नेपालका युवा जो स्वदेश र विदेशमा बसेका छन् उहाँहरुलाई मात्र खुलापत्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

म पनि युवा नै भएको भए के गर्दथे थाहा छैन तर हे यस सवतन्त्र स्वाभी मानी स्वतन्त्र विशाल राष्ट्रका युवाहरु हे आज तपाईहरु मेरो मन मष्तिष्कमा कसरी आयो म स्वयम पंक्तिकारलाई थाहा छैन त्यसैले म अचम्ममा रही एक उमंगरुपी समुद्रमा पौडीदैछु । खुला आकाशको छानामुनी दगुर्र्दैछु । कल्पना सपनीको होइन यथार्थ भोगाई र चहाना हो तपाईहरु संग भेट्ने मेरा दुषित कल्पनाले मात्र हैन पवित्र आत्मियता मानवीयताले मेरो आवाजहरु तपाईहरुको कानसम्म मात्र हैन आँखाको सामुन्यमा पुगी निरोगी उत्साह उमंग भरिएको वा नैरास्यताको मन मस्तिष्क मात्र होइन एक निरोगी मस्तिष्कले विश्लेषण गरिदिनु हुनेछ । साथै हाम्रा यस देशका विद्वानहरुले पनि करेक्सनका साथ युवा समुदायसम्म पुर्याई दिनु हुनेछ । अन्यथा पुरा हुने छैन । आज नेपालको धर्तिबाट युवाहरु पलायन हुने क्रम जारी रहेको छ । हाम्रा कुपुत्र नेताहरुको दुस्वन्नका कारण युवाहरुको कैयौ पिडीले शिक्षा आर्जन गर्न पाएन ।
२०४६ सम्म आई पुग्दा पिडीका पिडी बरवाद भए भने २०५२ मा आन्दोलन, क्रान्ति, नैरासयता, प्रतिसोध के थियो जसरी मैले आजसम्म बुझ्न सकेन र रनथनिएकै छु, के तपाईहरुले पनि निरासा जनाउन देश छोडी परदेश जानु भएको हो वा नयाँ सीप लिएर स्वदेश फर्कन जानु भएको हो ? यदि म जन्म दिने आमाको लागी थोरै पनि गर्न सक्दैन भने मेरो सार्थकता के रह्यो । हे युवाहरु हो जहाँ पनि हुनुहुन्छ जहाँ बसे पनि आशा छ आमाको स्याहार जे जसो भए पनि मन मस्तिष्कमा हाम्री साँझा जननी रही रहनेछन् । आज यो देश बाझो भएको छ । सिस्नो पनि नउम्रिने धर्ति भएको छ । सुन फलाउन कल्पना बोकेको देशले सुरागन्धक फलाई रहेको छ जो विनासकारीको निसानी पनि हो सुरा गन्धकद्वारा उहीलेका सिकारीहरु भरुवा बन्दुकमा प्रयोग गर्न बारुद बनाउथे र अन्त त्यही बारुदका निसाना हाम्रा युवा, जवान सबै भए २०/२५ हजारको मृत्यु भयो हराए वेपत्ता पारियो । २०४० सालमा जन्मेका बालकहरु २०५३ सालमा १२ वर्षका भयौ आमा बुवाले कक्षा ५/६ सम्म स्कुल पुर्यायो, कयौ आमा बुवाले कक्षा ५/६सम्म स्कुल पर्यायो, कैयौं छात्रछात्राहरु माओवादीको अभियानमा गयौं कोही लडाकु बन्यौ उतै विलायौं कोही बच्यौ घर फर्कियौ कोही सक्षम लडाकु बन्यौं कोही असक्षम लडाकुको नामबाट विचल्लीमा परेका छौं । कोही अपांगताको जीवनमा बाची रहेका छौं । बचेकाहरुको गधा पच्चीसे बैस पनि नाघी सक्यौं । यस देशको खातिर जीवन बर्वाद गर्यौ म कसरी भन्नु तर बरवाद गरायो भन्न म सक्दछु ।
एमाले र नेकाको कमजोर अदूरदर्शिता सत्ताको उपज थियो माओवादी शसश्त्र आन्दोलन मैले पनि त्यसमा रमाउने चाहना खोज्दै थिए । कारण सरकारी पिडित म पनि थिए सम्पुर्ण जनता पिडित भए २०४६ देखि देशमा भएका उद्योग कलाकारखानामा ब्रहमलुट भयो मित्र राष्ट्रहरुले नेपाललाई दिएको दाईजो स्वरुपका कृषि औजार कारखाना विरगंज छालाजुत्ता कारखाना, चिनी कारखाना, सिगरेट कारखाना, कपडा कारखाना धागो कारखाना, खोटो कारखाना, सिमेन्ट कारखाना आदि कयौ उद्योगहरु कवाडीको भाउमा विक्रि गरी रक्सीका कारखाना बरु खोलिए ।
नेपाली जनताका कारखाना बेची विदेशी नागरिकद्वारा केही उद्योगहरु खुलेका छन् । खोल्नमा हौसला दिएको छ तर रोजगारी भने नेपाली युवाहरुले कमै प्राप्त गरेका छन् । हे युवाहरु हो अव गधा पच्चीसे नाघी सकेका छौं त्यसैले पनि अब यस देशको लागी गम्भीर भएर सोच्नु पर्ने अत्यन्त जरुरी भई सक्यो । कति बस्दछौं विदेशमा मात्र, तपाईहरुको रेमटिान्सले देश चल्न लागेको नभई देश सिद्धिन लागेको छ ।
निकासी जन्य उत्पादन र व्यापार छैन विदेशीएका युवाहरु तथा मुस्लीम देशहरका घरेलु नोकरमा रहेकी हाम्री दिदी बहिनी, श्रीमती, आमाले पसिना रगत बगाएर मात्र होइन हिंसामापनि सामान्य हिंसा नभएर अवस्था उमेर अनुसारको यौनजन्य तथा अमानवीय हिंसा सहेर कमाएको पैसा रुपी रेमिटान्सले कहिले सम्म यो देश धानिएला । रेमिटान्सबाट ओद्योगिक उत्पादन गर्न कच्चामाल मेसीनरी ओजार वैज्ञानिक प्रविधि खरीद गर्न नभएर विदेश निर्मित गाडीहरु खरिद गरीनेता कर्मचारीहरुले प्रयोग गरी खरबौ रकम सवारी साधनमा खर्च गरी मोज मस्ती उडाएका छन् तर त्यो होइन कि साँझा यातायातमा भने खर्च गरेको १/२ वटा वाइडबडी नामका जहाज हुन । जसमा लाखौं होइन करोडौं नभएर ५/६ अरब भ्रष्टाचार गरेका प्रमाणहरु नेताहरुले नै भाग हिस्सा नपाउदा र घटीबढी पाउदा खुलासा गरेका छन् । आज तपाई हाम्रो सामुन्यमा देश लुटिएको छ । हाम्रो धर्म सस्स्कृति माथि मात्र नभई देशको स्वाभिमान जनताका भावना माथि नै दमन भएको छ । स्वाभिमान गुमाउने दुस्प्रयास भएको छ । ग्रेटर नेपालको नारा दिएर खुम्चिएको नेपाललाई समेत झन खुम्चाउदै छन् ।
देशमा अराजकताको स्थितिको सुरुवात भैसकेको आभास हुदैछ । राष्ट्रलाई माथि उकाल्न खोज्नुको बदला व्यक्तलाई माथिल्लो तहमा उठाई देशमा झन अराजकता फैलाउने प्रयास सफल भई रहेको छ । सफल गरि रहेका छन् । एक गरिव विद्यार्थीका इच्छा आकांशामा आघात पुग्दैछ देशमा बसी राष्ट्रकै सेवा गर्ने भावना बोकेका युवा युवतीलाई देश निकालाको प्रयास भईरहेको छ ।
विश्व मानचित्रमा नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो थियो र छ तर आज हाम्रा नौला बन्दुकको साथ लिएर उदय भएका नेताहरुले गर्दा हामी हाम्रो नेपाललाई भारतको अंग हो भन्ने कुरा अमेरिकनहरुबाट भन्न लगाएका छन् ।
पत्रपत्रिका फेसबुक ट्वीटरमा देख्दा अचम्ब लाग्यो वर्तमानका २ तिहाईको सरकारका पार्टी नेताले भेनेजुएला र अमेरिकाको बारेमा केही कुरा बोल्ने फेरी फसाएको हो बोले भन्नु जस्ता कयौं घटनाहरु छन् । हामीलाई दुःख लाग्ने कुरा सव्रप्रथम त त्यही हो जस्तो नेपालको इतिहास मेटाउने दुस्प्रयास गरी
रहेका छन् । निरन्तर त्यो कार्य जारी रहेको छ । देशलाई एकिकरण गर्ने र त्यसपछि पनि जोगाउने काम जंग बहादुरको पालासम्म रही रह्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा वीर पुरुष भक्ति थापा, अमर सिंह थापा, वीर बलभद्र कुँवर जस्ता योद्धाहरको मेहनतले नेपाल एकिकरण भयो । ५ हजार वर्ष पुरानो हिन्दु धर्म र ५ सय वर्ष पुरानो नेपालको इतिहास मेटाउने काम भई रहेको छ । नेपाली र नेपालको स्वाभिमान गौरवपुर्ण गाथा रहेको इतिहास जोगाई नेपालको पहिचान विश्वसामु पुर्याउने जिम्मा आज हाम्रा युवाको हातमा आएको छ । २००८ सालसम्म नेपालमा सडक थिएन थानकोट काठमाडौं त्यसबेलाको नेपालमा घोडाहरुको बग्गी चल्ने बाटो बनाएको थियो, पछि त्यसैमा जीप चलाउन अमलेखगन्जको बाटो गरी जीपहरु मानिसले बोकेर थानकोट पुर्याई राणाहरुका घर घर काठमाडौंमा केही वर्ष बोकेर लगेका जीपहरु चलाएका थिए । २००८ मा त्रिभुवन राजपथ बन्यो त्यसपछि कोदारी राजमार्ग । हे युवाहरु हे स्वदेशमा रहेकाले स्वदेशबाट र विदेशमा रहेकोले विदेशबाट नै औद्योगिक क्रान्ति सुरु गरौं र यो देशलाई अनेकताबाट एकतामा बाँधी विश्वमानचित्रमा नेपालको गौरव राखौं भन्ने नेपाल आमाको आशिर्वाद रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *