असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजतन्त्रात्मक हिन्दु अधि।ाज्य नेपाल शताब्दिदेखि आफ्नो अटल अस्तित्व र स्वतन्त्रताको गौरब बोकेर उभिएको छ । वास्तबमा नेपालले संसारमा ईतिहासको क्रमलाई आफ्ना जस्तै अरु कैयौ राष्ट्रहरुलाई अस्तित्वमा बाच्न सिकाउन ठुलो प्रेरणा दिएको छ भनेमा अत्युक्ति होईन । नेपाल कसैको दबाब, थिचोमिचो र सह अस्तित्वलाई प्रभाव पार्न कुनै किसिमको वार्तामा कसैले कसैलाई पार्न खोजेको हेर्न सक्दैन । कसैलाई यस्ता स्थितीमा पारेर उसको प्यारो राष्ट्रिय अक्षुण्णता माथि प्रभाव पार्न पनि चाहदैन । अकाृको कदर गर्न जानेमा मात्र आफ्नो कदर हुन्छ भन्ने शाश्वत मानवोचित व्यवहारलाई नेपालले गरेर नमुना प्रस्तुत गरेको छ । असंलग्नको प्रमुख मान्यता पनि यही हो र असंलग्नताको सिद्धान्तको जन्म हुनुपरेको कारण पनि यही हो । नेपालले सहअस्तित्व, स्वतन्त्रता पारस्परिक आदर्शहरुलाई संयुक्त राष्ट्र संघले बडापत्रको माध्यमबाट संसारमा मर्यादा दिलाउन सक्छ भन्ने विश्वास गरेको छ । शान्तिको बीज नै सहअस्तित्वको भावनाबाट उत्प्रेरित हुन्छ । श्री ५ महेन्द्र तथा राष्ट्रनायक श्री ५ बीरेन्द्रबाट अन्तराष्ट्रिय जगतमा सहअस्तित्वका प्रमुख व्याख्यातामा गौरबपुर्ण भुमिका निर्वाह गर्न सफल होईबक्सेको कारणबाट नै नेपालको परराष्ट्र नीतिका बहुपक्षिय क्षेत्रमा उच्चतम कदर हुन गएकोमा सम्पुर्ण नेपालीहरु आफुलाई धन्य सम्झन्छन् ।
शान्तिपुर्ण सहअस्तित्वका सिद्धान्त बाहेक अरु कुनै विकल्प छैन भन्ने नेपालको धारणा रहेको छ । यस कुराको पुष्टि श्री ५ बीरेन्द्रबाट हुकुम भएको यस उद्धरणबाट मिल्दछ । असंलग्त राष्ट्रहरुले सदैब स्वतन्त्रता र आपसि आड भरोसामा विश्वास गरेका छन् । बेल्ग्रेडमा स्वतन्त्रताको नीतिको अनुसरण गर्न हामीले मञ्जुर गर्यौ र स्वतन्त्र परराष्ट्र नीति असंलग्नताको एउटा पुनीत सिद्धान्त हो भन्ने सम्झ्यौ । तर साथै विभिन्न राजनैतिक र सामाजिक व्यवस्था भएका राज्यहरुका बीच सह अस्तित्वको नीतिलाई पनि स्वतन्त्रताको नीति जत्तिकै महत्व दिएका हौ । संसारको हरेक राष्ट्रले आफ्नो सरोकारका विषयहरुमा स्वतन्त्र दृष्टिकोण अपनाउने र पुर्ण समानताको आधारमा विश्वव्यापी प्रभाव भएका सबै अन्तराष्ट्रिय निर्णयहरुमा भाग लिने परिस्थिति जति जति विकसित हुदै जान्छ उत्तिकै अनुपातमा शान्तिको क्षेत्र विस्तृत र उज्ज्वल हुदै जान्छ, तर हामी एउटै विश्वका प्राणी हुनाले अन्तराष्ट्रिय सम्बन्धहरुको रचनात्मक संगठनको लागि विभिन्न राष्ट्रहरुका बीच सहयोगको आवश्यकता पर्दछ । यदि सहयोग सम्भब छैन भने सह अस्तित्व त एउटा अपरिहार्य आबश्यकता बन्दछ ।
श्री ५ बीरेन्द्रबाट शान्तिपुर्ण सह अस्तित्वको महत्व तथा आवश्यकताबारे विभिन्न अवसरमा राष्ट्रिय जमघटमा, प्रकाश पारिबक्सेको छ । यस सम्बन्धमा प्रस्तुत उद्धरण विशेष उल्लेखनिय छ प्रत्येक देशको स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्ने खाँचोप्रतिको आफ्नो दृढ विश्वास दोहोर्याउदै के कसो गर्नाले व्यक्ति व्यक्ति र राष्ट्र राष्ट्रबीच सामञ्जस्य मेलमिलाप र शान्ति कायम राख्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गर्न चाहन्छ । संसारको हरेक देश भोगोलिक बनोट ऐतिहासिक अनुभव, सामाजिक पृष्ठभुमि तथा आर्थिक विकासको अवसथा आदिको दृष्टिले एक अर्काबाट भिन्न हुन्छ भन्ने कुरा निर्विवाद छ । जसरी उनीहरुको सामाजिक रीतिथितिहरु ऋाफ्नै खालका भइृ अरुदेखि फरक हुन्छन् त्यसै गरी उनीहरको राजनैतिक व्यवस्था पनि विभिन्न ऐतिहासिक परिस्थिति, अनुभव र संस्कृतिबाट बिकसित भएका हुन्छन् । त्यसो हुनाले नै प्रत्येक राष्ट्रको आ–आफ्नै मौलिक बिशिष्टता हुन्छ । हाम्रो बिचारमा हरेक राष्ट्रको यो मौलिक बयक्रितवलायृ कसैले चलाउन, बिगार्न वा नाश गर्नु हुदैन । तर दुर्भाग्यबश यदि कोही आफ्नो मतान्धताले केवल आफनै बिचार, आफनै धारणा वा आफ्नै बिश्वासलाई समाजमा थोपार्न खोज्छ भने त्यसबाट जहिले पनि तनाब र बिबाद मात्र उत्पन्न हुने गर्दछ । त्यसैले
राष्ट्र राष्ट्रबिचको सम्बन्धमा प्रजातान्त्रिक मर्यादा विकसित हुन दिन प्रत्येक राष्ट्रले एक अर्काको मौलिक विशेषतालाई मान्यता प्रदान गरेर आफ्नो बिचारधारा अरुमाथि थोपार्नबाट आफुलाई संयमित गर्न अति आवश्यक छ ।
जसरी कुनै मानिसलाई स्वतन्त्र रुपले आफ्नो जीवनयापन गर्नका लागि अकाट्य अधिकारहरुको आवश्यकता पर्दछ, त्यसैगरी राष्ट्रको निमित्त पनि अरुले उल्लंघन गर्न जहुने किसिमका अधिकारहरु अपरिहार्य हुन्छन् ।
हामी स्वतन्त्रताका पुजारी हौ । देशको गौरब र स्वतन्त्रता हामीलाई ज्यादै प्यारो छ । कुनै देशको डर भर नमानी हरेक अन्तराष्ट्रिय विषयमा कसैसित नअल्झी कुनै शक्ति विशेषको पछि नलागी प्रत्येक कुरामा आफ्नै विचारधारा बमोजिम स्वतन्त्र तवरबाट निर्णय गर्ने हाम्रो नीति छ । संयुक्त राष्ट्र संघ तथा असंलग्न अभियानबाट हाम्रो यस नीतिको पुष्टि हुदै आएको छ । अन्त्राष्ट्रिय सुसम्बन्ध शान्तिको लागि अन्तराष्ट्रिय मञ्चमा हुने बिचार विमर्शमा यही उपाय मात्र सहायक हुन सक्दछ भन्ने नेपालको भावना छ ।
सोही अनुरुप भौगोलिक स्थिति, ऐतिहासिक सम्बन्ध र परम्परा तथा राजनीतिक र आर्थिक आबश्यकताको पृष्ठभुमिमा नेपालको
परराष्टनीति स्वतन्त्र तटस्थ एवं अन्तराष्ट्रिय न्यायको पक्षपाती रहदै आएको छ । नेपालले अपनाएको असंलग्न परराष्ट नीति पञ्चशीलका सिद्धान्तहरुमा आधारित छ । यी सिद्धान्तहरुमा यस्तो कुनै कुरा छैन जुन संयुक्त राष्टसंघको घोषणा पत्रमा समाबेश भएको छैन । नेपालले उक्त पञ्चशीलका सिद्धान्तको परिपालनलाई संझैको छ । अन्तराष्ट्रिय शान्ति स्थायी गर्नलाई मुलुकहरुका बीच बिचार र ज्ञान, समाचार आदिको आदान प्रदान गर्ने संस्कृतिक आदान प्रदान गर्ने एवं आपसी मतभेद शान्तिपुर्ण तरिकाले सुल्झाउने सुयोगहरुको सबै राष्ट्रहरुले बढी से बढी फाईदा उठाउनु पदृछ । आवश्यक भए त्यस्ता सुयोगहरुको सिर्जना समेत गरिनु पर्दछ । जुनसुकै राष्ट्रिय वा अन्तराष्ट्रिय सिद्धान्त र धर्ममा रहेको सत्य अमर छ भन्ने तथ्यको विश्व ईतिहासबाट नै असंलग्न परराष्ट नीतिको आवश्यकताको बोध हुन्छ । हजारौ वर्षदेखि आफ्नो स्वतन्त्रता कायम राखी आएको तथ्यले पनि शान्तिपुर्ण सह अस्तित्वको व्यावहारिकता सिद्ध गर्दछ । अहिलेको परमाणु युगमा पनि यही तथ्य सबै राष्ट्रका लागि पुर्ण रुपले व्यावहारिक छ भन्ने नेपालको विश्वासले नै असंलग्न परराष्ट्र नीतिको अबलम्बनमा प्रेरणा मिलेको छ । नेपालले दृढतापुर्वक आफ्नो परम्परा अनुसार सबै राष्ट्रहरुसंग मित्रताको नीति अपनाएको छ । हामी नेपाली विश्वभर शान्ति र मित्रता चाहन्छौ यसै नीतिलाई आफ्नो पथप्रदर्शक मानेर चलिराखेका छौ र भविष्यमा पनि हामीसंग सम्बन्ध भएका देशहरुको मित्रता र सद्भावनालाई बलियो बनाउन चाहन्छौ । शान्तिप्रिय देशहरुसंग मित्रता बढाउन, विश्व शान्तिको समर्थन र वृद्धि गर्न हामीलाई असंलग्नताको माध्यमबाट ठुलो ढोका खुलेको छ । शान्तिमार्ग आजको अणुशक्तिको युगमा पनि वैज्ञानिक तथा व्यावहारिक ढंगबाट मानब जातिको अगाडि प्रष्ट रुपमा देखिनु असंलग्न सिद्धान्तको सफलताको द्योतक हो ।
२००७ सालको ऐतिहासिक परिवर्तनपछि नेपाल संसारका प्रगतिशील देशहरुको निकटतामा आउन सचेष्ट भएको हो । त्यसै बखत देखिनै हाम्रो वैदेशिक नीतिको ध्येय सबैसंग मित्रता स्थापना गर्ने र कसैसँग बैरभाव नलिने रहेको छ । यही नीतिको अनुसरणबाट आज हाम्रो सम्बन्ध निकटतर तथा झन् झन् हार्दिक हुदै संसारभर फराकिएर गईरहेको छ ।
सबैको भलाईका लागि खिचातानी त्यागेर शान्ति र मित्रताको आधारमा सम्बन्ध कायम राख्न खोज्ने नेपाल कुने देशमाथि जोर जुलुम गर्न चाहदैन र कसैको थिचोमिचोमा बस्न पनि सक्दैन ।
हामी नेपाली सबैसित समानताको आधारमा मैत्रीपुर्ण सम्मानको साथ सम्बन्ध जोड्न र बलियो गर्न चाहन्छौ असंलग्न परराष्ट्र नीतिको मुलभुत मान्यता विपरित कुनै देश आफ्नो बलले उन्मत्त भएर अरुको स्वतन्त्रता र सार्वभौमिकतामाथि दवाव गर्न चाहन्छन् वा झगडा फसादमा अल्मिन खोज्दछन् भने त्यो मुर्खता र स्वार्थान्धता बाहेक अरु केही हुने छैन भन्ने कुरामा नेपाल विश्वास गर्दछ । विश्वशान्तिको पक्षपाती देश नेपाल अन्तराष्ट्रिय रुपमा देखापरेको गुटबन्दीबाट अलग रहन चाहन्छ । क्रमश

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *