लगानी सम्मेलन खतरामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालको अर्थ व्यवस्था वैदेशिक ऋण लगानी, अनुदान आदिमा निकै निर्भर छ । अन्तरराष्ट्रिय जगतमा असहयोगको मनस्थिति बने शासन व्यवस्थामा नै गंभीर संकट आउन संभव छ । त्यसरी ऋण अनुदानबाट प्राप्त रकममा समेत ब्रहमलुट हुने गरेको छ । नेपाली इतिहास रक्त रंजित घात प्रतिघातले भरिपुर्ण छ । हत्या हिंसा मारकाट जसरी पनि शासन सत्ता आफ्नो हातमा लिनका लागि कमै पछि नपरेका होलान अन्यथा १०४ वर्ष राणा शासनका प्रवर्तक कुँवर जंग बहादुर स्वयम् कोत पर्व, भण्डार खाल र अलौकाण्ड हुदै श्री ३ प्रधानमन्त्री बनेर
राणाको उपाधि स्वयम् तत्कालिन शासकका स्थापना राजाबाट प्राप्त गरे उनको मृत्यु पश्चात उनकै समूल वंश नाश पार्दै उनकै भाई भतिजाहरु शासक बन्न सफल भए यो सव गर्नको उद्देश्य देशको ढुकुटी निजि पार्नकै लागि थियो । तथापी जंग बहादुरको तिलस्मी प्रभाव यति विशाल थियो कि पश्चातका राणा शासकहरुले आफ्नो नाम पछाडी जंग बहादुर राणा लेखाउने गरे ।
राणाकालिन समय पुर्व पनि भाई भारदारहरुमा भीषण मारकाट चलि नै रहन्थ्यो । पाण्डे र थापाहरुका बीचमा त भयानक मारकाट थियो यी सबैको मूलमा राष्ट्रिय ढुकुटी र शासकीय शासन प्राप्ति नै थियो, यो क्रम भंग भएको छैन, राणाहरुलाई परोक्ष लुटेरा भनिए पनि लूटको
रकम महल आलीशान भवन निर्माणमा लगाए तिनले बनाएका दरबारहरुले आज राज्य सञ्चालनमा अहम भुमिका निर्वाह गरेको छ । देशको प्रमुख शासकीय केन्द्रको प्रतिक सिंह दरबार श्री ३ प्रधानमन्त्री चन्द्र शम्शेरले बनाएका थिए त्यसै गरी शितल निवास बहादुर भवन लगायत पनि राणाहरुकै देन हुन । आजका नवेदित राणाहरुले त्यो भूल गर्दैनन् । स्वीस पानामा लगायतका बैंकहरुमा लूटको सम्पत्ति सुरक्षित
राखेका खबर सञ्चार माध्यमहरुमा निरन्तर आई रहन्छन्, गरीबीले आक्रान्त हामी बहुसंख्यक नेपालीहरुका नाममा लूट हुने गरेको छ । हिजोका गरीव आज नवधनाड्य बनि सकेका छन् ।
गरीवहरुका मसीहा बनेका यी लुटेराहरुको सक्कली पहिचान सहजै भईरहेको छ । नयाँ नेपालमा यसरी पोल खुल्दै जानु नै सर्वाधिक महत्वपुर्ण उपलब्धि मान्नै पर्छ जतिसुकै कुशलतापुर्वक छिपाउन खोजे पनि बुख्याचा खडा गरे पनि सहजै थाहा हुने क्रम भंग भएको छैन । दलहरुका जे सुकै नाम र एजेण्डा भए पनि मूल लक्ष्य एउटै छ आन बान शान, गाट लूट विशेषाधिकार बनि सकेकोछ । कसैले यस्तो किन भन्यो कि अग्रगमनको बाधक पुरातन पंथी जनविरोधी समेतका विपुल उपाधिले मण्डित गरिव त्यसैले त दलहरुप्रति घोर अविश्वास पैदा भएको छ ।
देशको शुसाशन सञ्चालनमा महत्व भूमिका निर्वाह गर्ने पात्र नेताजीहरुलाई गाली र निकृष्टताको प्रतिक भनि चर्चा हुनु दुर्भाग्यपुर्ण
हो । लूटको तरिका पनि गोप्य छैन हाका हाकी परम्पराकै रुपमा निर्वाह भईरहेको छ ।
त्याग तपस्या र बलिदान गर्ने अभागीहरु त यिनै लुटेराहरुलाई मलजल गर्न भएको रहेछ । त्यसैले त त्याग तपस्या र बलिदानका लेवलधारी नवधनाड्य बनेका र ऐसले बसेका छन् भने वास्तविक बलीदानी ५० डीग्रीको जानलेवा गर्मीमा खाडी मुलुकमा अर्को बली भइरहेका छन् । निर्लज्जहरु उनकै रेमिटान्सबाट आएको रकममा समेत ब्रहमलूट भईरहेको छ । जोश जागरको
रिहर्सल गर्ने क्रममा यी कथित नायकहरुका बोलीभाकाले तुफान खडा भएको देखिन्छ । देशको असंलग्न विदेश नीति भन्दै अपरिपक्व शैलीमा भएका बयानबाजीले अभूतपुर्व परिवर्तनको दिशा तय गरेको आभाष भईरहेको छ ।
प्राकृतिक विपदाका नाममा आएका भौतिक आर्थिक सहायताका व्यापक लूट भएकै कारण सहायता दिनेहरु शिथिल गरी सकेका छन, बोले कबूल गरेका रकम समेत दिएका छैनन् । देश भित्र लगानी मैत्री वातावरण बनाउने सभा गोष्टीहरु औपचारिकतामा सिमित भएका परराष्ट्र मन्त्रीले प्रधानमन्त्री समाविष्ट भएका परराष्ट्र मन्त्रीले ब्रिफिङ गरेको गोष्ठीमा अमेरिकन राजदूत शामेल नहुनु सामान्य घटना हुन सक्तैन । सहायता दिए वाफत आत्मसम्मान नै बन्धक राख्ने त होइन तर सरोकार नै नभएका विषयमा चिढाउनु दातालाई नै विना राष्ट्रिय स्वार्थ गम्भीर असर पार्ने गरी वक्तव्यबाजी गर्नु गम्भीर बहशको विषय बनेको छ ।
सामर्थ अनुसार चल्नु समय सापेक्ष हुन्छ तर विश्वकै नायक शैलीमा औकात क्षमताको अन्दाज नै नगरी हुने कार्यका घातक परिणाम नेपालले निकट भविष्यमा देख्न सक्छ त्यसबाट लुटेराहरुको झोलीमा पनि असर पर्ने नै छ तर हामी सर्वसाधारणलाई यसले फरक पार्दैन किनभने आफ्नै देशमा शरणार्थी जस्तो बनेका हामी निमुखाहरुलाई कुनै लाभ हानी हुन सक्तैन, कसैको झोला बोक्न नचाहने नसक्नेहरुका लागि नेपालमा शान्ती र सूखपुर्वक जीवनयापन मृगतृष्णा बाहेक अरु केही हुन सक्तैन, नेपालमा लगानी गर्न जति सुकै आग्रह अनुनय गरे पनि अनिच्छुक रहने कारणको मूलमा बाहुबली प्रकोप कमिसन भ्रष्टाचारको आतंकले आजीत कोही पनि व्यर्थमा निजी अमन खलल् पर्ने गरी कसरी रकम लगानी गर्ला सहयोग रकम व्वाँसाहरुले हजम पार्ने आशंका समाप्त नभए सम्म वैदेशिक सहयोग खतरामा पर्ने सम्भावना बढेका छन् ।
यो दुर्भाग्यपुर्ण स्थितिलाई समयमा बुझ्न सकिएन भने अन्तरराष्ट्रिष्य जगतमा नेपाल र नेपाली कहाँ पुग्लान गंभीर चिन्ताको विषय बनि सकेको छ । नायकहरुका हाँक वास्तवमा नै “घुइतडीका शेड्या”को हाक भन्दा कम भएको देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *