेठ महिनामा संयुक्त अरब गणतन्त्रको राजधानी कायरोमा विश्वका तटस्थ राष्ट्रहरुको संयोजक समितिको बैठकले गरेको थियो ।
युगोस्लाभियाको राजधानी बेलग्रेडमा भएको ऐतिहासिक प्रथम शिखर सम्मेलन विश्वको तत्कालिन परिस्थितिमा ठुलो महत्वको थियो । विश्व शान्ति कायम गर्न खास हाम्रो जस्तो तटस्थ नीति अपनाउने राष्ट्रहरुको आफ्नो हितलाई सोचेर सबै तटस्थ राष्ट्रहरुले मिलीजुली विश्व शान्तिका लागि ठोस उपाय निकाल्न सकिने नेपालको विश्वास थियो । सोही महान् तथ्यलाई ध्यानमा राखी नेपालीहरुको विश्व शान्तिको आकाक्षालाई बुझिबक्सी मौसुफबाट स्वयम् उक्त सम्मेलनमा भाग लिने निर्णय गरिबक्सिएको थियो । यसैबाट नेपालको निम्ति बेलग्रेड सम्मेलनको महत्व छर्लङ्ग हुन्छ ।
स्वयम् मौसुफ सरकारबाट बेलग्रेड सम्मेलनमा भाग लिन सवारी हुदा विश्वको वर्तमान परिस्थितिमा विश्वशान्ति कायम राख्न खास गरी हाम्रो जस्तो तटस्थ नीति अपनाउने राष्ट्रहरुको पनि आफ्नो हितलाई सोचेर पनि ठुलो जिम्मेवारी भएको छ । भन्ने हुकुम भएको थियो । सबै मित्रहरुसंग मैत्रीपुर्ण सम्बन्ध कायम गरी विश्व शान्ति र अन्तराष्ट्रिय आर्थिक सहयोगको निमित्त प्रयास गर्नु हाम्रो परराष्ट्र नीतिको लक्ष्य हुने छ तथा हाम्रो परराष्ट्र नीति सं.रा. संघको बडापत्रका सिद्धान्त र उद्देश्यद्धारा प्रेरित हुनेछ भन्ने दृढतालाई अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने नेपालको उपयुक्त मञ्च थियो । हाम्रो वैदेशिक नीतिको आधाशिला सबै देशहरुसित शान्ति र मित्रता कायम गर्नु हो र यस नीतिलाई हामीले समुचित रुपले अख्तियार गरिआएका छौ । हामी शान्ति र समुन्नतीका स्रोतहरुलाई सधै बढावा दिनका साथै यसको समर्थन गर्दछौ । हाम्रो सबै संगको मित्रतापुर्ण व्यवहार र अन्तराष्ट्रिय सामरिक गृट विशेषसंग असंलग्न रही विश्वका हरेक समस्याको आफ्नो विवेकमा समाधान खोज्ने स्वतन्त्र परराष्ट्र नीति भएकोले अन्तराष्ट्रिय क्षेत्रमा खासगरी सं. रा. संघमा नेपालको प्रतिष्ठा बढाउन स्व. श्री ५ महेन्द्रबाट महत्वपुर्ण भुमिका खेलिबक्सेको थियो । असंलग्न आन्दोलनको संस्थापक सदस्यको भुमिका निर्वाह गर्न नेपाललाई मौसुफबाट ओजस्वी नेतृत्व प्रदान गरिबक्सिएको कुरा कुनै पनि राष्ट्रभक्त नेपालीले कहिल्यै बिर्सन सक्दैन । सम्मेलन पुर्व बेलग्रेड सम्मेलनको बारेमा विदेशी पत्रकारहरुसंग कुरा गरिबक्सिदै यस सम्मेलनबाट राष्ट्रहरुमा आपसि जानकारी बढ्ने विश्वशान्ति नै सब भन्दा ठुलो विषय छ आत्मनिर्णयको हक हरेकलाई हुनु पर्छ भन्ने कुरा प्रष्ट पारिबक्सिउको थियो ।
२०१८ भदौ १६ गते बिहान २५ तटस्थ राष्ट्रहरुका राष्ट्राध्यक्ष वा सरकारका प्रमुखहरको शिखर सम्मेलनको उदेघाटन युगोस्लाभियाका
राष्ट्रपति मार्शल टिटोले गर्नु भएको थियो । त्यस सम्मेलनको विचारार्थ निश्चित गरिएको विषय सुचीमा १) अन्तराष्ट्रिय स्थिति विचार विमर्श २)
अन्तराष्ट्रिय शान्ति सुरक्षा स्थापित गरेर तयसलाई दृढ गर्ने उपाय ३) जनता तथा राष्ट्रहरुको आत्म निर्णयको अधिकार, साम्राज्यवादको विरुद्ध संघर्ष, उपनिवेशवादको समाप्ति ४) राष्ट्रहरुको प्रभुसत्ता र क्षेत्रीय अखण्डताको सम्मान तथा तिनको आन्तरिक मामलामा हस्तक्षेप नगर्नु ५) जातीय तथा वर्ण भेदभाव ६) पुर्णतया आम निरस्त्रीकरण परमाणु परिक्षणहरु माथि प्रतिवन्ध, विदेशी सैनिक अड्डा ७) विभिन्न राजनैतिक र सामाजिक ढाँचा भउका राष्ट्रहरुमा शान्तिपुर्ण सह अस्तित्वको स्थापना ८) राष्ट्रसंघको गठन र त्यसको दायित्व त्यसका प्रस्तावहरु कार्यान्वयनमा ल्याउने विधि ९) अन्तराष्ट्रिय आर्थिक र प्राविधिक सहयोगको प्रोत्साहन १०) अन्य विषय र सम्मेलनको विज्ञप्ति समाविष्ट थियो ।
मैसुफबाट यो ऐतिहासिक सम्मेलनले सम्पुर्ण विश्वको ध्यान आकषिृत गरेको कुरा हुकुम हुदै सम्मेलनलाई दृढतासाथ अघि बढ्न प्रेरणा स्वरुप हाम्रो अगाडि जतिसुकै ठुलो कठिनायृ उत्पन्न भए तापनि जव हाम्रो कार्य कुनै उच्च लक्ष्यसंग सम्बन्धि रहन्छ हामी आफुप्रति ईमानदार रहनछौ जवसम्म हामी मानसिक र शारिरीक निष्क्रियताबाट प्रभावित हुदैनौ जबसमम हाम ियथार्थतामा अडिग रहन्छौ हामी पराजित नहुने मात्र होईन अन्त्यमा हामी एक्लै पनि पर्दैनौ भनी मार्ग दर्शन बक्सेको थियो । अन्तराष्ट्रिय परिस्थितिको चर्चा गर्दै मौसुफबाट बलिंन जमृनी प्रश्नबारे नेपाल चिन्तित रहेको कुरा उल्लेख गर्दै यस सम्मेलनको मुख्य उद्देश्य अन्तराष्ट्रिय तनाव घटाउनु हो भन्ने कुरामा जोड दिईबक्सियो ।
एपनिवेशवाद बिरोधी संघर्ष, नि शस्त्रीकरण, आणविक परिक्षणमाथि प्रतिबन्ध लगाउने वार्ताका सम्बन्धमा विशेष रुपमा नेपालका दृष्टिकोणहर राखिबक्सदै यस सम्मेलनको अगाडि कठिन कार्य उपस्थित छ भन्ने प्रष्ट गरिबक्सियो । असंलग्नताको परिभाषा गरिबक्सदे असंलग्नताको नीतिमा विश्वास राख्नु भनेको आधुनिक विश्वको सम्मुख उभिएको चुनौती, सैनिक चुनौती हो भन्ने सिद्धान्तलाई ईन्कार गर्नु हो र सैनिक गुटबन्दीबाट अलग रहनु भन्ने नकरात्मक अर्थमा शान्तिमय सह अस्तित्वको सिद्धान्तलाइृ प्रयोग गरियो भने त्यसको तात्पर्य असंलग्नता हुनेछ हुकुम भयो । आपसि एकताको बारेमा मौसुफबाट आर्थिक र सांस्कृतिक सम्पर्कका सकारात्मक बुदाहरुको विकास गरी हामीले हाम्रो बीच एकता कायम गर्ने कोशिश गर्नु पर्छ भन्ने सुझाब राखिबक्सियो । असंलग्नता प्रतिको नेपालको प्रतिबद्धता ज्यादै गहिरो छ । असंलग्न राष्ट्रहरुका राष्ट्राध्यक्षहरुको सम्मेलन गर्ने विचार प्रस्तुत गरिो वितिकै नेपालले त्यसलाइै तुरुन्तै स्वीकार गरेको हो । सम्मेलनको सफलताको लागि यथाशक्य योगदान पनि दिएको थियो । यसरी नेपालले सम्मेलनको सफलता प्रयोग गरेका शब्दमा होईन गरेका काममा भर पर्ने कुरामा विश्वास गर्दै सम्मेलन पछि यसले धेरै लाभदायक काम गरेको सिद्ध भएको छ । स्व श्री ५ महेन्द्रबाट यस सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त केही व्यक्तिहरुसंग निजी सम्पर्क विकास गर्ने मौक दिएकोमा सन्तोष व्यक्त गरिबक्सिएको थियो ।
उक्त सम्मेलनमा मोसुफबाट बक्सेको सम्बोधन भाषणबाट केही अंश यस सम्मेलनको अगाडी कठिन कार्य उपस्थित छ । हाम्रो काम वर्तमान परिस्थितिमा तनाब घटाउने दिशातर्फ केही खदिलो योगदान हो । यहा उपस्थित हामी सबैको विश्वासको साझा पक्ष, शान्तिपुर्ण सह अस्तित्वको सिद्धान्त अनतराष्ट्रिय स्थितकिो यथाथृतालायृ मानयता दिउकोबाट उत्पन्न भएको सिद्धान्त हो ।
यसै कारणले शान्तिपुर्ण सह अस्तित्वलाई एशिया, युरोप तथा ल्याटिन अमेरिकाका देशहरुबाट झन झन् बढी संख्यामा मान्यता प्रदान गरिदैन ।
सैनिक गुटबन्दीबाट अलग रहनु भनने नकरातमक अथृमा शानितमय सह अस्तित्वको सिद्धान्तलाई प्रयोग गरियो भने यसको तात्पर्य असंलग्नता हुनेछ । हाम्रो रायमा, असंलग्नताको नीतिमाथि विश्वास राख्नु भनेको आधुनिक विश्वको सम्मुख उभिएको चुनौनी सैनिक चुनौती हो भन्ने सिद्धान्तलाई ईन्कार गर्नु हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *