उच्च भेगमा हिमपात, दैनिक जीवन कष्टपुर्ण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/बैतडी, १२ माघ
निरन्तरको वर्षा र हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । ५ दिनदेखी भईरहेको मौसम बदलीसंगै केही दिन यताको निरन्तरको वर्षा र हिमपातले उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो ।
शनिबार पनि सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका उच्च भुभागमा हिउ परेपछी चिसो असाध्यै बढेको छ । बिहिबार घाम लागेपनी रातीदेखी फेरी मौसम बदली भएर शुक्रबार बिहानै देखी पानी पर्न सुरु भएको थियो । अछामका उच्च लेकाली भूभाग खप्तड क्षेत्र, रामारोशन क्षेत्र, मेल्लेखको ऋषिदह, षोडशा लगायतका ठाउँमा हिमपात र चिसोका कारण जनजीवन प्रभावित भएको छ । यस्तै अन्य क्षेत्रमा पनी लगातार परिरहेको पानीले जनजीवन अस्तब्यस्त बनाएको मंगलसैन १ का स्थानीय नेत्रबहादुर साउदले बताए । चिसोका कारण बिद्यालयमा पढाई प्रभावित भएको र पशुचौपायालाई चराँउन तथा घाँसपात गर्न तथा मान्छेहरुलाई काममा निस्कन समेत समस्या भएको उहाँको भनाई छ ।
यसअघि उच्च भुभागमा हिमपात भएको भएपनी शुक्रबार दिउसो देखी गाउँसम्मै हिउ परेपछी जनजीबन थप कष्टकर बन्दै गएको षोडशाका स्थानीय बिष्णु भटूाईले बताँउनुभयो ।
हिमपात र वर्षाका कारण हिउदेबालिका लागि भने निकै फाईदा भएको भन्दै किसानहरु खुसी भएका छन ।
यस्तै बैतडीका विभिन्न उच्च पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । बैतडीको सिगास गाउँपालिकाको सिगासधुरा, गर्जे लगायतका उच्च पहाडी इलाकामा हिउ समेत परेको छ । यस्तै गरी उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको भएपनि बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । सो क्षेत्रमा चार–पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको र बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
यसैगरी बाजुराको कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकामा सञ्चार सुविधा विच्छेद भएको छ ।किसान खुसी अधिकाँश भागमा सिचाईंको सुविधा नहुँदा हरेक वर्ष किसान आकाशे पानी र हिउँको भरमा खेती गर्नु पर्ने अवस्थाबाट यो हिमपातले ठूलो राहत गराएको छ । कुनै पनि गाउँमा उचित सिचाईं नहुँदा हरेक वर्ष यहाँका किसानले खडेरी व्यहोर्नु परेको भएता पनि यस वर्ष मंसिरमा लगाएको असारे बाली गौं, जौ र उवा प्रजातीका बालीनाली राम्रो हुनेमा आशावादी भएका छन् । त्यसै गरी केही दिनमा रोप्न लागिएको स्याउ, आरु लगायतको फलफुलको लागि पनि उचित सिचाई भएको छ ।
चिसोबाट बालबालिका र वृद्धलाई स्वास्थ्य समस्या
अत्याधिक चिसोको कारण बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसोको कारण बालबालिकालाई निमोनिया रोग र वृद्ध वृद्धालाइ दम, बाथ लगायतको रोगबाट प्रभावित भएका छन् । चिसोमा न्यानो कपडा लगाउन, कामको धपेडी नगर्न, न्यानो हुने खाना खानको लागि स्वास्थ्यकर्मीले सुझाएका छन् ।
चिसोको बेलामा घरमा नै न्यानो गरी बस्न, दीर्घ रोगीलाई नियमित सेवन गर्ने औषधीलाई ध्यान पु¥याएर खाएमा स्वास्थ्य अवस्था यथावत हुन सक्ने डाक्टरहरु बताउछन् । स्वास्थ्य अवस्था खराब भएमा नजिकै रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्न, तातो पानी र झोलिलो खानेकुरा खानमा डाक्टरहरुको सुझाव छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *