किन सरकारले विद्यार्थीको जीवन वर्वाद गर्दैछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमानको सरकार र वर्तमानकै नेताहरु हात्तिका दाँतझै भएका छन् । देखाउने दाँत र खाने दाँत अलग अलग झै किन भएको छ । एकतर्फ सरकारले युवा युवतीको पक्षमा देखिए जस्तो गरेको छ, रोजगार देश भित्रै दिने प्रतिबद्धता गरेका छन, गरिरहेका छन तर जनताले विश्वास गर्न नसकिने ठाउँ भने पाईला पाईलामा छन् । बालबालिकाहरुको पढाई अवरुद्ध हुने गरी क्याम्पस विश्वविद्यालयहरुमा हड्तालको नाममा बन्द गर्ने क्रम रोकिएको छैन । प्रमाणको लागि त्रिविवि अन्तर्गतको गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुबाट विना नगदी रसिद भरपाई बेगर तोकिएको भन्दा बढी रकम लिएर पनि बुझेको नगदी रसीद नदिई त्यो पैसा न विद्यार्थी सित रह्यो न क्याम्पस सित केवल बढी उठेको लाखौं रकम बिचौलियाले विचैमा खाईसक्यो चिकित्सा विज्ञान पढ्ने विद्यार्थीहरुका आमाबुवाले खेत घर बेचेर, बैंक ऋण निकालेर लाखौं रुपियाँ क्याम्पसमा दिई सकेका छन् ।
त्रिभुवन विश्वविद्यालयले तोके जतिको रकम भन्दा बढी ७०/८० लाख भुक्तानी गरेता पनि सबै रकम बुझेको भरपाई माग्दा नदिएको र तोकिएको भन्दा बढी नलिनु भन्ने निर्देशन भए र पनि लिएकाले रकम न फिर्ता दियो न बुझेको भरपाई त्यस
कारण ४/५ दिनदेखि गण्डकी चिकित्सा विज्ञान अध्ययन संस्थानमा विद्यार्थीले ताला लगाई राखेका छन् । के लाखौं रुपियाँ क्याम्पसले उठाई सकेपछि भरपाई दिनु पर्दछ कि पर्दैन यो काम क्याम्पसले आफू खुसी गरेको भए सरकारबाट कारवाही हुनु पर्नेमा भएको देखिदैन त्यस कारण सरकारी उच्च ओहदामा पदाधिकारीहरुको मिलोमतोमा भएको होइन भन्ने आधार केही छैन । सरकार र नेताहरु युवाको लागी रोजगारी स्वदेशमा नै दिन्छौं भन्छन् तर
स्वरोजगार तथा नेपाली जनताको सेवा गर्ने उद्देश्य लिई
अध्ययनरत विद्यार्थीको शोषण भई रहेको छ । भरसक निःशुल्क शिक्षा दिनुपर्ने ठाउँमा आफूले जायजेथा गरेर ल्याएको सम्पत्ति दिएर पनि सरकारले पढ्ने माहोल बनाई दिनुको साटो उल्टै अपठ्यारोमा पारी विद्यार्थीहरुको शोषण गरी राखेका छन् । कुलपति र उपकुलपति सित यी घटनाको जानकारी पुगेको छैन भन्न मिल्दैन तर कारवाही गरिदिएको छैन अव को सित जाने भन्ने कुरा भन्न मिल्छ । यस देशका नेताहरुले ध्यान दिनुपर्दछ कि २÷४ वर्ष शिक्षा क्षेत्रमा अवरोध भएमा युवाहरुको जीवन धरापमा पर्ने निश्चित छ । देशभरी डाक्टरहरुको उपस्थिति नहुन सकेको समयमा सरकारले खर्च दिएर भएपनि चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुलाई थप सुविधा दिएर पढाई पुरा गरीदिनुपर्नेमा विभिन्न बहानाबाट अलमल्याएर पैसा र दिमागको शोषण गरिराखेको
छ ।
यसैको लागि डाक्टर गोविन्द केसीले १६ पटक अनसन बसिसकेका भएपनि त्यसतर्फ सरकारको कुनै ध्यान गएन । यदि उनले गरेका चाहना अनुसार केवल मेडिकल क्षेत्रमा सुधार गरिदिएको भए र मेडिकल कलेजको नामबाट भ्रष्टाचार नगरेको भए यहाँका युवा युवतीहरु देश छोडेर पढ्न विदेश जान बाध्य हुने थिएन । एकातर्फ देशले मेनपावर (चिकित्सक) पाएको छैन भने अर्कोतर्फ चिकित्सक उत्पादन गर्दाखेरी नै भयावहको सिर्जना गरी पढाई अवरोध पुर्याई युवा विद्यार्थीहरुको जीवन नै पुर्ण वर्वाद गर्न नसकेपनि पछाडी धकेल्ने जो बदनियत भईराखेको छ त्यसको लागि सम्पूर्ण नेपाली जनता खेद प्रकट गर्दछन् र अरु जे सुकै गरे पनि केही ढिलो हुन्छ त्यस बारेमा सरकार जिम्मेवार छ हाम्रो भन्नु केही भएपनि हामी रोकिदिन्छौं तर छोटो जीवनमा पढाईको लागि २० वर्षे अवधिलाई १० वर्ष बर्बाद गरिदिने हो भने भन्नुहोस एउटा विद्यार्थीको जीवन कस्तो रहला ? त्यसकारण हाम्रो भनाई के छ भने शिक्षा क्षेत्रलाई मात्र व्यवस्थित र बन्द हडतालबाट र विद्यार्थीको शोषण मात्रै पनि बन्द गरिदिने हो भने यो देशका जनताले अवश्य सुख शान्ति पाउने छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *