संगौडोकोट पर्यटकीय केन्द्र स्थलको परिचय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कृष्ण बहादुर चन्द
समाजसेवी एवं कृषि अधिकृत
पाटन न.पा.६ (पाटन गाउँ) बैतडी
बैतडी जिल्लाको मल्लोस्वराड पाटन बैतडी क्षेत्र अन्तर्गत पाटन नगरपालिकाको केन्द्र वडा नं. ६ पाटन बजार हवाई मैदान, दशरथचन्द लोकमार्ग, पाटन–पञ्चेश्वर सडकबाट नजिक पर्यटकीय स्थल पातालभुमेश्वरको मध्य तथा सुर्नया नदी किनार स्वर्गेनिपिल शिवधामसँग जोडिएको चौतर्फी अवस्थित देवस्थलहरु उदयदेव ठाकुर मन्दिर, शिद्धनाथ, लोट्ने डाडाबाग देवता, महारुद्र, लाटापन्त, कैलपाल, सहस्त्रलिङ्ग, काल्सैनी, नागार्जुन, बाहैआग्रा, शिललिङ्ग, दुर्भाववानी, मसानी बनारसी, केदार देवता, राधाकृष्ण मन्दिर रमणीय गाउँबस्तीहरु, पाटन सेराखेत, फाँटहरु पाटन बजार (१० औं नयाँ सहर) लगायत सरकारी कार्यालयहरु उच्चशिक्षा तथा सीटीईभीटी शैक्षिक संस्था आवागमनको सुविधा हुनुका साथै पर्यटकीय ऐतिहासिक पुरातात्विक धार्मिक पर्यटकीय केन्द्रस्थल संगौडाकोट नजिकैबाट पाटन–पञ्चेश्वर सडक यातायात सञ्चालन भईरहेको र तत्लोस्वरडा क्षेत्रमा अवस्थित मेलौली भगवती शिवनाथ देवा र उत्तरमा
रौलेश्वर शिखर देवता, पश्चिममा ग्वालेक केदार देवता नजिकै उत्तरमा पत्तालभुमेश्वर लगायतका पर्यटकीय धार्मिक तथा रमणीय स्थलहरुका
साथै उत्तरपट्टी अपि हिमाल र हिमश्रृङ्खलाहरु अवलोकन तथा भ्रमण गर्न सकिन्छ ।
प्राचिनकाल देखिको पैदल बाटो घनघस्यालेक धुरा नाघेर पूर्वी नेपाल तथा तराई मधेश जाने पुरानो मूल पैदल बाटो पनि संगौडाकोट पर्यटकीय केन्द्रस्थलसँग जोडिएको छ । पाटन क्षेत्रबाट देखिने बैतडी जिल्ला र डडेल्धुराको सिमानामा पर्ने घनघस्यालेक धुरा र गणेशधुरा यस क्षेत्रकै प्रसिद्ध उच्च रमणीय हिमपात हुने तथा वनजंगल र वन्यजन्तु रहेको स्थान भएतापनि सजिलैसँग घुम्न र मनोरन्जन ९भ्लवयथmभलत० गर्नुका साथै उत्ररपट्टीका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
संगौडाकोट ऐतिहासिक पृष्ठभूमीः
पुरातात्विक ऐतिहासिक धरोहरको रुपमा रहेको संगौडाकोटको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि यस प्रकार छ कि पुरातत्वविद स्व. नरहरीनाथ लगायत अन्य तथ्यका आधारबाट मानिन्छ । साडे छ, वा ७०० वर्ष अगाडी छिमेकी देश भारतको ईलाहाबाद र त्यसपछि हालको उत्तराञ्चल कुमाउँ क्षेत्र बस्दै गर्दा त्यहाँ चन्द्रबंशीबाट पहिचान हुने ४ भाई मध्येका जगैदेउ यथास्थान कुमाउँमा नै बसे र ३ भाई रानादेउ, भानादेउ र उदयदेउ आफ्ना साथमा अन्य जातिका मान्छे लगायत खुसमुसे औजी तथा अन्य दलित परिवार सहित महाकाली नदी पार गरी नेपाल प्रवेश भै बायोतडबाट बैतडी भै जिल्लाको पाटन क्षेत्रमा पर्ने संगौडो स्थान र सो ठाउँमा स्थाई बस्ने प्रबन्ध भै सकेपछि कोटगढी तयार भएर पछि संगौडाकोटका नामले पहिचान गरियो । पाटन क्षेत्रको यस ऐतिहासिक कोट गढीमा ३ भाई मध्ये प्रथम राज्य चलाउने रानादेउ त्यसपछि भानादेउ र अन्तिममा तेस्रो पल्ट उदयदेउले राज्य गरेका हुन भनिएको छ । यो समयकाल नागी मल्ल र बमराजाको पाला भन्दा अगाडी नै मानिन्छ । यसरी २ भाईको राज्यकाल भन्दा उदयदेउको राज्यकाल जनवासीका लागि अति शुखमय, शुभकाल, कुनै दुःख कष्ट नपाईने रहेको शुखमयकाल मानिन्छ, उसैले पनि उदयदेउ राजा शिद्धका अतिप्रिय भक्त र सत्यबादी राजा थिए । समयकाल वित्दै जादा एकपल्ट शिद्धबाट राजा उदयदेउलाई आज्ञा भयो कि तिमी र रानी लगायतका तिम्रा खास मान्छे सहित स्वर्गजानलाई तयारी गर भनियो र शिद्धको आज्ञानुसार उदयदेउ राजाले आफू सहित भने जस्तै तयारी गर्दा सोही बखत सिद्धबाट शक्ति प्रदान भई आकाशतर्फ हिडाले र केही माथि पुगेपछि रानी गर्भेणी थिईन उनीसँगैका अन्य मान्छे सहित संगौडाकोट क्षेत्रस्थलसँगै रहेको सुर्नया नदी टोप्ले पानीतालमा खस्न पुगे र नजिकै नदी किनारका बासिन्दा मान्छेहरुको उद्धार गरी बचाएको अवस्थाका साथै उदयदेउ राजासँग लगेको गद्दी शिद्धको बासस्थानभूमी भन्दा अलि केही टाढा मैदानभूमि मैदानमा खस्न गयो र उदयदेउ चाहि सिधै स्वर्ग धारण गरी देवत्व प्रदान गरे । उदयदेउको गद्दी खसेको स्थान र गद्दीलाई उनको देवरुप मानि पुजन गर्ने गरको सानो मन्दिर स्थापना गरेपछि समय समयमा नायँ मर्मत सम्भार गर्दै गएको अवस्था हाल नवनिर्मत मन्दिर भव्य रुपको र प्रसिद्ध उदयदेउ ठाकुर मन्दिर बनेको अवस्था छ र वर्षको २ पटक चैत्र र नवरात्री असोज कार्तिकमा पुजा लाग्छ र नवरात्री अष्टमी र नवमीमा ठूलो मेला लाग्छ ।
गर्भेनी रानीबाट बच्चा जन्मेको र उनको लालनपालन गुरु ब्राह्मण (पुजारी) बाट गरिएको तिनको नाम खिपचन राखियो संगौडाकोटमा राज्य संचालन गरेको मानिन्छ । साथै उदयदेउको पहिलो पुजनकार्य पुजा चलाएको भन्ने कुरा पनि खिपचन राजाले नै गरेको भन्ने पनि उल्लेख भएको पाइन्छ । खिपचन राजाले राज्य चलाउदै र समय वित्दै जादा उनको बानी व्यवहार असोभनीय, शुखभोगी, अयासीपन जनताप्रति अनुदार र अलोकप्रिय हुँदै जाँदा अशोभनिय घटना घटेपछि उहाँको देहावसान हुन गएको मान्न सकिन्छ, यसरी अगाडी राज्य चल्न पाएन र संगौडाकोट, गढी लावारीसका रुपमा भएपछि खण्डहरुमा परिणत हुन गयो ।
त्यहाँको ढुंगा, काठ लगायतका भौतिक सामग्रीहरु जथाभावी किसिमबाट हिनामिना भएको मान्छेहरुले लगेको भन्ने कुरा आज पनि सुनिन्छ । कोटगढी भएको स्थान नजिक आज पनि केही ढुंगा तितरवितर भएको देख्न सकिन्छ र सो ठाउँमा उत्खनन् गर्नका लागि परातत्व विभाग रामशाहपथ काठमाडौंलाई संगौडोकोट ऐतिहासिक पुरातात्विक धार्मिक पर्यटकीय स्थल पर्यटन प्रवद्र्धन पूर्वाधार विकास निर्माण समितिबाट अनुरोध गरिएको छ ।
ऐतिहासिक बस्तु र स्थान कोटगढी निर्माण सँगसँगै खानेपानीका लागी हालको मानिकाखान जाने बाटो जंगलमा रहेको मूला फुट्ने पानी त्यस बखत माटो कुटेर बनाएको पाईपलाई आगोमा डडएर भित्र प्वाल राखी ५०–६० से.मी. लामा पाईपका पीसहरु बनाउर जोड्दै गरी पाईप लाईनबाट उक्त कोटगढीमा खानेपानीको व्यवस्था गरेको आजभोली ती पाईप भेटिएका छन र ती पाईपका २÷३ पिस पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंको संग्राहलयमा राख्नका लागी उक्त बोर्डबाट भनिएकोले २०७४ साल असोज २५ गते पुर्याउने काम भएको छ । यस कोटगढीमा खानेपानी र पानी पोखरी, बंकर निर्माण गरिनुका साथै कोटगढी स्थलबाट भित्रै गुफा निर्माण गरी सुर्नया नदीसम्म भित्रै सिढी बनाई पानीमा स्नान गर्ने बनाएको पनि ऐतिहासिक स्थान देख्न पाइन्छ । अर्को संगौडाकोट ऐतिहासिक स्थल क्षेत्रमा न्याय ढुंगा रहेको छ । (१.१० से.मी. लम्बाई र ७० से.मीं चौडाई) सो स्थलमा राज्य गर्दै गरेका बखत आखिरी राज्य गर्ने खिपचन राजाका पालासम्म क्षेत्रका बासिन्दा जनतामा कुनै काम व्यवहारमा विमेल अर्थात कुरा नमिलेको अवस्थामा त्यो ढुंगा नजिक आएर छलफल उठाएमा सत्यतथ्य न्याय निसाफ हुने गर्दथ्यो भन्ने मान्यता त्यो ढुंगाको रही आएको थियो, हाल त्यो ढुंगालाई संरक्षण गरिएको
छ ।
संगौडाकोट ऐतिहासिक पुरातात्विक धार्मिक पर्यटकीय स्थल एक मनमोहक, रमणीय, प्राकृतिक सौन्दर्य तथा सँगै जोडिएको शिवधाम शिवालय धार्मिक स्थल रहेको छ । पौराणिक काल हजार वर्ष भन्दा पनि अगाडी शिवको बासस्थान रहेको भन्ने धार्मिक ग्रन्थमा पाइन्छ र सँगै सुर्नया नदी जसमा ग्रामबासी देवताहरुले नुहाउने गर्ने गरेको भन्ने पनि उल्लेख गरिएको पाईन्छ । सुर्नया नदीलाई समय सापेक्ष उचित संरक्षण र सम्बद्र्धन र व्यवस्थापन गरेमा समथल बग्ने भएकोले पर्यटन कार्यमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
शिवधाम स्वर्गेनी पिपल धार्मिक स्थलको उचित व्यवस्थापन समय सापेक्ष संरक्षण सम्बद्र्धन गरिएमा हिन्दु धर्माबलम्बी लगायतका आन्तरिक
तथा बाह्य पर्यटकको आवागमन र तीर्थस्थलको रुपमा विकास गर्न सकिन्छ ।
संगौडोकोट पर्यटकीय क्षेत्र स्थलको विकास
प्राकृतिक तथा भौगोलिक स्थान विशेषको आधारबाट पर्यटन विकास गर्न केन्द्रको रपमा रहेको संगौडाकोट क्षेत्र स्थललाई पर्यटन प्रवद्र्धन पूर्वाधार विकास गर्दै क्षेत्र र समग्र बैतडी जिल्लालाई पर्यटनको क्षेत्रमा विकास गर्नु पर्दछ भन्ने मान्यता र उद्देश्यका साथ विगत ४ वर्षको निरन्तर काम कार्वाही पहलकदमीका आधार र प्रयासबाट पाटन क्षेत्रको प्रमुख ठाउँ संगौडोकोट एक ऐतिहासिक धरोहर पुरातात्विक धार्मिक क्षेत्रलाई पर्यटकीय केन्द्र स्थलको रुपमा विकास गर्नका लागी पर्यटन मन्त्रालय, पर्यटन विभाग पर्यटन बोर्ड, पुरातत्व विभाग काठमाडौं र पर्यटन कार्यालय कोहलपुर बाँके लगायतका
सरकारी उच्च निकायमा काम कार्वाही गर्दा हाल उक्त निकायबाट पर्यटन प्रवद्र्धन पूर्वाधार विकास गर्नका लागि प्रारम्भिक कार्ययोजना कार्यक्रम सञ्चालन गर्न १ कटेज र ३०० मि. सिढीको निर्माण गरिएको अवस्था छ ।
प्रतिनिधिमूलक संस्था पाटन नगरपालिका र सरकारी निकायमा कार्य अघि बढाउन कार्ययोजना माग पेश गरिएको अवस्था छ ।
अर्को महत्वपुर्ण पक्ष भनेको के छ भने पर्यटन केन्द्र संगौडोकोटसँगै पाटन नगरपालिकाले पुरै क्षेत्र पर्यटनको विकासका लागी केन्द्रका रुपमा रहेन
गरी समग्र बैतडी जिल्लाका १० वटै स्थानीय तह नगर तथा गाउँपालिकामा रहेका धार्मिक लगायतका समभाव्य स्थानहरुको पहिचान गरी पर्यटन प्रवद्र्धनको विकास गरी बैतडीलाई पर्यटन जिल्ला घोषणा गर्नेतर्फ संगौडोकोट पर्यटन प्रवद्र्धन पूर्वाधार विकास समितिले
अग्रसरता लिई पर्यटन सम्बन्धि विशेष पुस्तक छपाई गर्ने काम जसमा स्थानका फोटा र बुकलेटको रुपमा पनि छपाई गर्ने कार्यमा सक्रियता र संचालनका लागी सम्पादक मण्डल गठन गरिएको छ । तदनुसार जिल्ला भित्रका सबै स्थान, गाउँ टोल, वडाहरुमा सजिलैसँग सबै वर्ग समुदाय, तह र तप्काले पर्यटन सम्बन्धि विशेष थाहा पाउन भन्ने हेतु सोही अनुसार तदारुक्ताका साथ हातेमालो गरी सक्रिय सहभागिता गर्नका लागि १० वटै स्थानीय तह नगर र गाउँपालिका लगायत शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी कार्यालयहरु, संघ संस्था, धार्मिक संस्था, उद्योगी व्यापारी, निर्माण व्यवसायी,
राजनीतिक व्यक्ति बुद्धिजीवी, समाजसेवी सबैमा पत्राचार गरी आवश्यक जानकारी र सहयोग गर्न भनि हार्दिक अनुरोध गरिएको छ । धन्यवाद !

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *