आमरण अनसन र सदन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सदनलाई सम्पुर्ण जनताले निर्वाचित गरी गठन गरिएको हो तर समय सापेक्ष जनभावना र जनचाहना अनुरुप काम गर्नु नगर्नु (सदन) व्यवस्थापिकाकै जिम्माको कुरा हो आज डा. गोविन्द केशी जनताको पक्षमा उभिएका छन, गरिवले पनि डाक्टरी पढन पाउनुपर्ने व्यवस्था हुनुपर्यो भन्ने खालका मुद्दा उठाई १५/१६ पटक आमरण अनसनमा बसेका छन् हिजो शनिबार अनसन बसेको १७ दिन पुरायो भयो । विधेयक संसदमा पेश भयो सत्ता पक्षका सांसद बीच छलफल भयो अन्तमा पास गरियो तर डा. केशीको अनसनले अव त्यो विधेयकमा फेरबदल हुदैन हुन सक्दैन ।
जनताका हरेक विचारलाई कुनै पनि सरकारले पुरा गर्न सक्दैन । सदनले र राजनीतिक पार्टीहरु आफ्ना कार्यकर्ताको अनुरोध स्वीकार्लान तर डा. गोविन्द केसीको आग्रह र नीति मान्न सक्दैन, यदि कही कतै मानिएको छ भने त्यो भूल मात्र हो भनेर बुझ्नु पर्दछ । राज्यले डा. गोविन्द केसीलाई जनताका राजनीतिक माग पुरा गराउने जिम्मा दिएको छैन तर व्यवस्थापिका सांसदलाई दिएको छ । राम्रो भए पनि जनतालाई हुन्छ नराम्रो भए पनि जनतालाई नै हुन्छ । डा. केशीको मान राख्नको लागी सरकारले जीवन रक्षा पनि होस् भनेर डा. केसीका मागमा समर्थन देखाए पनि अन्तमा सरकार समर्थन गर्न सक्दैन । गोविन्द केसीका माग अत्यन्त राम्रा हुन यदि उनी सभासद भै दिएका भए उनका पनि केही सुझाव सरकारले मान्ने थियो नत्र मान्न पनि मिलेन । राम्रा काम त नेपालमा धेरै छन तर देश र सरकारको क्षमता छैन, सरकारको कुर्सी पनि त्यस्तै छ दुधले धोएका कोही छैनन् । सबै उस्ता उस्तै हुन भावनामा कोही सकारात्मक होलान कोही नकारात्मक जे भए पनि नेताहरुको बुद्धि उस्ता उस्तै भएकाले आफूलाई राम्रो लागेको काम त
सरकार आफैले गर्न पाएको छैन भने कहाँ गोविन्द केसी र फुजेलका अधिकारीले भनेको कसले मान्ने ? किन मान्ने भन्ने आन्तरिक भावना
सरकारमा रहेको नहोला कसरी भन्ने । डा. केसीको अनसनमा मृत्यु भएमा १/२ महिना हडताल बन्द होला बाँकी के होला नन्द कृष्ण
अधिकारीको के भयो, यो देशका जनताले खाना नखाएसम्म भोकै बस्ने नेता कोही छैन ।
यो देशमा त निर्दलीय व्यवस्थामा पनि बहुमतिय शासन व्यवस्था थियो भने बहुदलियमा त नहुने कुरै भएन भनिएको छ बहुदलिय व्यवस्थामा बहुमतको बल चल्छ अल्पमतले त बाच्नसम्म पाए पनि हुन्थ्यो भन्ने भावनाको विकास भएको समाजमा को हुन ति गोविन्द केसी । विपक्षी पार्टी नेपाली कांग्रेसले त घुडा टेकी सकेको आभास भैरहेको छ भने डा. गोविन्द केसीले खाना नखाई अनसन बसेको आभास के हुने कहाँ कुन ठाउँ संविधानको कुन दफामा छ कोही अनसन बसेमा जे अनसनकारीले भन्यो त्यो हुनुपर्ने भन्ने कहाँ छ ? त्यस कारण ऐन नियमको पालना गरे सबै आफै ठिक हुनेछ आजका सभासद व्यवस्थापिका, सरकारले ठिक नगरेमा ५ वर्षको म्याद दिएको छ, सयौं वर्ष दुःख काट्ने नेपालीले ५ वर्ष दुःख काट्न कति ठूलो
कुरा हो त्यसपछि यदि जनताले लोभ लालच र मुलाहिजामा नलागी जनताले सही आकलन गरेर यो देशको माया गर्ने तथा जनताको हितमा जाने व्यक्तिहरुको छनौट गरियो भने सबैले सुख शान्ति पाउछन्, पार्टी ठीक छैन भन्ने कुरा होइन कि व्यक्ति राम्रो भन्नेतर्फ छनौट गरेमा आफै राम्रो समूहले सरकार चलाउछ, केही सान्त्वना अवस्य पाईएला । कलियुगमा के हुने, कस्तो हुने भन्ने कुरा वास्तवमा ग्रन्थमा लेखिएका कुराहरु मिल्ने गएका
छन् । पुरै देशले रामराज्य त पाउला भन्न सकिदैन सबैले आफ्नो क्षेत्रबाट इमान्दारीपुर्वक आफूलाई ठेकिएको काम गरिदियो भने अवश्यक यो देशको उन्नती हुनेछ ।
तर एउटा कुरा अत्यन्त जरुरी के छ भने सरकारले ऐन नियमको पालना गर्नुपर्छ यदि सरकार र नेताले ऐन कानूनको पालना गरेन भने जनता विचल्लिमा पर्छन र जनताले पनि मान्न छोड्दछन, अन्तमा देश स्वयम् आपत्तिको भूमरीमा फस्न सक्छ, त्यसकारण सबै भन्दा ठूलो कुरा हो ऐन नियमको इमान्दारीपुर्वक पालना गर्नु, जहाँ बदनियत गरेको छ त्यसको सामना गर्नु जनताको दायित्व हो ।
धेरै वर्ष भएको छैन, पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कोइरालाको अनुरोधमा राजा ज्ञानेन्द्रले प्राकृतिक नियमको विरुद्ध विघटन भईसकेको संसदलाई पुनः निर्वाचन नगरी व्युझाउने काम गरियो । त्यो नै गैर कानूनी थियो र त्यसैले गर्दा आज देशको यो अवस्था सबै सामु छ, समयले आफू बताउने छ कि कसले के गरेर के भएको हो भन्ने कुरा, जे भएपनि वर्तमानको संविधान अनुसार सर्वाधिकार व्यवस्थापिकामा छ तैपनि आफ्नो धर्म निभाउने कामसम्म विपक्षिले गर्ने अधिकार पनि सुरक्षित रहेको पाइन्छ तर व्यक्तिको केही छैन, जसको लाठी उसको भैसी भन्ने सिद्धान्त नै बहुदलिय व्यवस्थामा भएकोले सबैले स्वीकार्नुपर्ने नै देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *