सरकार किन मौन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

गैर सरकारी संस्था एनजीओहरुको काम कर्तव्य प्रष्ट खुल्ने गरी दर्ता भएको हुन्छ । गैर सरकारी संस्थाहरुले सरकारी सम्पत्ति जोगाउने काम गर्न मिल्छ तर नासमास गर्न मिल्दैन, खोका छाप्रा समितिको विधानमा के लेखिएको छ, के उद्देश्यले खोलेको हो के भनेर स्वीकृति प्रशासनबाट पाएको छ खोकाछाप्रा समितिले आन्दोलनको नाममा सरकारी जग्गा हड्प्न मिल्छ मिल्दैन, खोकाछाप्रा समिति र नगर विकास समिति मिलेर जनताको सम्पत्ति लुटपाट गर्न मिल्छ कि मिल्दैन, लुटपाट गरे गराएकोमा नगर विकास, खोका छाप्राद्वारा समिति भीमदत्तनगरपालिका माथि कारवाही गर्न मिल्छ मिल्दैन, यति हुँदा हुँदै २ वर्ष सम्म संरक्षण गरी पाउ भनि निवेदन पत्र पत्रिका मार्फत सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएको भए पनि कारवाही नहुँदा सरकार, नगरपालिका, नगर विकास तथा अतिक्रमणकारीले समेत धन खर्च गर्नु पर्यो जनताले गुमाउनु पर्यो, नगर विकास समिति र खोकाछाप्रा उद्धार समिति तथा यिनका अध्यक्षहरु माथि तथा आफ्नो अधिकारको पालना नगरे वापत कारवाही गर्न सक्ने तर समयमा नगरेका पदाधिकारी माथि कारवाही हुने कि नहुने हुने भए जनताले जानकारी मागेका छन् सार्वजनिक हुनु पर्ने माग राखिएको छ ।
सहमति राष्ट्र सित गर्नुपर्छ व्यक्ति सित हैन निरिह सरकारहरु ऐन नियम कानूनलाई साथ लिन सक्दैन बरु गुण्डागर्दी हुलदंगा ढुंगामुडालाई साथ दिन्छ । देश त लुटाहाको जिम्मामा छ भन्ने गरिनछ तर त्यस्तो होइन देश अप्रत्यक्ष ठेक्कामा दिईएकोले सरकारको हातमा केही छैन, देश नांगो छ चाहे नदी वनजंगल, खानीहरुको संग्रह भए पनि मगन्तेहरुको झै भई रहेको छ । देशमा जसको हातमा लाठी छ उसको भैसी भएको छ ।
६०१ ंसभासदहरुलाई एक्लो डा. केसीले तर्सायो किन ? केसी नैतिकवान भएर कि अनैतिकवान भएन ? ६०१ंयदि अनैतिक अत्याचारी निरंकुश थिएनन् भने डा. गोविन्द कोसीलाई यति ठूलो बल कहाँबाट
कसरी आउथ्यो, सरकारले त भोलीलाई हेर्ने हो आज होइन हामी सुपका वासिन्दा भएकाले यहाँकै कुरा गरौं सरकारको यौटा नमूना हेरौं निर्मला पन्तलाई बासका तामा तोडेझै ख्याल ठ्ट्टामा केही होइन सागसब्जी तामा अचार बनाउन टिपेर लगेझै (उसकै) निर्मला कि साथीद्वारा साथीकै घरमा बोलाई त्यहाँ नै बासका तामा अचार बनाउन उमाले झै कुनै कसरी हिचकिचाहट नमानेर निमोठी टाढा लैजान सक्ने अवस्था नहुँदा नजिकैको उखुबारीमा फाली दियो, आज मुर्खहरु प्रमाण छदाछदै खोजी रहेका छन्, के प्रमाण चाहियो हजारौं प्रमाण छदाछदै जुन घरमा लगेका थिए त्यो घरबाट फिर्ता गएको देख्ने कोही छैन दिदी बहिनीले पनि गएको प्रमाण दिन सकेन भने के भएको होला सोचौं ।
त्यस्तै नगर विकास समितिले जनताको सम्पत्ति खोकाछाप्रा समिति मार्फत लुटायो । अनधिकृतको जिम्मा दिएर लुटने र लुटाउने माथि सरकारले किन कारवाही गरी रहेको छैन, त्यो कुरा पनि बडो गम्भीर छ हुनेछ । उद्योगको नाममा दिएको ठाउँमा पनि त्यस्तै भएको छ उद्योग नराखी अन्यथा भएको छ । निरीक्षण गरेमा प्रष्ट हुनेछ । भगतपुर जेलघरको उत्तरतर्फ तथा बनखेतको एरियालाई साना उद्योगको रुपमा भनेर उद्योगको प्रमाणपत्र अनुसार उद्योगकै लागि भनेर जग्गा वितरण गरेको थियो । तर आज के कति उद्योगहरु त्यहाँ छन कि छैनन्, सरकारले के हेरेको छ ? उद्योग एउटाले नसकेपछि अर्कोले चलाउछ त्यसले पनि नसके तेस्रो पक्षले चलाउछ भने त्यतातर्फ सरकारको ध्यान नजानु पनि रहस्यमय हामी ठान्दछौं । उद्योग खोज्न सजिलो होस् भनेर त्यहाँ के कति उद्योगहरु छन दुवै क्षेत्रको राजमार्गमा बोर्ड राखी उद्योगहरुको लिष्ट राखेको बोर्ड हुनुपर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *