राजा र जनताको मिलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज राज संस्था सित जनताको अत्यधिक प्रेमभाव बढेको छ । राजा देशको जुनसुकै ठाउँ गाउँमा गएपछि त्यहाँको जनसमुदायले भ्याएसम्मको स्वागत गरिरहेका छन् । २०७५ माघ १३ गते राजा सिमिरा जादा हवाई मैदानदेखि पुरा बजारसम्म अत्यधिक जनसमुह उर्लिएका थिए । नेतृत्व बेगर लड्न नसक्ने नेपाली जनता आफ्नो सुख दुःल्ख हातमा फुलमाला समाती राजा ज्ञानेन्द्र शाहको अनुहार सम्म हेरी फुलमालाद्वारा स्वागत गर्न पिडाको भारी पनि एकै छिनको लागी भए पनि विसाउछन् ।
राज परिवार सित कहिल्यै पनि यसरी बोल्न र भेट्न नेपाली जनताले पाएका थिएनन् । जब राजा सत्तामा थिए नेपाली जनता त के भेट्न पाउथे तर यदि राजाले हामीलाई भेट्न चाह्यो भने पनि धेरै प्रकृया मिलाएर सरकारको स्वीकृति लिएर मात्र भेट्न पाउने तर खुलेर कुरा गर्न भने नपाईने । राजाको सोच हुन्थ्यो जनता के भन्छन् सुनौ भन्ने हुन्थ्यो भने जनताको सोच राजा के बोल्छन् सुनौ भन्ने भावना ।
२०५६/०५७ मा जव बहुदलिय व्यवस्थामा पहिलो पटक राजा महेन्द्रनगरको खुला मञ्चमा सवारी हुँदा मन्चमा खुट्टा टेकाउने ठाउँ नै भएन ।
बालमन्दिरतर्फ मन्चको एरियामा राजा पुगे तालि बजाएर हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाई भव्य स्वागत जनताले गरेका थिए, त्यस बेला जिल्ला सभापति बलदेव बोहरा थिए । प्रमुख जिल्ला अधिकारी श्याम मैनाली थिए ।
राजा विरेन्द्रको मुखार विन्दुबाट केही वाणी सुन्ने मन थियो जनताको तर राजाले सरकारबाट बोल्ने अनुमति लिएको थिएन, र अनुमति लिनुपर्ने प्रथा पनि जनतालाई थाहा थिएन । राजाले पुरा जनताको उपस्थितिमा केवल हात हल्लाई जनताको अभिवादन स्वीकार गरे अन्तमा सभापति मार्फत जनतालाई धन्यवाद मात्र भन्यो राजाले सभापति मार्फत एक पटक राजाले इन्टपेन्टेन्ड अंग्रेजी पत्रिकालाई अन्तरवार्ता दियो पत्रकारले सोधेका कुरा भने वापत प्रधानमन्त्री गिरिजा र उसको सरकारले राजा विरेन्द्रमाथि टिका पिप्पणी गर्यो ।
हामीलाई नसोधेर किन अन्तरवार्ता दियौं भन्यो पाठकबृन्द राजा राजसंस्थाको अवस्था कस्तो रहेछ बुझौं । निरिह राजाद्वारा लिखित काम गराउने त्यसपछि दोष दिने जस्तो कि देउवा प्रधानमन्त्री हुँदा संसद विघटनको सिफारिस गरी नयाँ निर्वाचनको घोषणा गर्ने गरी माग्ने फेरी अर्को नेताले उही संसद जसको ५ वर्षे म्याद पनि सकिएको थियो, अन्तमा देशको आगो निभाउने भए जे भन्छौं गर पुरानो विताउने भए हुन्छ मरेको सभालाई जिवित गराई दियो । अन्तमा नमक हरामहरुले त्यही विउताएको सभाको निर्णयले राजसंस्था हटाउने निर्णय भयो । त्यो देशमा अन्यौलता गर्नु बोहक केही थिएन । राजा राजसंस्था बीचको दुरी बढाउने काममा स्वदेशी र विदेशीले खुव चाल खेल्यो तर राजाले भने म जिउदो छदा देश छोड्ने छैन भने राजा ज्ञानेन्द्र देशभरका जनताले बोलाएको ठाउँमा गई भेटघाट गरी रमाई रहेका छन् ।
आज उनै नेताहरुले भित्र भित्रबाट राजालाई ल्याउ भन्ने नारा जनताद्वारा लगाउदैछन् । जनता र राजा बीच आज प्रत्यक्ष भेटघाट आत्मीयता बढी रहेको छ । जनता भनि रहेका छन् यस्तो राजा विश्वका कुनै पनि देशमा छैन जसले जनताको लागी आफ्नो गद्दी छोडी जनताकै घरदैलोमा गई रहेका छन् । यस्तो स्वागत राजाको लागी भई रहेको देख्दा नेताहरु चिडाई रहेका छैनन् भन्ने आधार पनि छैन ।
राजा गाउँ गाउँमा गई रहेका हुँदा जेल हाल्छौ भनि वर्तमानका नेताहरु कराई रहेका छन् । तराई, पहाड सबै जातजाती पार्टीहरुको लागी राजा वराबर छन् कोही नजिक कोही टाढा छैन । जनताको भनाई छ गैर कानूनबाट हटाएको राज संस्थालाई त्यसरी नै भित्र्याउनु पर्दछ । र २०४७ को संविधानलाई व्युताई संशोधन गर्नु पर्दछ भनि रहेका छन् राजा र जनताको मिलन राष्ट्र निर्माता वडामहाराजाधिराज पृथ्वीनारायण शाहको समयमा भएको थियो र त्यसपछिका मिलनहरु राजा महेन्द्र तथा तेस्रोमा राजा ज्ञानेन्द्र र जनताको मिलन अत्यन्त शुमधुर तरिकाले भई रहेको छ भने राजा विरेन्द्रलाई गिरिजाले त खुबै सताउन खोजेकै थियो । देश र राजसंस्थाको शोक नै गिरिजा हुन् । अब यदि यस देशको हितमा काम गर्ने हो भने जुनसुकै नेपाली नागरिक भएपनि सबै सित हातेमालो गरी घमण्ड नराखी राजा ज्ञानेन्द्र सित पनि मिलेर नेताहरुले राज्य सञ्चालन गर्यो भने यस देशको अवश्य उन्नति हुनेछ नत्र राजा, पार्टीहरु अलग अलग भएमा जातीय द्वन्द फैलिएमा निश्चय नै देश आगोको भुमरीमा जल्नेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *