पहिले थारु, दलित जमिन्दारका हलियो जान्थे आज थारु स्वदेमा छन जमिन्दार विदेशीका हलिया भए

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वास्तवमा थारु जातिमा स्वाभिमान छ रै छ उनीहरुले आजसम्म आफ्नो धर्म निभाएको छ । जव थारु हलिया बस्न जमिन्दारको घरमा जान्थे पजनी माघीमा हुन्थ्यो, त्यसपछि जव थारुहरु हलियाबाट मुक्ति भए उनीहरुले देशमा आवश्यक पर्ने शीप सिकर्मी, नकर्मी, डकर्मीको सीप आफै सिके सरकारले सिकाई दिएन तैपनि स्वदेशको माटोमा बसी मेहनत गरी विदेशको ज्याला भन्दा राम्रो ज्याला र सम्मान पाई इमान्दारीका साथ नेपालमा नै बसी रहेका छन् । आफ्नो जीवन स्वतन्त्र रुपले चलाई रहेका छन् भने उच्च ओहदाका आफूलाई सम्झने थारुहरुलाई मैले पनि हलिया बनाउन पाए हुने थियो भन्नेहरु आज मुस्लीम देशहरुका हलिया हुन गएका छन्, । जाने क्रम जारी छ उनको मालिक रुपी सरकार प्रत्येक देश विदेशमा गुहार मागी रहेको छ । हलियामा स्थान पाउ मलाई पनि राखीदेउ भनेर चाहे त्यो हलो सुनको भए पनि बरु आफ्नो दशेको हलो काठकै भए पनि यही हलिया रहौं स्वाभिमानी स्वरोजगार गरौ भन्ने मन राखी अन्य उपाय गर्न खोजेन । कस्तो हाम्रो सरकार कस्ता हाम्रा नेता देशका जनतालाई गुलाम बनाउन खोज्ने । कस्ता हाम्रा धनाड्य विदेशमा भ्रमाण गर्नु जानु राम्रा हो नराम्रो होइन तर व्यापार, उद्योग या वैज्ञानिक विज्ञता हासिल गर्न जानु सरकारले पठाउनु ठिक हो तर नोकर बनाउन पठाउनु उपयुक्त होइन व्यापार उद्योगद्वारा देशको प्रगति गराउनु पर्दछ त्यो नै स्वाभिमान हो । हाम्रो चुरेको उत्तरतर्फको पहाडी भेकमा धेरै
प्रकारका खनिजहरुको उत्खननले मात्र देश मुस्कुराउन सक्छ वर्तमानको युगमा फलाम स्पातको बढी माघ छ त्यो नै हामी सित संग्रहित छ । सरकारले केवल एक कुराको अठोट लिनु पर्यो के भने विदेशीहरुले हाम्रो देशबाट पनि रोजगारी दिनको लागी युवाहरुलाई लैजान लागेका छन भने हामीले आफ्नै देशका नागरिकलाई पनि किन दिन नसक्ने भन्ने हिम्मत राखी काम गरेमा देशभित्र नै सबैथोक पाइन्छ ।
सबभन्दा पुर्व देशका कार्यपालिका र व्यवस्थापिका इमान्दार हुनु पर्दछ देशका नागरिकहरुलाई विदेशीको दास बनाउन पठाई आफूले मोजमस्ती गर्ने र उनीबाट प्राप्त रेमिटान्सबाट विलासिताका सामग्री जीप कार जस्ता अनउत्पादक सामग्री किनी प्रयोग गर्ने र त्यही रेमिटान्सले आफू र आफ्ना आसेपासेलाई विदेश भ्रमण गराउने काममा रेमिटान्स खपत गरी रहेको प्रष्ट स्थिति तपाई हामी सामु छदैछ ।
नेपालका कृषि मजदुर जसलाई हलिया पनि भन्ने गरिन्थ्यो हलिया स्वईच्छाले भएका थिए कुनै करवलबाट हलियामा राखिएका थिएनन् तर त्यसबेलाको हलिया प्रथा बमोजिम जो हलिया बसेका हुन्थे मुक्ती गर्ने बेलामा जुन जमिन्दारको घरमा हलिया बसेका थिए उनकै जग्गाबाट दामाशाही परिवारको संख्या र जग्गाको क्षेत्रफलको हिसावले कमाई राखेकै जग्गाको घटीमा एक चौथाई जमिनदारको नामबाट कट्टी गरी हलिया बसेको नाममा राखी आफ्नो घर व्यवस्था मिलाउन पाउने व्यवस्था गर्नु ठिक थियो तर सरकार सित आवाज पुगे पनि उ डरी हाल्यो र त्यस्तो व्यवस्था गर्न सकेन ।
आज जुन परिवारले थारु जातीलाई हलियामा राखेका थिए उनी स्वयम आफै हलिया हुन मुस्लीम देशहरुमा गएका छन र आफ्नो परिवारका सदस्यहरुलाई पनि अनेक रुपमा पठाएका छन् महिलाहरुको अत्यधिक रुपमा बलात्कार यौन शोषण र यौनजन्य हिंसा समेत भई
रहेका समाचारहरु हरेक मिडियाले प्रकाशित गरी रहेकै छन । यदि आफ्नो देश आफै चलाउन सकिन्न भने त्यस्तो
राजनीतिका ठेकेदारको ठेक्का तोडी सक्नेको जिम्मा दिनु पर्दछ । आफूले अरुलाई सहयोग नगर्ने अरुलाई म राज्य चलाउछु, तिमी सञ्चालनमा सहयोग गर भन्न मिल्दैन । तर इमान्दारीपुर्वक काम गर्नको लागी विश्वासमा सबैले सहयोग गर्ने नै छन । देश कसरी चलाएका छौ राम्रो
नराम्रो कसरी चलेको छ भनि तुलना गर्ने हो भने २०४६ पुर्व र २०४६–२०५१–५२–६३ तथा ०६३/६४ देखि हाल सम्मको तुलना गरौं (तुलना गर्दा शान्ती सुरक्षा विकास निर्माणमा बाधा तथा सहयोग सुचारु, उद्योग कलाकारखाना सबैको बारेमा तुलना गरौ ।
आज देशमा जताततै अराजकताको स्थिति सुरु भएको छ कि छैन । ऐन नियमको पालना नगरे देश संकटमा जाने निश्चित हुन्छ । सरकारको एक पक्षले सांसद विघटन गर्ने अर्को पक्षले विउझाई माग्ने दोष राजालाई दिने परिपाटीले गर्दा नै आज यो अवस्था आएको छ । राज्य संचालकले इमान्दारीताका साथ चलाउने हो भने यो देशमा कुनै कमी छैन, मेनपावर धनदौलत सबै थोक छ, स्वाभिमान मात्र गुम्न लागेको छ । आज त हाम्रो ७ नं. प्रदेश सरकारले पनि २÷४ जनालाई श्रम स्वीकृति दियौ भनेर मख्ख परेको छ । आज देशमा एकतर्फ
मजदूरको अभाव देखिएको छ, जुनसुकै काम गर्दाखेरी अनधिकृत रुपमा छिमेकी राष्ट्रबाट कामदार बोलाएर विकास निर्माणका काम समेत गर्नु परिराखेको छ भने अर्को तर्फ त्यस्तै खालको काम गर्नको लागि हामीले आफ्ना नागरिकलाई विदेश पठाउनु परेको छ । हाम्रो देशका कुनै पनि अंग केन्द्रीय सरकार मात्र होइन कि प्रान्त, स्थानीय सरकार सित पनि कुनै योजना छैन । जवसम्म योजनागत रुपबाट काम गरिदैन तबसम्म नेपाल कुनै हालतमा पनि सफल हुन सक्दैन ।
नगरपालिका तथा गाउँपालिका समेत योजनाबद्ध विकास हुनुपर्दछ न कि जुन गाउँको मेयर अध्यक्ष भए त्यो गाउँको किवास तर्फ लाग्यो भने झन अपठ्यारो पर्न जानेछ । त्यस कारणले त्यहाँका नेताको जे जति अवधिको लागि निर्वाचित भएका हुन्, कम्तिमा पनि त्यति अवधिको लागि अर्थात पंच वर्षिय योजना तर्जुमा गरी वैज्ञानिक तरिकाबाट चालु गरेमा मात्र स्थानीय सरकार पनि सफल हुनेछ नत्र तछाडमछाड गर्दा गर्दै केवल आपसी कलहको सिर्जना नहोला भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *