निर्मलाका छ महिना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज निर्मला हत्याकाण्डको ६ महिना भईसक्यो, डिएनए परिक्षण गर्न स्याम्पल पनि सकिसक्यो अव उनकी आमाबाट पनि स्याम्पल (रगत लिएर गएका छन्) पत्ता लागेन रे निर्मला त केटी हुन उनको बलात्कारपछि हत्या भएको भन्ने हो र डिएनए चाहियो, यदि केटालाई निर्मलाझै बम दिदीबहिनी वा दाजुभाईले बोलाएर आफ्नो घरमा लगेको फर्कदा नफर्केको फर्केको हो भने पनि देख्ने मानिस एक जना पनि दिन नसकेमा के हुन्थ्यो, कस्तो प्रमाणले कारवाही हुन्थ्यो के मैलै मारेको हु मलाई कारवाही गरिदेउ भनि सरकार समक्ष स्वयम् उपस्थित भए मात्र कारवाही हुने त यसको उत्तर पाठक वर्गसँग नै छ । बाटोमा हिड्ने अपरिचितलाई यस्तो घटना सुनाई दियो भने उसले जे भन्छ त्यही प्रमाण हो । प्रमाण बुझ्ने ऐनहरुको अध्ययन सरकारी पदाधिकारीले गर्नु पर्ने पनि महसुस भएको छ ।
नगर विकासका अध्यक्षहरुले अधिकार प्रत्यायोजन गरेको हो ?
यहि शुक्रबार माईकिङ हुदै थियो कि आफूले बनाएका भवनहरु खाली गरिदेउ हामी भत्काउछौ भनि टेक्पुद्वारा बजारमा प्रचार भईरहेको थियो । पहिलो कुरा त महेन्द्रनगर बजार क्षेत्र जहाँ अतिक्रमण भयो भनिन्छ त्यो जग्गा कसको हो नगर विकास समितिका अध्यक्ष (राजनीतिक पार्टीका कार्यकर्ताहरुको) कि खोका छाप्रा नामका अध्यक्षको कि नेपाली जनताको साझा सम्पत्ति । त्यो जमिनको संरक्षक को हो ? नविसको अध्यक्ष कि खोकाछाप्रा नामका अध्यक्षको ?
समाज कल्याण ऐन अन्तर्गत त्यस्तो साझा सम्पत्तिको लुटपाट गराउन संस्था दर्ता भएको हो कि आफ्नो साझा समाज सुधारको लागि हो यसरी लुटपाट भ्रष्टाचारमा संलग्न रहेको गैसस संस्था दर्ता ऐन अनुसार किन कारवाही नभएको हो ? आज नेपाल सरकारका निकायहरुलाई के अपठ्यारो
पर्यो भवन बनाउन दिएपछि खाली गरेर तोड्छौ भन्नु हास्यास्पद हो कि होइन ?
आज भवन बनाई सकेपछि तोड्छौ भन्नु साच्चै यो मोली मोलाई गर्न वा अन्य वदनियत हो, सरकारको यो हेर्न बाँकी त छदैछ तर पनि संरक्षित क्षेत्रको दोहन त भएकै थियो अव के लालपुर्जा माग्न र दिनको लागि यी नाटक रचिएका हुन । नगर विकास र खोकाछाप्राका अध्यक्षलाई के जनताको सम्पत्ति विलोस्ने अधिकार छ ? जनताले आफ्नो साँझा सरकारी सम्पत्तिको संरक्षण गरी देउ भन्न उजुरी दिन के कोर्ट फि राख्नु पर्ने हो ? यो बजार विश्वमा प्रथम हो, अरु कही यस्तो बजार छैन । जयाँ बस्ती पछि बसेको बजार व्यवस्थापन पहिले भएको । यस्तोमा त उजुरी विना नै नगरपालिकाले र
सरकारले कारवाही गर्नु पर्दछ । अचेल अव थप लगत लिने भन्ने नेताहरुको निर्णय भएको छ भन्छन् प्रदेशले लगत लिने भनेकोमा के गर्ने, लगत लिएर के कारवाहीमा कोही आफ्नो पर्छ कि भनेर हो की थप गरी झन पक्का बनाई नियमित गराउने हो ? देशमा ६०१ सांसद थिए त्यसपछि प्रान्तिय सरकार बनेको छ स्थानीय नेताहरु पनि छन के जनताका चाहना यस्तै हुन त देश लुटाई फाइदा लिने पदाधिकारीहरु प्रमाण माग्ने भए तपाई हामी सबैको सामुमा छ । कसै जनतालाई दुःख देउ खोकावाला फुटकर साना व्यापारीलाई बस्न ठाउँ नदेउ भन्ने भनाई हाम्रो होइन हाम्रो भनाई त कृपयामा होईन जसलाई दिए पनि गैर कानूनी भ्रष्ट तरिकाले नदिएर नेपालीको जनताको साँझा सम्पत्ति नेपालको नियम कानूनको रित पुर्याई देउ मात्र भनेका हौं खोकाछाप्राको नामबाट खोकाछाप्राका अध्यक्षद्वारा काम गर्न लगाई साँझा सम्पत्ति लुट्ने काम बनद गर भनेको मात्र हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *